मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

विदेशबाट फार्केर गाईपालनमा रमाएका शिव ढकाल

विदेशबाट फार्केर गाईपालनमा रमाएका शिव ढकाल


  • संजय रेग्मी
  • चैत्र ५ २०७६, बुधबार

पर्वत,५ चैत –  स्वदेशमा रोजगार नपाएको र काम गर्ने वातावरण नभएको भन्दै वैदेशिक रोजगारीमा जाने यूवारुको संख्या उत्तिकै छ । राहदानी बनाउन जिल्ला प्रशासन कार्यालयमा पुग्ने यूवायुवतीहरुको अगाडि कतिपयले काम गर्ने जोश र आँट भए स्वदेशमै पनि राम्रो कमाई गर्न सकिन्छ भन्ने उदाहरण पस्किरहेका छन् । वैदेशीक रोजगारीमा भईरहेको राम्रो कमाई भन्दा गाउँमा परिवारको साथ बस्नुको आनन्द र घर गाउँमा गरिने गोठालापातमा रमाउनेहरु पनि छन् ।
यस्तै मध्येका एक यूवा हुन पर्वतको कुस्मा नगरपालिका ९ कटुवाचौपारी स्थित देउतीखेतका ३३ बर्षिय शिव ढकाल । वैदेशिक रोजगारीको सिलसिलामा ६ वर्षसम्म दुबईमा बसेका उनको अहिलेको दैनिकी हेर्दा धेरैको मन लोभिन्छ ।
सबेरै गाईको गोठमा जाने उनले विदेशीको कम्पनीमा गुलामी गर्नुभन्दा आपैmले पालेका गाईको भकारोमा गोबर सफा गर्न मन पराउँछन् । पिठ्युँमा डोको बोकेर मुठो खापेर घाँसको भारी बोक्छन् । बिहान र बेलुका बाल्टी भरिने गरेर गाई दुहुन्छन्, बजार पठाउँछन् । परिवारको साथमै दैनिकी काटिरहेका छन्, टोल छिमेकमा मर्दा र पर्दा सबैलाई सघाउँछन् ।
विदेशमा रहँदा पनि राम्रै कमाई गरेका ढकाललाई अर्कैको देशमा पसिना खर्चिनुभन्दा स्वदेशमा श्रमिकको रूपमा काम गर्न इच्छा जाग्यो । यही कारण दुबई बसाइँका लागि भिजामा रहेको एक वर्षको अवधि अगाडि नै अकस्मात् घर जानु परेको भन्दै स्वदेश फर्किए, तर फेरि फर्केर दुबई गएनन् । ‘मलाई विदेशमा अर्काको काम गरेर अरूलाई धनी बनाउनुभन्दा आफ्नै माटोमा पसिना चुहाएर गरिब बन्न मन लाग्यो।’ उनले भने, ‘घरमा इमर्जेन्सी परेको बहानामा एक वर्ष अगाडि नेपाल आएपछि गाई पालन गरिरहेको छु ।’
गएको असारमा ५ वटा होलेस्टोन जातका गाई पोखराबाट ल्याएर गाई पालन सुरु गरेका उनको गोठमा अहिले जर्सी र होलेस्टोन गरेर १६ वटा गाईहरू छन् । गाई पालन सुरु गरेको ९ महिनाको अवधिमा झन्डै ६० लाख रुपैयाँ लगानी गरिसकेको ढकालले बताए । ‘मङ्सिरमा ४ लाख रुपैयाँको त पराल मात्र खरिद गरेको हुँ।’ शिव भन्छन्, ‘सुरुमा पोखराबाट ५ ओटा गाई ल्याएको हुँ, अहिले गोठमा १६ वटा गाई छन् । कोही लैना छन्, कोही अब ब्याउने पनि छन् ।’
गाईलाई आवश्यक पर्ने दाना, घाँस, पराल, औषधि लगायतका बस्तु खरिद गर्दा महिनामा झन्डै ८० हजार रुपैयाँ खर्च हुने गरेको छ भने उनले मासिक बचत झन्डै ७० हजार रुपैयाँ गर्दै आएका छन् । विदेशमा यो भन्दा धेरै आम्दानी हुने गरेको भए पनि आफ्नै ठाउँमा रहनुको मज्जा विदेशमा नपाइने भएकोले आपूmले गर्दै आएको आम्दानीबाट सन्तुष्ट रहेको ढकाल बताउँछन् ।
एउटा गाईले राम्रो दूध दिने समयमा एक छाकमा १० लिटर दूध दिने गरेको र दैनिक औसतमा १ सय १० लिटर दूध प्रति लिटर ५८ रुपैयाँका दरमा बिक्री गर्ने गरेको उनले बताए । ढकालको गाई फार्मबाट उत्पादन हुने दूध नजिकै रहेको सदरमुकाम कुस्मा बजारमा बिक्री हुँदै आएको छ । गाई पालनमा निकै खुसी देखिने शिवले दुई जनालाई राम्रो तलब दिएर रोजगारी पनि दिएका छन् ।
शिवले गाई फार्म भन्दा केही तल आफ्नै जग्गामा गाईलाई पोसिलो हुने घाँस लगाएका छन् । गोठमा जम्मा भएको गहुँतलाई सोही घाँसवारिमा पाईपमार्पmत लैजाने हो भने घाँस उत्पादन राम्रो हुने भएकोले उनले कुस्मा नगरपालिकाको कार्यालयमा पुगेर २ सय मिटर सानो खालको पाइपको माग गरेका रहेछन् ।
नगरपालिकाका प्रमुख र उपप्रमुखलाई पटक पटक भेटेर अरू अनुदान नपाए पनि पाइपको माग गर्दा समेत पाउन नसकेको ढकालले बताए । ‘केही कामै नगरी बस्नेहरूका आँटी र धन्सारमा पाइपका रोल थन्क्याइएका छन्, तर म केही गर्छु भन्दा पनि मलाई नगरपालिकाले पत्याएन् ।’ शिव भन्छन्, ‘नगरपालिकाले दुई सय मिटर पाइप दिँदैमा गाई पालन सप्रिहाल्ने, नदिए बिग्रिहाल्ने त होइन । तर कृषकका पक्षमा काम गर्छौँ भनेर नाराबाजी गर्नेहरूले पर्दाखेरि के गर्ने रहेछन् भन्ने थाहा भयो ।’
राजनीतिक दलहरूको लडाइँ र कार्यकर्तामुखी अनुदान बाँड्ने प्रवृत्तिका कारण वास्तविक कृषकहरूको पक्षमा राज्यको लगानी जान नसकेको उनको गुनासो छ । आफ्नै गाई फार्म नजिकै रहेको सडकबाट जनप्रतिनिधि र कर्मचारीहरू ओहोरदोहोर गर्दा आपूmले गरेको मिहिनेत देखेको भए पनि उनीहरूको मनमा सहयोगको भावना नआएको ढकालले दाबी गरे ।
काम चलाउको रूपमा कृषि कर्म गरिरहेकाहरूले पटक पटक तालिमहरू पाउने गरेको भए पनि लाखौँको लगानी गरेर व्यावसायिक रूपमा गाई पालन गरिरहेको आपूmले ९ महिनाको अवधिमा निकै जोड बलले एक पटक मात्र तालिममा सहभागी हुने मौका पाएको सुनाए ।
‘अनुभव नभएको काममा लाखौँको लगानी गरेको छु, गाईमा अलिकति मात्रै समस्या मात्रै देखियो भने पनि विदेशमा पसिना बेचेर कमाएको सबै लगानी डुब्छ ।’ उनी भन्छन्, ‘कार्यालयहरूमा आउने तालिममा मलाई पनि अवसर दिए गाई पालनको विषयमा प्राविधिक ज्ञान पाइने थियो, जोखिम कम हुने थियो ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->