बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कागज उद्योग : कतै बन्द, कतै नयाँ खुल्दै

कागज उद्योग : कतै बन्द, कतै नयाँ खुल्दै


  • ढोरपाटन संबाददाता
  • चैत्र ६ २०७६, बिहिबार

बागलुङ,६ चैत – काठेखोला गाउँपालिका वडा नं. ८ लेखानीको हातेकागज उद्योग अहिले बन्द छ । दशकअघि रंगिन कागज समेत बनाएको यो उद्योग अहिले जीर्ण भैसकेको छ । कागजका लागि चाहिने कच्चापदार्थ पाउन समस्या, घरेलु प्रकारका उद्योग संरक्षणमा चासो कम भएपछि उद्योग संकटमा परेको हो । दशकअघिसम्म तमानखोलाको तमान गाउँमा पनि धेरै कागज उत्पादन हुन्थ्यो । तर पछिल्लो समय उक्त स्थानमा पनि उत्पादन हुन छाडेको छ ।
बजार खोज्ने समस्याले उनीहरुले उत्पादन छाडेको बताए । आधुनिक कागजले बजारमा स्थान पाएपछि हातेकागजको माग समेत कम छ । नेपाल उद्योग बाणिज्य महासंघले हरेक जिल्लामा एक उत्पादन गर्ने नीति बनाएर बागलुङलाई नेपाली कागजको जिल्ला समेत भनेपनि सोचेजती उत्पादन र बजारीकरण भएको छैन । यहा“ उत्पादन हुने हातेकागजको बजारीकरणमा पनि संघले साथ दिने भनेपनि सोचेजस्तो साथ नपाएको उद्यमीहरु बताउँछन् । आश्वासन पुरा नभएपछि पुराना उद्योग बन्द भैरहेका छन् ।
तर, ताराखोलामा भने केही युवाले व्यवसायिक उत्पादन थालेका छन् । दुइबर्षदेखि उनीहरुले डुडेलेक हातेकागज उद्योग दर्ता गरेर संचालनमा ल्याएका छन् । यो उद्योगमा ताराखोला गाउ“पालिका वडा नं. ५ का हर्कबहादुर घर्तीसहितका युवा संलग्न छन् । उनीहरुले परंपरागत कृषि छाडेर व्यवसायिक काममा लागेको बताए । बजार खोज्न साथ पाइन्छ भनेर उद्योगमा लगानी गरेको भन्दै उनीहरुले नियमित कागज र सामाग्री उत्पादन गरेको बताए ।
मनग्ये कमाई गर्न र युवाहरुलाई रोजगारी बनाउनका लागि भने संघको साथ चाहिने घर्तीले बताए । संघले भक्तपुर र अन्य सहरी क्षेत्रमा सम्पर्क गराएर बजार खोज्ने काम गरिरहेको महासचिव नरेश कंडेलले बताए । आश्वासन पाएकोले घर्तीस“गै यहा“का अरु ५ जना युवापनि कागजकै काममा खटिएका छन् । तुलसी घर्ती, लिलाबहादुर रोका, केशरबहादुर घर्ती, खिमबहादुर घर्तीले पनि कागजकै काम गरेर दिन बिताउ“छन् । उनीहरुले हाते कागजको सामाग्री बनाउने तालिमको खोजी गरेका छन् । संघले पनि सामाग्री ल्याएर कार्यालयमा राख्ने र बिभिन्न कार्यालय तथा संघसंस्थामा पुरस्कार तथा मायाको चिनो दिन प्रयोग गरिएको कंडेलले जानकारी दिए । सुरु लगानीका लागि गाउ“पालिकाले पनि साथ दिएको उनले बताए ।
बरुवा जातको बोटबिरुवा प्रसस्त पाईने भएकोले संघले ताराखोलालाई कागज उत्पादनका लागि छनौट गरेको हो । किसानले प्रतिधार्नी २ सय रुपैया“मा बरुवा खरिद गर्छन् । त्यसबाट बनाईने कागज प्रतिगोटा ३० रुपैया“मा संघले खरिद गर्ने सम्झौता भएको छ । ताराखोलामा झण्डै ४ लाख रुपैया“को मेसिन र मोटर खरिदमा संघले सहयोग गरेको थियो । एकपटकमा २ सयवटा कागज उत्पादन गर्ने सा“चो बनाइएको छ । हरेक दिन दुइपटकसम्म गरी ४ सय कागजका थान उत्पादन गर्न सकिने व्यवस्था छ ।
‘सा“चो थप्ने, बरुवाको उत्पादन र आयात बढाउने हो भने एकैपटक १० जना युवाले रोजगारी पाउन सक्छन्’ रोकाले भने, ‘हामीले बजार खोज्न जान नपरेमा आम्दानी पनि राम्रो हुन्छ ।’ सदरमुकामसहित काठमाण्डौका विभिन्न संस्थाले माग गरेकोले कागजको खपत सहजै हुने अनुमान उनीहरुले गरेका छन् । संघले ढुवानी खर्च व्यहोर्दा किसानलाई सहज हुने रोकाले बताए । संघले हातेकागजकै जिल्ला बनाउने लक्षले लेखानी, ताराखोला र तमानमा उत्पादन बढाउन लगानी गर्ने तयारी गरिरहेको अध्यक्ष युवराज राजभण्डारीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->