आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

व्यसायिक तथा सीप विकास तालिम केन्द्रका सवै तालिम स्थगित

व्यसायिक तथा सीप विकास तालिम केन्द्रका सवै तालिम स्थगित


  • Dhorpatan News
  • चैत्र ८ २०७६, शनिबार

बागलुङ, ८ चैत – कोरोना भाइरस ( कोभिड–१९) को सन्त्रासकाबीच शुक्रबारबाट व्यसायिक तथा सीप विकास तालिम केन्द्र पर्वतले सबै तालिमहरु स्थगित गरेको छ । सरकारले समेत अत्यावश्यक वाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेसंगै केन्द्रले पनि हाल सञ्चालनमा रहेका सबै कार्यक्रम बन्द गरेको हो ।
पर्वत, म्याग्दी,बागलुङ र मुस्ताङमा सञ्चालित विभिन्न सिपमुलक तालिम कोरोनाको त्रास नरोकिए सम्म स्थगित गर्ने निर्णय गरेको केन्द्रका प्रमुख डम्बरबहादुर जि. सीले जानकारी दिए ।
केन्द्रले चार जिल्लाका विभिन्न स्थानमा १२ प्रकारका ३ महिने तालिम सञ्चालन गरेको उनले बताए । तालिममा २ सय ४९ प्रशिक्षार्थी सहभागी छन ।
कोरोनाको प्रभाव सामान्य भएपछि तालिम नियमित गर्ने जि.सीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->