बागलुङ/पोखरा, १४ चैत – बन्दाबस्था ९लकडाउन० चौथो दिन पनि गण्डकी प्रदेशका सबै ठाउँ सुनसान छन् । लकडाउनको समय लम्बिदै गर्दा सर्वसाधारणले पनि सरकारको आदेश मान्न थालेका छन । उनीहरुले घरमा नै बसरे आदेश कार्यान्वयन गरेका छन । शुक्रवार गण्डकी प्रदेशका सवै जिल्ला सदरमुकाम सुनसान रहेको ढोरपाटन संवाददाताहरुले जनाएका छन् । कोरोना भाइरस (कोभिड–१९) को संक्रमनलाई रोक्नकोलागि भएको लकडाउनलाई सहयोग गर्न सर्वसाधारण थप जिम्मेबार देखिन थालेका छन् ।
लकडाउनको समय घट्दै गर्दा घरायसी समानहरुको माग भने ह्वात्तै बढेको छ । व्यवसायीहरुका अनुसार पहिलो, दोस्रो र तेस्रो दिनको तुलनामा चोथौ दिन घरायसी अत्यावश्यक सामग्रीको माग बढ्न थालेको हो । पहिला तीन दिनमा सामान खोज्ने धेरै नदेखिए पनि चौथो दिनको बिहानैदेखि दाल, चामल लगायतका खाद्यान्नको खोजी गर्नेहरु सडकमा निस्किन थालेको बागलुङका व्यवसायी ध्रुव शर्माले बताए ।
प्रदेश राजधानी पोखराको अवस्था पनि उस्तै छ । अत्यावश्यक बाहेकका मानिसहरु आँफै सडकमा निस्किन र भेटघाट हुन छोडिसकेको कास्की जिल्ला प्रशासनले जनाएको छ । पोखराका सवै सडकहरु सुनसान नै छन् । बजारमा सुरक्षा निकाय र स्थानीय सरकारका सवारी साधान मात्रै गुडेको देखिन्छ ।
बागलुङमा लक डाउनलाई थप प्रभावकारी बनाउन र संक्रमण फैलिन नदिनका लागि प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजुूको संयोजकत्वमामा कमान्ड पोस्ट समेत गठन गरिएको छ । कोरोना प्रभावित देशहरुबाट घर फर्किएकाहरुलाइ स्थानिय सरकार र जिल्ला विपद व्यवस्थापन समितिको पहलमा घरमै सुरक्षित बस्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी सैजुले बताए । बागलुङका सडकमा नेपाली सेनाको भ्यान पनि देखिन थालेको छ ।
उत्ता, पर्वतमा होम क्वारेन्टाईन जानेको संख्या धेरै छ । बिशेषगरी बैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई पर्वत प्रशासनले घरमै सजग भएर एक्लै बस्न भनेको छ । अस्पतालमा जाँज गर्न आउनेको संख्या पनि बढ्दो छ । विहिवार वेलुका मात्रै अस्पताले एक जनालाई आइसोलेशन वार्डमा राखेको छ ।
स्याङ्जाबाट सहकर्मि हिमलाल पराजुलीका अनुसार त्यहाँ बैदेशिक रोजगारीबाट आएकाहरुको संख्या धेरै छ । केही दिन पहिला फ्रान्सबाट आएकी महिलामा कोरोना संक्रमण देखा परेपछि बैदेशिक रोजगारी तथा अध्ययनबाट फर्किनेहरुको खोजीमा स्याङ्जा प्रशासन लागेको छ । संक्रमित युवतीसंगै एउटै जहाजमा आउनेमा स्याङजाको संख्या बढि नै छ । उनीहरुको खोजीमा प्रहरी प्रशासन र स्थानीय सरकार लागेका छन् । त्यो जहाजमा स्याङजाका मात्रै ५ जना थिए ।
लकडाउनले बजार पूर्ण वन्द भएपछि गोरखा प्रशासनले अत्यावश्यक अवस्थामा इमेलबाट नै पास दिने ब्यवस्था मिलाएको छ । त्यहाँपनि लाकडाउनको पूर्ण प्रभाव रहेकाले प्रशासनका काम समेत ठप्प छन् । ढोरपाटन सहकर्मीले दिएको जानकारी अनुसार जिल्ला प्रशासन कार्यालय गोरखाले तरकारी, दुधजन्य पदार्थ, पशुपन्छीको दाना, खाद्यन्न लगायतका बस्तु दुवानीका लागि जिल्ला प्रशासनबाट इमेल मार्फत पास उपलब्ध गराउने ब्यवस्था मिलाइएको छ । प्रशासनले शुक्रवार जरुरी सूचना जारी गर्दै पास लिएर सेवा दिन चाहाने संस्था, फर्महरुले आफ्ना प्रमाणित कागजपत्रहरु, सवारी साधनको विलबुक, लाइसेन्स जिल्ला प्रशासन कायालयको इमेल ठेगाना dao.gorkha@gmail.com मा फाइल पेश गर्नु अनुरोध गरेको छ ।
म्याग्दीको सदरमुकाम बेनी बजार र आसपासका क्षेत्रमा सुनसान छ । मुस्ताङमा उद्धार गर्न बाँकी रहेका ६८ जना पर्यटकको उद्धार गरेर काठमाण्डौ पठाउने काम चलिरहेको पत्रकार निरज थकालीले बताए । तनहुँ, लमजुङ, मनाङ र नवलपुरमा पनि लकडाउनको प्रभाव राम्रो परेको छ । अहिले सवै नागरिकले जिम्मेवार भएर लकडाउन पालना गरिरहेको प्रदेश सांसद रोशन गा मगरले वताए ।





