बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

नेपालगन्जमा नेपाल एयरलाइन्सको विमान दुर्घटना !

नेपालगन्जमा नेपाल एयरलाइन्सको विमान दुर्घटना !


  • ढोरपाटन संवाददाता
  • चैत्र १५ २०७६, शनिबार

काठमाडौं, १५ चैत – काठमाडौंबाट नेपालगन्जका लागि उडेको नेपाल एयरलाइन्सको विमान दुर्घटना हुनबाट बचेको छ।नेपालगन्ज विमानस्थलमा अवतरण गर्ने क्रममा शनिबार दिउँसो विमान रनवे नजिकै चिप्लिएर सय मिटर टाढा घाँसे मैदानमा पुगेको नेपाल वायु सेवा निगम प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्। घटनामा भने मानवीय क्षति भएको छैन।
कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन गएको वाइ १२ जहाज अवतरणका क्रममा समस्या आएर रन-वे नजिकै ‘अन्डरसुट’ भएर घाँसे मैदानमा पुगेको नेपाल एयरलाइन्सका अपरेसन विभाग प्रमुख दिपु ज्वार्चनले जानकारी दिए । अब नेपालगञ्जमा कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन अर्को विमान जानेछ । ‘हामी अब काठमाडौंबाट ट्वीनअर्टर जहाज पठाउदैछौं, त्यो जहाजले दुई डाक्टर, क्याबिन क्रु लिएर आउँछ, नमुना पनि ल्याउँछ, के भएर दुर्घटना भयो भन्ने बरे छानबिन गर्छौ’ ज्वार्चनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->