आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गायिका कनिकाको चौथो परीक्षण पनि पोजेटिभ, गरिन भावुक पोस्ट !

गायिका कनिकाको चौथो परीक्षण पनि पोजेटिभ, गरिन भावुक पोस्ट !


  • ढोरपाटन संवाददाता
  • चैत्र १७ २०७६, सोमबार

पोखरा, १७ चैत – भारतको लखनउको एक अस्पतालमा कोरोनाभाइरसविरुद्ध लडिरहेकी गायिका कनिका कपुरको चौथो परीक्षण पनि पोजेटिभ आएको छ । चौथो परीक्षण पनि पोजेटिभ देखिएपछि उनले सामाजिक संजाल इन्स्टाग्राममा एक भावुक पोस्ट सेयर गर्दै पाँचौ परिक्षण भने नेगेटिभ आउनेमा आशारत रहेको बताइन् ।
उनले सेयर गरेको पोस्टमा भनिएको छ,“जीवनले हामीलाई समयको सदुपयोग गर्न सिकाउछ, जबकि समयले हामीलाई समयको महत्व सिकाउँछ ।”  यो पोस्टसँगै उनले आफु आईसीयूमा नरहेको र परिवार तथा सन्तानलाई भेट्न निकै आतुर भएको पनि बताएकी छिन् । गायिका कपुरका साथै उनको परिवार पनि उनको स्वास्थ्यमा सुधार नदेखिएकोमा चिन्तित छन् ।
मार्च ९ मा लण्डनबाट भारत आएकी उनी २० मार्चमा कानपुर हुँदै लखनउ पुगेकी थिइन् । जहाँ परीक्षणका क्रममा उनमा कोरोना पोजेटिभ देखिएको थियो । उनले लण्डनबाट फर्किनासाथ मुम्बईस्थित एक होटलमा वरिष्ठ व्यक्तिहरुबीच आफनो जन्मोत्सव मनाएकी थिइन् । (हिन्दुस्तान टाइम्सबाट)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->