पोखरा, १७ चैत – प्रदेश स्तरिय आपुर्ती तथा अनुगमन समितिले उद्योग वाणिज्य संघ र निजि क्षेत्रको सहकार्यमा ३ हजार ५ सयको सहज खाद्य प्याकेज ल्याएको छ । नागरिकमा दैनिक उपभोग्य वस्तूहरुको अभाव हुन नदिन १३ प्रकारका खाद्यान्नको प्याकेज तय गरेको हो । प्याकेजमा चामल २५ केजी, पिठो ५ केजी, दाल २ केजी, चीनी १ केजी, तेल २ लिटर, केराउ २ केजी, नून २ केजी, चिउरा २ केजी समावेश गरिएको छ । सोही प्याकेजमा चियापत्ति ५ सय ग्राम, मसला २ सय ग्राम, वेसार १०० ग्राम, चाउचाउ ५ प्याकेट र चना १ केजी समावेश गरिएको आपुर्ति समितिको संयोजक मन्त्री विकास लम्सालले वताए ।
जिल्ला र स्थानिय तहमा गठन गरिएको अनुगमन समितिले माग गरे वमोजिमको आपुर्ती गर्न सहज खाद्य प्याकेज जिल्ल स्तरिय उद्योग वाणिज्य संघ र ठुलो क्षमतामा आपुर्ती गर्न सक्ने आधीकारिक आपुर्तीकर्तालाई मात्र होम डेलिभरी गर्न जिल्ला अनुगमन समितिले अनुमति दिने व्यवस्था गरिएको छ ।
सहज खाद्य प्याकेज अनुसार समितिले निर्धारण गरेको मुल्यमा नागरिकले दैनिक उपभोग्य वस्तू प्राप्त गर्न सक्नेछन् । दाल, चामल, चिनी, तेल लगाएतका खाद्यन्नका वस्तूहरुमा नागरिकले चर्को मुल्य तिर्न नपर्ने र नागरिकको दैनिक जिवनलाई सहज बनाउनको लागि उक्त प्याकेज ल्याईएको हो । बजारमा खाद्य वस्तुको अभाव तथा खाद्य वस्तूको मुल्य वृद्धि हुन नदिन र नागरिकहरुले सहज प्याकेज अनुसार सामान घरमै पाउने व्यवस्था मिलाइनेछ ।
प्याकेजलाई राहतको रुपमा वितरण गर्न स्रोतको खोजी गरी अति विपन्न, गरिब, श्रमजिवी, अपाङ्ग, वयोवृद्ध, एकल आदिलाई राहत दिँदा स्थानीय तहको तयारी लिष्टका आधारमा क्रमशः स्थानीय तहमार्फत नै वितरण गरिनेछ । त्यसका लागि पनि स्थानीय तहले समयमै विपन्न नागरिकको लिष्ट तयार गरोस् । कसैको सहयोग र सरकारी बजेटबाट वितरित राहतको विवरण कोभिड १९ को व्यवस्थापन पछि मन्त्रालयले आफ्नो अभिलेख मार्फत सार्वजनिक गर्नेछ । खाद्यान्नको समस्या भएमा फोन मार्फत माग आएमा सामान घरदैलोमै आउने ब्यवस्था मिलाइएको छ ।
कोरोना संक्रमणको असहज परिस्थितिमा दैनिक अत्यावश्यक उपभोग्य बस्तुको सहज आपूर्ति, मूल्य र गुणस्तर सम्वन्धि कार्यको अनुगमन तथा सुपरिवेक्षण गर्न गठीत प्रदेशस्तरीय आपूर्ति अनुगमन समितिका संयोजक तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशका माननीय मन्त्री विकास लम्सालको संयोजकत्वमा गठीत समितिको बैठकबाट निर्णय भए बमोजिम उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश पोखराद्धारा नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा मागका आधारमा जिल्लाहरुमा उपलब्ध गराउने खाद्य प्याकेजको नमूनामा मन्त्रालयले सार्वजानिक गरेको छ ।
यस्तो छ सहज खाद्य प्याकेज :





