बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

यो समय सबै एक ठाउँमा उभिनु पर्छ

यो समय सबै एक ठाउँमा उभिनु पर्छ


  • कृष्ण प्रसाद शर्मा
  • चैत्र १८ २०७६, मंगलबार

विचार र पार्टी फरक भए पनि देश संकटमा परेको बेला एकै ठाउँमा उभिन्छन् विकसित राष्ट्रका पार्टीहरू । राष्ट्रिय मुद्धामा एकै स्वर हुन्छ बेलायतको लेबर र कन्जरबेटिभ पार्टीको । कोरोनाका कारण बेलायतमा आज मात्रै २०९ को मृत्यु भयोभने हिजो एकै दिनमा २६० को मृत्यु भएको थियो । तर पनि यहाँको बिपक्ष पार्टीले न सरकारका मन्त्री फेर भनेको छ न त यो ठूलो क्षतिको जिम्मेवार अहिको सरकार मात्रै हो भनेको छ । सबै मिलेर यो कोरोनाको समस्या निराकरण गरौं भनेका छन्, संसदमा प्रतिपक्ष नेताले कसरी क्षति न्युन गर्न सकिन्छ सबै लागौं भनेका छन् । यो हो बल्ल नैतिक राजनिती । हामीले अपनाएको संसदीय व्यवस्था पनि वेस्ट मिनिस्टेरियल हो तर व्यवहारमा भने निकै फरक छ । स्व.रविन्द्र अधिकारीले पर्यटन मन्त्रालय समालेपछि केही सुधारका संकेत देखिँदै थिए तर दुर्भाग्य भनौं उनको हेलिकप्टर दुर्घटनामा निधन भयो । उनलाई पनि बाईडबडीमा भष्ट्राचार गरेको कल्पित आरोप लगाए । अहिले त्यहीँ ठाउँमा योगेश भट्टराई छन् । अहिले सरकारमा रहेका काम गर्न खोजेका योगेश भट्टराई, यातायात मन्त्री, स्वास्थमन्त्री र परराष्ट्र मन्त्री हुन् । अहिले सबैको तारो उनीहरू नै बनेका छन् ।
चीनबाट ल्याउन लागेको पीपीआईमा ढुवानीमा भष्ट्राचार गर्यो भनेर एक तप्काले योगेश भट्टराईको खेदो खनिरहेका छन् । जहाँ कि ढुवानीको जिम्मा उनको थिएन न त उनको कार्यक्षेत्र नै हो । तर पनि लखेटेको लखेटै छन् । स्वास्थ्यमन्त्री प्राविधिक होईनन् कतिपय ठाउँमा जे बोल्नु पथ्र्यो त्यो बोलेका छैनन् तर काम गर्न खोजेको र प्रतिबद्धता देखिन्छ । हामीले धेरै मन्त्रीहरू देखेका छौं तर उनले गर्न सकेको गर्न खोज्दैछन् । यसो भन्नु कुनै चाकडी होईन किन कि यातायातमा हरिबिजोक पारेर गएका मन्त्री पनि हाम्रो सामु छन् । यो बिपदको बेला सरकारका मन्त्री फेर्ने बेला पनि होईन तर पनि यहि बेला सरकारका कुनै मन्त्रीविरुद्ध योजनावद्ध रुपमा लागेको देखिन्छ । बाहिर नभने पनि आफ्ना टीमका मान्छेमार्फत फलानोलाई स्वास्थमन्त्री देउ वा फलानोको कुरा मात्रै ठीक हुन् उनलाई बैठकमा राख भनिरहेका छन् । संजालमा एउटा टोली नै खटाएर यस खालको प्रचारमा लागेको देखिन्छ ।
एउटा कुरा के सत्य हो भने राष्ट्रिय विपत्तिमा सरकारले सबैका कुरा सुन्नुपर्छ र मिलेसम्म सर्वदलीय संयनत्र नै बनाए राम्रो हुन्छ । यो सरकारलाई साझा पार्टीका प्रवक्ता तथा विकासविद् सुर्यराज आचार्यले सुझाव सल्लाह दिँदा काँग्रेसले उनलाई नेकपाको प्रवक्ता नै जस्तो गरेर खिस्सी गर्थे तर अहिले त्यहीँ हुलले गगन थापालाई कुनै पद दिनुपर्यो भनिरहेका छन् । गगन थापासँग युवा जोश पनि छ उनको पालामा केही गर्न थालेका पनि थिए तर पछिल्लो समय उनमा अलिबढी उग्रपन आएको छ । उनले स्वस्थानीको शैलीमा जसरी संसदमा आफ्नो कुरा राखे त्यो धेरैका लागि राम्रै लागे होला तर खासमा उनको त्यो केटाकेटीपन थियो । उनले गर्न सक्छन् तर विरोधका लागी उनले साईबर सेना नै गठन गरेका छन् जस्तो गरी आउँछन् । गगन, योगेश जस्ता कुनै पार्टी विशेषका कुरा मात्र होईन सबैका कुरा सुनेर अघि बढ्नु पर्छ । त्यहीँ पार्टीमा विश्वप्रकास बरु अलि शालिन र भद्र देखिन्छन् र आफ्ना कुरा राख्दा अपबादबाहेक सम्मानित हिसाबले नै राख्छन् ।
भारतमा पनि अहिले मोदीको अरू कुरामा विरोध गरे पनि कोरोनासँग लड्न एकता देखिएको छ प्रतिपक्षको । हामीकहाँ सरकारले गरेको लकडाउनलाई सबै पार्टीले पालना गरौं भनेका छन् तर लकडाउनको फुर्सदमा सरकारले बिबादस्पद गराउने खेले पनि चलेको छ । पीपीआई चीनबाट ल्याउँदा चीनमा कार्यरत एक नेपाली व्यापारीले भानुभक्त ढकाललाई भष्ट्राचार गरेको ओरोप लगाएका छन् तर उनी प्रचण्डलाई सरकारको जिम्मा दिएर घर बस भनेर केपी ओलीलाई समेत भनेका छन् । यहाँ सरकारको पक्षबिपक्ष को–को छन् स्पष्ट थाहा लाग्छ । अहिले पार्टीभित्रै पार्टी एक खेमा विरोधमा मात्र तल्लिन छ । यो बेला सबै पार्टी, सबै जनता एक ठाउँमा उभिनु पर्छ । युरोपमा इटालीको स्वास्थ प्रणाली राम्रै मानिन्छ भने बेलायतको एनएचएस उत्कृष्ट मानिन्छ तर कोरोनाको कारण इटाली र बेलायतमा मर्नेको संख्या हेर्दा नेपालमा यो महामारी बढ्यो भने के गर्ने होला । यो पनि सोचेर सबैले आ आफ्नो ठाउँबाट सहयोग गर्न जरुरी छ । यो महामारीमा भष्ट्रचार गर्ने व्यापारी, राजनितिक दाउ हेर्ने राजनीतिक नेताहरू देशका लागी कहिल्यै काम लाग्दैनन् । हामी प्रत्येक बर्ष केही नेपालीहरूलाई विश्वका धनी व्यक्तिहरूका सूचीमा देख्छौं । ति मध्ये अहिले कतिले सहयोग गर्न तत्पर भए यसबाट थाहा लाग्छ देशलाई आपत पर्दा कसले के गर्छ भन्ने ।
केहि दिन पहिला सरकारले केही गरेन । लक डाउन नगरेर कोरोना संक्रमण बढाउने भयो भने । लकडाउन गरेपछि । के अब लकडाउनले मात्र समस्या समाधान होला भने पत्रिकामा लेख आउन थालेका छन् । एकपछि अर्को भनि राख्ने नेपाली बुद्धिजीवीको दिनचर्या नै बनेको छ । चीनका ठूलो व्यापारी संस्था अलिबाबाका संस्थापकले नेपाललाई दिने भनेको पिपिई आउँदै छ । यसमा पनि सरकारले होईन रहेछ मागेको पो भनेर सरकारको आलोचना भएको छ र देश गरीब देखाएर भीख मागेकोसम्म भनिरहेका छन् । ति भन्नेहरूले के बुझ्न जरुरी छ भने ति व्यापारीले अमेरिकालाई समेत सहयोग गरेका छन् । के अमेरिका गरीब भएर हो ? आपतमा दिँदा र लिँदा न कुनै देश गरीब न कुनै देश दरिद्र हुन्छ यो सद्भाव हो । त्यसैले सकिन्छ यो बेला सरकारलाई जनस्तरबाट सहयोग गरौं सकिँदैन बिना कारण बिबाद सृजना नगरौं । देश बाँचे जनता बाँचे राजनिति पछि गरे हुन्छ । यत्ति बुझौं अहिलेलाई ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->