बागलुङ, १८ चैत – सरकारको अनुरोधलाई स्विकार गर्दै ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली र धर्मपत्नी छेलाले आफ्ना सबै घरका भाडा एक महिनाका लागि मिनाह गर्ने घोषणा गरेका छन् । काठमाडौं, पोखरा, बागलुङ, बुर्तिबाङमा रहेका घर भाडाको विवरणसहित प्रमुख नेपाली दम्पतीले सबै घरबाट आउने मासिक ९ लाख ६५ हजार रुपैयाँ मिनाह गरेको घोषणा गरेका हुन् । संघिय सरकारको मन्त्रिपरिषदको वैठकले सवै घरधनीलाई एक महिनाको घरभाडा छुट गर्न अनुरोध गर्ने निर्णय गरेको थियो ।
विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाईरसले गर्दा मुलुक संकटमा रहेका वेला सरकारको अनुरोधलाई स्विकार गर्दै एक महिनाको सवै घरभाडा मिनाह गर्ने घोषणा गरेका हौ, नेपाली दम्पतीले मंगलवार ढोरपाटनसंग भने, ‘नोभेल कोरोना भाईरस (कोभिड-१९) ले गर्दा उद्योगीरव्यवसायीहरुले व्यापार गर्न नपाएको अवस्था छ । त्यसैगरी घर भाडामा बस्नेहरुले पनि केही काम गर्न नपाएको अवस्था छ । यो अवस्थामा उनिहरुका लागि थोरै भएपनि सहयोग गर्ने उद्धेश्यले यो घोषणा गरेका हौं ।’
‘यो संकटको घडीमा हामीले मानवियताका हिसाबले एकअर्कालाई सक्दो सहयोग गर्न सक्नुपर्छ, नगरप्रमुख नेपालीले भने, कोही न कोहीले त सुरुवात गर्नु नै पर्थ्यो, हामी जनप्रतिनिधी भएकाले घरसल्लाह गरेर छुटको घोषणा गर्यौ । यसवाट सवैलाई राहत हुने विश्वास छ ।’
को को परे त नगरप्रमुखको घोषणाबाट राहत पाउनेहरु ?
काठमाण्डौ महानगरपालिका
वडा नं. ४ सुकेधारा
–सानिमा बैंक – रु. ७०,०००।–
–अलकर्नेस मेनपावर– रु. ६५,०००।–
–आर.वि.फ्लोरीङ्ग एण्ड फर्नि्सिङ प्रा.लि.– रु. ७५,०००।–
–अर्जुन ईन्टर प्राईजेज (बजाज स्वरुम)– रु. ७५,०००।–
–भुषण रत्न ज्वयलर्स – रु. ४५,०००।–
–सुखद प्रभात सहकारी– रु. ५०,०००।–
–सविन के.सी. – रु. १५,००० ।–
–एस्टर फर्मा स्यूटीकल्स – रु. ५०,०००।–
–विजय राई – रु. २५,०००।–
–मिन बहादुर तामाङ – रु. १५,०००।–
पोखरा महानगरपालिका
–प्रमोद शाह (पृथ्वीचोक) –रु. १,००,०००।–
–टेस्टवाई सपिङ सेन्टर (सृजनाचोक) – रु. ६०,०००।–
– दिपक पौडेल (सृजनाचोक) – रु. ६०,०००।–
– विजय बोगटी (सृजनाचोक) – रु. ६०,०००।–
– शेर बहादुर गुरुङ (रत्नचोक) – रु. ३०,०००।–
– हरीमायाँ फगामी (रत्नचोक) – रु. १५,०००।–
– कमला खड्का (रत्नचोक) – रु. १५,०००।–
– शिला घर्ति मगर (रत्नचोक) – रु. ३०,०००।–
– याङ्गजेङ्ग (हेम्जा) – रु. ३०,०००।–
ढोरपाटन नगरपालिका, बुर्तिबाङ
– झक बहादुर शाही – रु. ५०,०००।–
– ईमेज सहकारी – रु. ३०,०००।–
यी सवैलाई एक महिनाको घरभाडा मिनाह गरेको उनले मंगलवार आफ्नो फेसवुक मार्फत पनि सार्वजानिक गरेका छन् ।





