बागलुङ, २४ चैत – कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि बागलुङ नगरपालिकाले स्थापना गरेको राहत कोषमा त्यहाँ कार्यरत कर्मचारीहरुले साथ दिएका छन् । कार्यालयका सवै कर्मचारीहरुले करिव तीन लाख रपैयाँ सहयोग गरेका छन् ।
बागलुङ नगरपालिकाका कर्मचारीहरुबाट उक्त राहत कोषमा रु.२ लाख ९० हजार २ रुपैयाँ सहयोग गरेको लेखा अधिकृत जब्बर वहादुर भण्डारीले वताए । भण्डारीका अनुसार कार्यालयका अधिकृत स्तरका कर्मचारीले आफ्नो ५ दिनको तलब र सहायक स्तरका कर्मचारीले ३ दिनको तलब रकम राहत कोषका लागि योदान गरेका छन् ।
उक्त रकम कर्मचारीहरुले सोमवार बागलुङ नगरपालिकाको प्रकोप ब्यवस्थापन कोषको खातामा जम्मा गरेका छन् ।
राहत कोषका लागि कसले कति योगदान गरे त ?







