आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

कोभिड–१९ नियन्त्रणको सुत्र ‘अस्थायी साङ्लो’

कोभिड–१९ नियन्त्रणको सुत्र ‘अस्थायी साङ्लो’

सरकारदेखि स्थानीय तह, टेम्पोररी चेन अफ कमान्ड


  • राजेश बर्देवा
  • चैत्र २५ २०७६, मंगलबार

महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण यतिबेला विश्वब्यापी बनिरहेको छ । यस घटनालाई विश्वयुद्ध सम्मको परिस्थितिको रुपमा समेत चित्रित गर्न थालिएको छ । विश्वका अति विकसित मुलुकहरु समेत यसको संक्रमणबाट मृत्युशय्या छट्पटाइरहेको कुरा लुकाउन सकिदैन । यद्यपी अमेरिका, चीन र युरोपका धेरै राष्ट्रहरु उच्छ जोखिम अर्थात् संकटबाट गुज्रीरहेका छन् । लाखौं नगारिकको ज्यान जान सक्ने र मानव सभ्यता गुम्ने खतरा पनि उत्तिकै बढिरहेको छ । त्यसैको एक हिस्सा नेपाल पनि बनेको छ । जहाँ अहिलेसम्म मृत्यु नभए पनि संक्रमितको संख्या भने दिन प्रतिदिन बढिरहेको छ । प्रारम्भिक चरणमा बिदेशबाट आएका नेपालीमा देखिएको कोरोना भाइरसको संक्रमण दोस्रो व्यक्तिमा सरेको पुष्टि भईसकेको छ । आजका दिनसम्म हेर्दा नेपालमा कोरोनाको प्रभाव अति न्यून नै हो तर उपचार वा यसको नियन्त्रण पद्धती त झनै न्यून नै हो । के अब संक्रमितको संख्या तेश्रो चरणमा पुग्दा यो गतिले कोरोना नियन्त्रण गर्न सकिएला वा नेपाली नागरिकले ज्यान गुमाउनु नपर्ला ? गहन बहस र जिज्ञासाको विषय बनेको छ । प्रभावका रुपमा कोरोना नियन्त्रण यसरी गर्न सकियो भने उपयुक्त तरिका बन्न सक्छ । निम्नअनुसारको सुत्र उपयोग गर्न सकियो भने पनि देशभर सरल ढंगले काम गर्न सकिन्छ ।
अस्थायी साङ्लो (टेम्पोररी चेन अफ कमान्ड)
अस्थायी साङ्लोले संघ वा केन्द्र सरकारदेखि स्थानीय तहसम्मका सम्पुर्ण नागरिकको अवस्थाको बारेमा अपडेट लिनका लागि स्थानीय तहसम्म एउटा अस्थायी साङ्लो निर्माण गर्ने ।
१. चिकित्सक
प्रदेशअन्तर्गतका निश्चित अस्पताललाई चौबिसै घण्टा स्वास्थ्य सेवा उपलब्ध गराउने पालिका तथा जिल्लाबाट लिएका स्वाब परिक्षण केन्द्र स्थापना गरि द्रुत गतिमा काम गर्ने । केन्द्र तथा अस्पतालको रुपमा व्यवस्थापन मिलाउने । चिकित्सकलाई आवश्यक पर्ने पिपिई समेतको पर्याप्त व्यवस्था मिलाउने ।
२. स्वयंसेवक (घुम्ती समूह)
प्रदेशअन्तर्गतका स्थानहरुमा मानिसहरुको गतिबिधीलाई निरीक्षण गर्ने, बिशेषगरि उनीहरुको समस्यालाई मध्यनजर गर्नेगरि घुम्ती समूह परिचालन गर्ने । नागरिकको स्वास्थ्य अवस्था अवलोकन गर्ने । प्राथमिक स्वास्थ्य जाँच गर्ने । आवश्यक बिरामीलाई सिफारिस गर्ने, बिदेशबाट आएका मानिसको आँकडा लिने र अबस्था बुझ्ने ।
३. सेना प्रहरी परिचालन
प्रदेशअन्तर्गतका ठाउँहरुमा पुर्ण रुपमा लकडाउनको पालना गराउन वा आवश्यक सुरक्षा तथा बिरामी व्यवस्थापनमा सेना प्रहरीलाई सक्रिय रुपमा अघि बढाउने ।
४) राहत प्रदान तथा उद्वार टोली
प्रदेशअन्तर्गत दैनिक ज्याला मजदुरीमा काम गरेर जिविका चलाउने नागरिक वा आकस्मिक समस्यामा परेका नागरिकलाई उद्वार गर्ने र राहत प्रदान गर्ने, सहि सुचना तथा आँकडा राखी सरकार वा उपल्लो तहलाई जानकारी गराउने । परिचालन गर्ने ।
एकातर्फ भौतिक रुपमा प्रदेश र स्थानीय तहलाई पहुँचमा राखेर काम गर्ने र अर्कोतर्फ संचारमाध्यममार्फत हरेक गतिबिधीलाई प्रसारण गर्ने, जनचेतना फैलाउने अनि जनतालाई हौसला प्रदान गर्ने र सरकारले विश्वब्यापी रुपमा आफुलाई चलायमान बनाई नेपालको आवश्यकता र आकस्मिक समस्याको समाधानको बाटोतर्फ जानसक्यो भने यो बाटो नै सहि बाटो र उत्तम बिकल्प बन्ने कुरा उपयुक्त र सरल एवम् सहज हुने कुरामा बिश्वस्त बन्न सकिन्छ ।
(बर्देवा कलाकार तथा रंग पत्रकार हुन् ।)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->