संसारकै धनी ब्यक्ति यो वर्ष पनि एमेजनका मालिक जेफ बेजोस नै बन्न सफल भएका छन् । फोर्बसका अनुसार माइक्रोसफटका बिल गेट्सलाई उछिन्दै जेफ बेजोस लगातार तेस्रो वर्ष विश्वकै धनी बन्न सफल भएका हुन् । बेजोससँग ११३ अर्ब डलर सम्पत्ति छ । उनले पूर्व पत्नी मेकेन्जी बेजोससँग सम्बन्ध बिच्छेद गर्दा सम्पत्ति गुमाउनुका बाबजुद धनीमै कायम हुन सके भने दोस्रो धनी ब्यक्ति बिल गेट्स हुन् । बिल गेट्सलाई उछिन्दै एमेजनका मालिक जेफ बेजोस लगातार तेस्रो वर्ष विश्वकै धनी बन्न सफल भएका हुन् ।
फोर्बसका अनुसार माइक्रोसफटका बिल गेट्सनको सम्पत्ति ९८ अर्ब डलर छ । त्यस्तै जेफ बेजोस र गेट्सपछि तेस्रो नम्बरमा फ्रान्सको बर्नाड आर्नल्ट, चौंथोमा अमेरिकी वारेन बफेट, पाचौंमा अमेरिकी ल्यारी इलिसन, छैठौंमा स्पेनका अमानिको अर्टेगा, सातौंमा फेसबुकका मार्क जुकेनवर्ग, आठौंमा अमेरिकी जिम वाल्टन, नवौंमा अमेरिकी एलिस वाल्टन र दशौंमा अमेरिकी रब वाल्टन रहेको फोर्बसले जनाएको छ ।





