आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङ नगरको राहत कोषमा एकै दिन ६१ हजार

बागलुङ नगरको राहत कोषमा एकै दिन ६१ हजार


  • ढोरपाटन संवाददाता
  • चैत्र २६ २०७६, बुधबार

बागलुङ, २६ चैत– बागलुङ नगरपालिकाले स्थापना गरेको ‘विपद् राहत तथा उद्दार कोष’मा बुधबार पनि यहाँका सामाजिक संघ संस्थाहरुले सहयोग उपलव्ध गराएको छन् । बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेड र जिल्ला फुटवल संघले कोषमा सहयोग रकम जम्मा गरेका हुन् । दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले १ लाख रुपैयाँ कोरोना राहत कोषको लागि सहयोग गरेको जनाएको छ ।
संघले दिएको रकममध्ये ५० हजार काठेखोला गाउँपालिकाको कोष र ५० हजार बागलुङ नगरपालिकाको राहत कोषमा जम्मा गरेको संघका जिल्ला अध्यक्ष दिपक गौतमले बताए । जिल्ला फुटबल संघ बागलुङले बागलुङ नगरको राहत कोषमा सहयोग रकम हस्तान्त्रण गरेको छ ।
विपन्न र मजदुरलाई दिईने राहतमा सहयोग पु¥याउने उद्देश्यले नगरपालिकाको राहत कोषमा सहयोग गर्ने निर्णय गरेको जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष रामराज गुरुङले जानकारी दिए । फुटबल संघले नगरपालिकाको राहत कोषमा ११ हजार रुपैयाँ जम्मा गर्ने निर्णय गरेको कोषाध्यक्ष सुर्य लामिछानेले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->