नोवेल कोरोना भाइरस (कोभिड १९) का कारण संसारभर स्वास्थ्य सामग्रीको अभाव देखिएको छ । गत हप्ता चीनबाट फ्रान्सका लागि लगिएको स्वास्थ्य सामग्री तथा उपकरणमा त्रुटि देखिएको भनेर फिर्ता पठाएउन लागिएको सामान अमेरिका तेब्बर मूल्यमा लग्यो । अहिले युरोपेली मुलुकहरुले कोरोना टेष्ट गर्ने किट, एन ९५ माक्स, सर्जिकल माक्स, पीपीई, (व्यक्तिगत सुरक्षा उपकरण जो स्वास्थ्यकर्मी र सुरक्षकर्मिका लागि प्रयोग गरिन्छ ) भेन्टीलेटर, आईसीयूलगायतका स्वास्थ्य उपकरण महंगो मूल्य तिरेर भए पनि नागरिक बचाउन खरिद गरिहेका छन् । यी स्वास्थ्य सामग्री तथा उपकरण किन्न तँछाडमछाड गरिरहेको अवस्थामा छ । नेपालमा आइतबार, चीनको क्वाङ्चौबाट ल्याइएका स्वास्थ्य सामग्री र उपकरणहरुमा भ्रष्टाचार भयो भनेर एकाएक सबै मिडियामा समाचार आए । त्यै प्रकरणमा उपकरण, औषधि र समाग्रीहरु गुणस्तर हिन भए भन्ने समाचार पनि बाहिर आए । सरकारले भ्रष्टाचार ग¥यो भनेर मिडिया र सामाजिक संजालमा मिथ्यापूर्ण आरोप र गालिहरु बर्सिए । चीन सरकारले कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचार गर्न अनुमति दिएका स्वास्थ्य सामाग्री उत्पादन र निर्यात गर्ने १७ वटा कम्पनीबाट ती सामानहरु ल्याएको स्वास्थ्य मंत्रालयले जनाएको छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरूप नै भएको पुष्टी भएको छ । समाचारहरु तोडमोड गरी आए जुनकुराले पाठक, श्रोतलाई गुमराहमा पार्ने काम भयो । समाचार तोडमोड गर्नु र भरपर्दो श्रोतबिना नै समाचारहरु बाहिर ल्याउनु भनेको असक्षमतालाई ढाकछोप गर्नु पनि हो । यस्ता अविश्वनीय समाचारको पछि लागेर समाजिक संजालमा हिंसाजन्य गालीगलौज आउने गर्दन् । यसले आम नागरिकमा नियोजित रुपमै भित्रभित्रै आगो सल्काउने प्रयत्न गरिएको देखिन्छ ।
यो संकटको घडीमा आमनागरिकलाई सेवा प्रदान गर्ने निकाय भने तीन तहको सरकार नै हो । तीनै तहका सरकारले आफ्नो गच्छे अनुसारको काम गरेको देखिन्छ । अहिले संचारमाध्यम आउने समाचारका बिषयबस्तु कुनै तथ्यमा आधारित होइन कि पत्रकार आफैलाई मन लागेका र कुनै व्यक्तिले आफ्नो स्वार्थ अनुकुल दिएका अभिव्यक्तिहरु हुन्छन् । सामान्य अवस्थामा जे जस्तो भए पनि यो महासंकटका बेला समाचारका नाउमा, आम नागरिकलाई राज्यबिरुद्ध भड्काउने खालका गलत सुचना दिनु पत्रकारिताको धर्म होईन । ‘साँचो डग्दैन झुटो टिक्दैन’ भन्ने नेपालीमा उखान जस्तै साबित भएको छ । स्वास्थ्य सामाग्री खरिद प्रकरणमा । गलत सूचना दिनेहरुको समाचार श्रोत आफैमा खण्डित भयो ।
ओम्नी या जुनसुकै समूहहरु हुन् यिनीहरु नेपाली मिडियाका बेलाबेलाका समाचारका बिषय होइन कि श्रोत बन्ने गर्दन् । स्वास्थ्य सामग्री, उपकरण र औषधी खरिदमा संकास्पद अवस्था देखियो भन्ने सुचना बाहिर आए पछि स्वास्थ्य मंत्रालयले ओम्नी समुहसंगको औषधी,उपकरण र समाग्री खरिद सम्झौता रद्द ग¥यो । सरकार वा सरकारका संयन्त्रबाट केही गलत क्रियाकलाप भए वा भएनन् । त्यो छुट्टै संवैधानिक अंग (अख्तियार) ले पछि छानबिन गर्ने बिषय बन्ला । तर, हामी पत्रकारहरुले कस्को आड लिएर कस्लाई प्रहार गरिरहेका छौं भन्ने हेक्का राख्न जरुरी छ । चरित्र र नैतिकताको कसिमा जोख्दा उस्तै उस्तै खालका ब्यापारीहरु जो आफुले कालोबजारी गर्न नपाएको कारण मिडियालाई प्रयोग गरेर सरकारको बद्नाम गराइरहेका छन् । जुनकुरा हामी पत्रकारहरु थाहै नपाई प्रयोग भईरहेका छौँ कि, वा नियतबस प्रयोग भएका छौं सोच्न पर्ने बेला आएको छ । यदि हामी पत्रकारको नियतमा पनि खोट छ भने त्यो हाम्रो पत्रकारिताको कर्म नभएर अर्कै काम हुनसक्छ (संदिग्ध कार्य) । म आफू पनि पत्रकार भएकै नाताले यो बन्दाबन्दीको समयमा नजिकबाट समाचारहरु नियालिरहेकी छु । यो महासंकटका बेलामा केही मिडियाहरु बिशेष गरी राजधानी केन्द्रित अनलाईन न्यूजपोर्टलहरु आम नागरिकलाई सही सूचना दिनबाट चुकेको देखिन्छ । भ्रष्टाचार जस्तो संम्वेदनशील बिषयमा समाचार दिदा कुनै तथ्य छैन प्रमाणको त आसै नगरौँ । सुचना होईन मनगण्ते कथा । त्यहि मनगण्ते कथा पनि तथ्यहरुसंग मेल खाँदैन । आफैले लेखेका समाचार केही दिनपछि खण्डीत हुन्छन् । हामीले प्रधानमन्त्री, मन्त्री र कर्मचारीहरुलाई निराधार भ्रष्टाचारीको बिल्ला भिराउँदा हाम्रा समाचारका श्रोतहरु तीनै बिचौलिया र कालोबजारी गर्ने ब्यापारीहरु हुने गर्दछन् । उनीहरुले सत्य बोलेका छन् कि उनीहरुको निहित स्वार्थका लागि हामी पत्रकार प्रयोग भईरहेका छौंँ । हाम्रो भरपर्दो श्रोत खोई ? बास्तवमा बिचौलियाहरुको संजाल संसारभर नै निकै डरलाग्दो छ । कुनै नैतिकता, धर्म हुदैन उनिहरुमा । बिचमा बसेर पैसा खान पाए पुग्छ । सरकार, सरकारी संयन्त्र, मिडिया सबै यी बिचौयिाको चंगुलबाट बच्न जरुरी छ । यस पटकको औषधी खरिद प्रकृया पनि प्रस्ताव पेस गर्न कोहि पनि नआए पछि अन्तिम समयमा ओम्नी ग्रुपले खरिद गर्ने जिम्मा पायो । त्यो समुले पनि बढी भन्दा बढी नाफा खाने नियत राखे पछि सम्झौता रद्द गरियो । काम गर्नसक्छु भनेर आउने नेपाली कम्पनीलाई जिम्मा दिदा सरकार आफै भूमरीमा पर्न पुग्यो । यदी सरकारको भ्रष्टाचार गर्ने नियत नै थियो भने सम्झौता रद्द हुदैन थियो । न्यूज मिडिया र सोशल मिडियामा जति खैरो खने पनि बिगतका सरकार झैं चुप लागेर बस्थ्यो होला । तर अहिले पनि सरकार चुप लागेर बसेन । यो संबेदनशिल अवस्थामा पनि हाम्रा समाचारहरु भ्रष्टाचार भएको भनिएको बिषयमा छानबिन निष्पक्ष हुनुपर्नेमा केन्द्रित नभई प्रधानमंन्त्री र मंन्त्रीहरु फल्नुपर्छ भन्ने बिषय तर्फ लिखित अभियान चलाएको देखिन्छ । यो सरकार बनाउने र फाल्ने मिडियाको टाउको दुखाईको बिषय हुनुपर्ने हो र ? समाचारका कोणहरु कताबाट आए कस्तो नियतका साथ आए भन्ने कुरा आम बिबेकशिक पाठक, स्रोताले बुुझेकाछन् । यो महासंकटका बेला एउटा ब्यापारी, नेता, बिचौलिया या जो सुकै हुन्, प्रतिपर्दीहरुबाट आएको सुचनालाई हामीले सन्तुलित बनाउन खोजेनौं भने त्यस कार्यलाई पत्रकारीता गरेको नभन्दा नै राम्रो हुन्छ । आफुलाई तथाकथित रुपमा स्वन्त्र भन्ने तर दल नेता, गुट, अझ तल्लो स्तरमा भन्दा राज्य ठग्ने, कालोबजारी गर्ने ब्यापारीको ढाल बनिरहेका त छैनौं ?
एउटा सत्यकुरा के हो भने सरकारले बिमान चार्डटर गरेर स्वास्थ्य उपकरण, सामाग्री र ओषधीहरु ल्याउनु भन्दा अगाडी चीनको स्थलमार्ग हुँदै केही कालो बजारी गर्ने व्यापारीले ल्याएको ¥यापिड डाइग्नोष्टिक टेष्ट र स्वास्थ्य सामाग्री तिब्बत सरकारले अन्तराष्ट्रिय मापदण्ड अनुरूप नभएको भन्दै नेपाल निर्यातमा रोक लगाएको यियो । निजी ब्यावसायीहरुले ल्याएको गुणस्तरहिन सामाग्री कालोवजारी गरेर महंगो मूल्यमा बिक्री गर्नका लागि खेल भएको हो । मलाई यहा, मंगलवार भएको अर्को प्रत्यक्ष घटना पनि जोड्न मन लाग्यो । शंकर ग्रुपका मालिक शुलभ अग्रवाल जो र्किकिस्तान भन्ने देशका महाबाणिज्य दुत समेत हुन् । उनले प्रहरीलाई नै ५ सय रुपैया पर्ने थर्मल गर्न १५ सयमा बिक्रि गरेको भनेर पक्राउ समेत परेका छन् । उनि कालो बजारी गरेको आरोपमा पक्राउ परेका हुन् । यहा बुझ्न के जरुरी छ भने यो संकटको बेलामा सरकारले कोरोना भाइरसको प्रकोप रोक्न ढिलै भए पनि सक्दो प्रयास गरिरहेको बेला केहि मेडिकल माफियाहरु आफ्नो स्वार्थका लागि सरकारले गरेका प्रयासलाई गलत प्रमाणित गराउन खुलेर लागेको देखिन्छ । एकातिर स्वास्थ्य समग्री र उपकरण पर्याप्त मात्रामा नपाईने अवस्था छ भने अर्कोतिर छिटो छरितो खरिद गर्न लाग्दा पहिला नै आसंका गरेर काम गर्नेलाई हतोत्साही बनाउने प्रवृत्ति देखापरेको छ । यस्तो अवस्थामा मिडियाले हुदै नभएका कथा बनाएर वा तथ्यलाई तोडमोड गरेर समाचार लेख्नु ब्यावसायीकता होइन । यो संकटको घडीमा कोरोनाको उपचार, सक्रमण नियन्त्रण गर्न गरिएको प्रयासलाई साथ दिनु पर्छ । सरकारबाट कमजोरी भए पनि स्वथ्य आलोचना र सुझाव दिन जरुरी छ । यहि मौका हो भनेर नेतृत्व फेर्नका लागि आगोमा घिऊ थप्ने काम गर्न हुँदैन । मुलुक लामो समय अस्थिताबाट ग्रुजियो आज यो हबिगत हुनुमा पनि त्यहि अस्थिर राजनीति दोषी छ । यो सरकारले पार्टी भित्रकै नेतृत्वको हानाथापले गर्दा काम राम्रोसंग गर्न नदिएको अवस्था छ । यस्तो बेलामा मिडियाले आफ्नो समायोजनकारी भूमिकालाई चुसत दुरुस्त पार्न जरुरी छ । आखिर लेख्ने, हामी सबै श्रमजिवी पत्रकार नै हौं एउटाको आड लिएर अर्कोलाई क्षणभर मै सिध्याउने काम नगरौं यो हाम्रो ब्यावसायीक धर्म होइन ।





