शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

मुख्यमन्त्री गुरुङले संक्रमित युवतीसंग गरे टेलिफोनमा कुराकानी

मुख्यमन्त्री गुरुङले संक्रमित युवतीसंग गरे टेलिफोनमा कुराकानी


  • ढोरपाटन संवाददाता
  • चैत्र २७ २०७६, बिहिबार

बागलुङ, २७ चैत – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले कोरोना भाइरस संक्रमित बागलुङकी युवतीसंग टेलिफोनमा कुराकानी गरेका छन् । धौलागिरी अञ्चल अस्पतालको आइसोलेसन वाडमा उपचार गराइरहेकी बागलुङ कुँडुलेका १९ बर्षिय युवतीसंग विहिवार दिउसो टेलिफोनमा कुरा गरेका हुन् ।
‘अहिले साढे ११ बजे संक्रमित वहिनीसंग मुख्यमन्त्रीले टेलिफोनमा कुराकानी गर्नु भएको छ’, मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम न्यौपानेले ढोरपाटनसंग भने, ‘उहाँले बैनीको स्वास्थ्य अवस्थाका वारेमा कुराकानी गर्नु भएको हो ।’
मुख्यमन्त्री गुरुङले टेलिफोनमा ती युवतीको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् । उनले कोरोना भाइरसको लक्षणहरु भए नभएको जानकारी लिदै युवतीलाई नआत्तिन भनेका छन् । आफुले अस्पतालका डाक्टरहरुसंग टेलिफोनमा कुरा गरेको जानकारी गराउदै अलि बढि तातोपानी खान सुझाएका छन् ।
युवतीले मुख्यमन्त्रीलाई आफ्नो स्वास्थ्य अवस्था राम्रो रहेको वताएकी छिन् । उनले डाक्टरहरु आफ्नो कोठामा नआईकन टेलिफोनबाट सोधपुछ गरेको जानकारी गराएकी छिन् । उनी नेपालकै पाँचो संक्रमित युवती हुन् । कतार एयरवेजको विमानबाट चैत ४ गते आएकी उनको थ्रेट परिक्षणको रिपोर्टमा संक्रमण भएको पुष्टी भएपछि धौलागिरी अञ्चल अस्पतातका आइसोलेसन वाडमा उपचार भइरहेको छ ।

हेर्नुहोस ती युवतीसंग मुख्यमन्त्रीले गरेको कुराकानीको अडियो रिपोर्ट ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->