प्रतिनिधि सभाको सबैभन्दा कम उमेरकी सांसद हुन्, रवीन्द्र पत्नी विद्या भट्टराई । गएको मंसिर १४ मा स्वर्गीय रवीन्द्रको उत्तराधिकारीको. रुपमा निर्वाचित भएर आएकी विद्याको लकडाउन डायरी यस्तो छ :
लकडाउन सुरु हुनुभन्दा एक दिन अघि मात्रै म काठमाडौं आएको थिएँ । अहिले काठमाडौंतिरै छुँ । काठमाडौंबाटै पोखरामा वडाध्यक्ष, पार्टीको साथीहरु, मेयर साबलगायत सबै जनप्रतिनीधिहरुसँग सम्पर्क गरेर अपडेट भइराखेको छुु । मेरो सचिवालयले पनि गरिरहेको छ ।
प्रदेश सांसदहरुसँग पनि सम्पर्क भई रहेको हुन्छ । संघीय सांसदहरुसँग पनि सम्पर्कमा रहेन, अपडेट हुने काम भइरहेको छ । अन्यत्र भएका अपर्याप्तताहरु र हाम्रोमा के छ कम्पेयर पनि त गर्नुप¥यो नि त । म स्वास्थ समितिमा पनि भएको हुनाले केही गर्नुपर्छ कि ? त्यसको लागि आवश्यक तयारी भइरहेको छ ।
देशव्यापी लकडाउन घोषणा भएकाले बाहिर निस्किने कुरा त भएन । यो त सबैलाई गरिएको निर्देशन हो नि त । हामी माननीयले लकडाउन अभोइड गर्नेभन्दा पनि यसलाई पालना गर्दै जाऊँ भन्ने हिसाबले नै बसिरहेका छौँ । ं हामी । फोन, सामाजिक सञ्जाल मार्फत सबैसँग सम्पर्कमा छौँ । तर, बाहिर चाहिँ निस्केका छैनौँ । किनकि, यो सबैको लागि गरिएको निर्देशन हो । हामीले पनि पालना गर्नुपर्छ भन्ने नै हो । फिल्डमा जानुभन्दा नजानू नै राम्रो हो भनेर हामी बसिरहेका छौँ ।
मेरो पहिलाको एउटा अनुसन्धानको काम बाँकी थियो । त्यसलाई सक्न लागँे । किताब पढ्ने । लेख लेख्ने । एउटा सहाना प्रधानकोबारेमा लेख्न भन्नुभएको छ ,साथीहरुले । त्यो लेख्दैछु । रवीन्द्र स्मृति प्रतिष्ठानबाट स्मृति ग्रन्थ निकाल्ने भनि रहेका छौँ । त्यसको कलेक्सन पनि भइरहेको छ । यस्तै–यस्तैं कामममा व्यस्त छु । घरपरिवारलाई पनि समय दिनुप¥यो । घरपरिवारमा बस्ने, सहयोग गर्ने काम पनि गरिरहेकी छु ।
राहतबारे गुनासो
त्यो लिस्ट टोल विकास संस्था मार्फत वडाले लिएको हो । वडाध्यक्षज्यूहरुलाई सोध्दा हामी सकेसम्म समेट्ने कोसिस गरेका छौँ भन्नुभएको छ । यसको पनि मापदण्ड छ । त्यसै अनुसार हामीले राहत बाँडिरहेकाछौँ । त्यसमा कोही छुट्न् भयो, हामी लक्षितमा पुग्न सकेनौं । त्यसलाई हामी सोच विचार गरेर हामी गछौं । समेट्छौं भनेर भन्नु भएको छ । तर, हामीले सकेसम्ूम मापदण्डलाई पालना गरेका छौँ । कोही पनि छुट्न्ु भएको छैन भनेर साथीहरुले भन्नु भएको थियो । समाचार सुनि सकेपछि मैले सम्पर्क गर्दा, कोही छुट्यो भने फेरि दिने भन्नुभएको छ । कार्यान्वयन गर्ने निकाय पनि स्थानीय निकाय नै भयो । हामीले त समन्वय मात्रै गर्ने नै हो ।
हामी संयन्त्रमा कही पनि छैनौँ । त्यसमाथि जहाँ भयो त्यही बस्ने भन्ने नियम लागू भयो नि त । यसले गर्दा पनि सम्बन्धित ठाउँमा पुग्न सकिएन । त्यसकारण, जसरी सहजिकरण गर्न सकिन्छ । त्यसरी नै गर्ने हो । समस्या परेकाहरुलाई समन्वय गर्ने काम गरिरहेको छु । अस्ति भर्खर बिरामी बच्चालाई अस्पतालले भर्ना नलिएको भनेर आयो । मिडियामा आयो । थाहा पाइसकेपछि जनस्वास्थका साथीहरुलाई फोन गरेर कोर्डिनेसन गरियो । उपकरणहरु पनि अहिले कमि छन् । कोर्डिनेसनमै बसेर त्यसलाई समाधान गर्ने हो ।
लकडाउनपछिको योजना
हामी मात्रै होइन । संसारै अब विश्व कता जान्छ ? राष्ट्र कता जान्छ ? भनेर विश्वमै एक खालको अन्यौलको अवस्था छ । त्यसो भनेर हामी त्रसित हुनुभन्दा पनि संक्रमणबाट कसरी बँच्ने भनेर नै पहिलो प्राथमिकतामा राख्नुपर्छ । आन्तरिक रुपमा संक्रमण भयो । दोस्रो स्टेजमा गयो भनेर भने पनि सामाजिक रुपमा संक्रमित बन्ने अवस्था हामी कहाँ बनिरहेको छैन नि त ! अन्यत्र जसरी महामारीको रुप लियो । त्यो महामारीबाट अझैं पनि हामी बाँचिरहेका छौँ । यो बेलामा खास मार पर्ने भनेको दैनिक ज्यालादारी गरेर खाने मजदुरलाई हो । अर्को भाडामा बस्ने जो आफ्नो सम्बन्धित ठाउँमा जान सक्नुभएको छैन । उहाँहरुलाई परेको छ । अहिलेको समस्याबाट जो जो मारमा पर्नु भएको छ । उहाँहरुलाई राहतको प्याकेज भनेर घोषणा भइसक्यो । स्वास्थकर्मीहरु जसले आफ्नो ज्यान पनि जोखिममा पारेर, पर्वाहै नगरि सेवा दिइरहनु भएको छ । सु्रक्षाकर्मीहरु जो फिल्डमा खटिरहनु भएको छ । कोरोनाको सन्त्रासबाट मुक्ता भई सकेपछि । अब महामारी फैलिन्न भन्ने कुार सुनिश्चित भई सकेपछि । नीतिगत योजनाहरु पनि बन्छन् । नीति तथा कार्यक्रम बनाउने समय पनि आइरहेको छ । यो जटिल अवस्थालाई भोलिको दिनमा कसरी सम्बोधन गरेर जाने ? यो विषयमा छलफल पनि चलिरहेको छ । त्यसमा हामीले आफ्ना दृश्टिकोण पनि राखेका छौँ । यो तेस्रो चरण हो । हामी अहिले दोस्रो चरणमा छौँ । पहिलो र दोस्रो चरणलाई सम्बोधन गरेर हामी अघि बढ्नुपर्ने छ । त्यसको लागि पनि हामीले तयारी गर्न जरुरी छ । सबैभन्दा पहिलो कुरा यो संक्रमणबाट कसरी बच्ने भन्नेृ नै हो ।
प्रस्तुती : श्याम राना मगर





