देशकै ठूलो महानगरपालिका हो,पोखरा । प्राकृतिक सुन्दरताले सम्पन्न पोखरा महानगर पनि विश्वभर महामारीको रुपमा फैलिइरहेको नोवेल कोरोना भाइरस (कोभिड—१९)को कारण त्रसित छ ।
मान्छेको दैनिकी नै ठप्प हुनेगरि देश ‘लकडाउन’ हुँदा पोखरा अछुत रहने कुरै भएन । अझ, दैनिक ज्यालादारी गर्दै जीविका चलाइरहेका मजदुरको अवस्था त झनै कष्टकर छ । पोखरा महानगरले यस्ता परिवारलाई लक्षित गर्दै राहतका प्याकेज पनि ल्याएको छ । जून अहिले वडावडाबाट वितरण भइरहेको छ ।
यो विषम परिस्थितिसँग जुध्दै अघिबढिरहेको पोखरा महानगरपालिका । र, यसको नेतृत्व गरि रहेका मेयर मानबहादुर जीसीको ‘लकडाउन’डायरी यस्तो छ ।
दैनिकी त अहिले झनै कडा भइरहेको छ । बिहानदेखि साँझसम्म फिल्डमा खटिएको छु । यो महामारीसँग कसरी बँच्न सकिन्छ ? अरुलाई कसरी बचाउँन सकिन्छ भनेर महानगरपालिका लागि रहेको छ । ‘लकडाउन’पछि हामीले जुन लक्षित वर्गको लागि टार्गेट गरेर राहतका कार्यक्रम ल्याएका थियौंँ । अहिले त्यसैको काम भइरहेको छ । अरु मिटिङ पनि भइरहेको छ ।
लक्षित वर्ग छुटेका छन् रे !
वडाबाट लगत संकलन गर्दा केही छुटेका होलान् । अघिपछि बाँडेको राहत जस्तो होइन, यो । केही ठाउँमा नपाउनु पर्नेकोमा पनि पुगेको होला । केही ठाउँमा त्यस्तो भयो भन्दैमा लक्षित वर्गमा महानगरको राहत पुगेन भनेर भन्नै मिल्दैन । कोही छुट्यो भन्दैमा लक्षित वर्गमै पुगेन भन्ने होइन । हामीले जुन वर्गको लागि राहतका कार्यक्रम ल्याएका थियौंँ । त्यो वर्गमा नै हामी पुगिरहेका छौँ ।
वडाबाट लगत संकलन गरेर साढे १९ हजार बढी परिवारलाई राहत दियौँ । अहिले त्यो संख्या पनि थपिएको छ । लगत संकलन गर्दा नाम छुटेका परिवारको पनि नाम पुन ः संकलन गर्दैछौँ । थपिएको परिवारलाई पनि हामी राहत बाड्छौँ । २० हजार बढी परिवारलाई हामी राहत बाड्छौँ ।
जुन छुटेको नपुगेको भनिएको छ । उनीहरुलाई पनि खोजतलास गरेर हामी राहत पु¥याउँछौँ ।
प्रारम्भिक चरणमा उद्धार पनि भइरहेको छ । विदेशबाट को—को आएका छन् ? भनेर त्यसको पनि खोजी कार्य भइरहेको छ । अहिले त हामी विश्वमा जुन रुपमा महामारी फैलिइरहेको छ । त्यो हिसाबले सुरक्षित नै छाँैं । तर, महानगरलाई कसरी सुरक्षित बनाउने भन्ने विषयमा महानगर गम्भिर भएर लागिपरेको छ । नागरिकलाई सुरक्षित रहनको लागि सचेतना पनि जगाइरहेका छौँ । यसरी नै गइरहेको छ ,अहिले ।
राहत कोष
हामीले सुरुमा २ करोडको राहत कोष खडा गरेका थियौँ । अहिले त त्यो रकम बढेको छ । सहयोग पनि आउने क्रम जारी छ । २ करोडबाट सुरु गरेको ३ करोड रुपैयाँ पुगिसकेको छ । यो थपिने क्रम जारी छ । महानगरले विपतमा परेका नगरबासिलाई राहतमा २५ केजि चामल, २ केजि दाल, एक लिटर तेल, नुन र एक केजी गेडागुडी दिएको छ । राहत २ हजार रुपैयाँ बराबरको छ ।





