मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

महानगरको राहतकोषमा विन्ध्यवासिनी समितिले दियो रु.५ लाख

महानगरको राहतकोषमा विन्ध्यवासिनी समितिले दियो रु.५ लाख

राहत कोषमा व्यक्ति र संस्थाले २५ लाख ८२ हजार ७ सय रुपैंया सहयोग गरेको महानगरका सूचना अधिकारी भरतराज पौडेलले बताए ।


  • ढोरपाटन संवाददाता
  • चैत्र ३० २०७६, आइतबार

पोखरा, ३० चैत – पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा विध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले ५ लाख रुपैयाँ सहयोग गरेको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका उपाध्य पवित्र रेग्मी, सदस्य सचिव तीर्थ श्रेष्ठ र कोषाध्यक्ष सूर्यप्रसाद सुवेदीले पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई ५ लाखको चेक आइतबार हस्तान्तरण गरे । बालहितकारी परियोजनाले १ लाख १ हजार सहयोग गरेको छ । परियोजनका अध्यक्ष गोविन्द पहारी र उपाध्यक्ष रामचन्द्र तिमिल्सेनाले महानगरप्रमुख जिसीलाई चेक हस्तान्तरण गरेका हुन् ।
यसैगरी, कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था ५१ हजार ५१, पोखराका व्यवसायी नवराज अधिकारी र शोभा बास्तोलाबाट ५० हजार, तोडा बचत तथा ऋण सहकारी संस्थाले ५० हजार, जयलक्ष्मी कृषि सहकारी संस्थाले ४४ हजार ४ सय ४४, श्रीवृद्धि बचत तथा ऋण सहकारी संस्था २५ हजार ५, जनजागरण महिला विकास बहुउदेश्यीय सहकारी २० हजार ५ सय ५५, मेघा बचत तथा ऋण सहकारी संस्था १७ हजार ७ सय ७७, फ्याफुल्ला विकल्प महिला बचत तथा ऋण सहकारी १५ हजार १ सय ५५, लेखनाथ बचत तथा ऋण सहकारी संस्था १५ हजार सहयोग गरेका छन् ।
त्यसैगरी, गाउँविकास समाज बहुमुखी सहकारी संस्था, ११ हजार १ सय ११, चेतना बचत तथा ऋण सहकारी संस्था, ११ हजार, घामपानी कृषि सहकारी संस्था १० हजार, जागरण कृषि सहकारी संस्था ९ हजार ९ सय ९९ सहयोग गरेको पोखरा महानगर सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारीले जानकारी दिए । यसैगरी,
डल्फिन बचत तथा ऋण सहकारी संस्था १० हजार, नमस्ते बचत तथा ऋण सहकारी संस्था ११ हजार ५ सय ५५, नागढुंगा बचत तथा ऋण सहकारी संस्था १५ हजार १ सय १५, नेकपा धादिङ पोखरा जनसम्र्पक समितिले कोषमा ११ हजार १ सय ११ सहयोग गरेका छन् ।
समितिका अध्यक्ष वीरबहादुर थापा, सचिव कृष्ण धरेलले महानगरका प्रमुख जिसीलाई चेक हस्तान्तरण गरेका हुन् । अहिले सम्म पोखरा महानगरपालिकाको राहत कोषमा विभिन्न व्यक्ति र संस्थाले २५ लाख ८२ हजार ७ सय रुपैंया सहयोग गरेको महानगरका सूचना अधिकारी भरतराज पौडेलले बताए । लकडाउनका कारण अति विपन्न र दैनिक ज्यालादारी गर्ने मजदुर लगायत जोखिममा परेका व्यक्तिलाई राहत उपलब्ध गराउन महानगरले स्थापना गरेको कोषमा समितिले सहयोग गरेको हो । पोखरा महानगरपालिकाको विपद् व्यवस्थापन कोष राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोकस्थित खाता नम्बर ३०२०३०५०४९४०६ मा रकम जम्मा गर्न सकिने छ ।
तस्बिर: पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई चेक हस्तान्तरण गर्दै विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका उपाध्यक्ष पवित्र रेग्मीसहितको टोली ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->