आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

दूधको खपत ४० प्रतिशतसम्म कम

दूधको खपत ४० प्रतिशतसम्म कम

बजारमा सहजै खपत हुने दुग्धजन्य परिकार बनाउन ध्यान नजाँदा अहिले चुकुचक !


  • ढोरपाटन संवाददाता
  • बैशाख ५ २०७७, शुक्रबार
फाईल तस्विर

बागलुङ, ४ बैशाख– भीमापोखरा र बिहुँका किसानको नमूना दुध उत्पादक सहकारी संस्थाले दैनिक ३ हजार लीटरसम्म दूध बजारमा पठाउने गरेको थियो । घरघरमा किसानले दूध उत्पादन गरेर बजार पठाएपछि मनग्ये कमाई पनि गरेका थिए । लकडाउनको करिब एक महिनामा किसानहरुले उत्पादन गरेको दूध बजार पठाउन सकेका छैनन् । बागलुङ बजारमा दुधको खपत ४० प्रतिशतसम्म घटेकोले किसानले पनि थोरै मात्र कमाई गर्न पाएका हुन् ।
काठेखोला ६ का अध्यक्ष युक्त प्रसाद कंडेलले किसान मर्कामा परेको बताए । ‘बजारमै दूधको खपत घटेको छ, किसानले पनि बेच्न सकेका छैनन्’ कंडेलले भने, ‘अन्य अन्नजस्तो बोरामा राखेर भण्डार गर्न नमिल्ने भएपछि किसान बढी मारमा परेका हुन् ।’ धान, मकैजस्तो अन्न फलाउनेले दुइचार महिना थन्क्याएर राखेपनि फाइदा लिन सक्ने भन्दै दूध आजको आजै नबिक्दा फाल्नुपर्ने बाध्यतामा परेको बताए ।
यहाँका हरेक घरघरमा दूध उत्पादन हुन्छ । उनीहरुले सहकारीमार्फत बागलुङ बजारमा दूध बेच्दै आएका थिए । सहकारीले पनि बजारमा खपत नहुने दूध किनिदिन नसकेको अध्यक्ष दिपक गौतमले बताए । ‘किसान मर्कामा छन्, हामीले पनि बढी किनेर फाल्ने कुरा भएन’ सहकारीले समेत गाई र भैसीपालन गरेर दैनिक दूध बजारमा पठाइरहेको छ ।
बागलुङ बजारमा मालिका, पाखाथर र उपल्लाचौरबाट पनि दूध आउने गरेको छ । उपल्लाचौरस्थित श्रीकृष्ण गाई फर्मका श्रीकृष्ण पौडेलले पनि दूधको खपत घटेको बताए । सदरमुकाममा भाडामा बस्नेहरु घटेको असर दुध किसानलाई परेको हो । प्रशासनले दूध ढुवानीमा कुनै अबरोध गरेको छैन । तर सदरमुकामका अधिकांस बिद्यार्थी, कर्मचारी र बालबालिका पढाउन बसेकाहरु चैतको पहिलो सातादेखि गाउँ फर्केका छन् ।
मालिका लगायतबाट आउने दूध पनि घटेको किसानहरुले बताए । ‘पहिला सहजै दूध बजारमा जान्थ्यो, अहिले आधाजसो घटेको छ’ बानपा ४ का एक किसान नन्दलाल सापकोटाले भने, ‘नबिकेको दूधबाट अन्य सामान बनाउने बिधिको आवस्यकता परेको छ, अहिले सिकाईदिने कोही भएन ।’ पनिर, छुर्पी लगायतको सामाग्री बनाउन सकेमा पछि बेच्न सकिने उनले बताए । सहजै बजारमा खपत भैरहेकोले उनले यसअघि ती सामाग्री बनाउनेतर्फ ध्यानै नदिएको बताए । बैदेशिक रोजगारीमा जान चाहेकाले पनि गाई तथा भैसी पालन गरेर आत्मनिर्भर बन्न थालेका छन् । उनीहरुले दूध बेचेर मनग्ये कमाइ पनि गरिरहेका हुन् ।
तराईमा जस्तो मिल्क होलिडे समेत नहुने भएकोले बागलुङका दूध व्यवसायीले अन्य परिकार बनाएर बेच्ने गरेका छैनन् । ‘दैनिक दूध बजारमा पठाएपछि अन्य परिकार बनाउने झण्झट समेत थिएन’ सापकोटाले भने, ‘अहिले भने त्यसको महसुस भयो ।’ बिशेषगरी पनिर र छुर्पी बनाउँदा दूधको तुलनामा दोब्बर फाइदा गर्न सकिने कंडेलले बताए । ‘हाम्रोमा अन्य परिकार बनाउने चलनै भएन, अब त्यसतर्फ पनि सोच्नुपर्छ’ कैडेलले भने, ‘दूधजन्य परिकारमा बानी पार्न सक्दा माछामासु खाने उपभोक्ता समेत थपिएर किसानलाई आम्दानीका श्रोत थप्न सकिने उनले बताए ।
बागलुङकै अमलाचौर र नारायणस्थानका किसानहरुको कालीगण्डकी दुध सहकारी संस्था छ । उनीहरुले पर्वतको कुश्मा बजारमा दुध बेच्दै आएका छन् । तर लकडाउनको कारण त्यहाँ पनि उत्पादन घटेको स्थानीय ऋषिराम शर्माले बताए । ‘बजारमा सहजै लैजान सक्ने अबस्था छैन, किसानले छिटफुट मात्र दूध बेचेका छन्’ उनले भने, ‘केही किसानले घिउ बनाउने काम गरेका छन् ।’ घिउ बनाएर राख्दा पछि कमाउन सकिने उनले बताए । तर दैनिक दूध बेच्नेहरुले दूध बनाउनेगरी ठेकी र मदानीसमेत जोहो नगरेकोले अहिले समस्यामा परेको समेत केही किसानले बताए ।
पश्चिम बागलुङको खरवाङ, अधिकारीचौर लगायतको क्षेत्रका किसानले पनि दूध बजारमा बेच्ने गर्थे । उनीहरुको पनि खपतको ३० प्रतिशत घटेको बताए । बजार बस्नेहरु गाउँ फर्केकोले कतिपय किसानले भने घरघरमै बेच्न पाएको पनि बताएका छन् । गलकोट क्षेत्रमा भने किसानले घिउ बनाएर बेच्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->