आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

ताराखोलामा भेटिए म्याद गुज्रेका खाद्यबस्तु

ताराखोलामा भेटिए म्याद गुज्रेका खाद्यबस्तु


  • महेन्द्र घर्ति संगम
  • बैशाख ७ २०७७, आइतबार

बागलुङ, ७ बैशाख– लकडाउनको समयमा कालोबजारी मौलाएको र मुल्यबृद्धि भएको गुनासो आउन थालेपछि बजार अनुगमन थालेको ताराखोला गाउँपालिकाले बजारमा म्याद गुज्रिएका खाद्यान्न फेला पारेको छ । ताराखोला गाउँपालिका–५ मा शनिबार गरिएको अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्यान्न तथा पेयपदार्थ फेला परेका हुन् ।
गाउँपालिका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, इलाका प्रहरी कार्यालयका प्रमुख र स्वास्थय शाखा प्रमुखसहित बजार अनुगमनमा निस्किएको टोलीले म्याद गुज्रेका खाद्य तथा पेयपदार्थ फेला पारेपछि नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय ताराखोलाका प्रमुख, युवराज सलामी मगरले जानकारी दिए ।
एक बोरा चामल, चाउचाउ, चिजबल, फ्रुुटी, बिष्कुट लगायतका खाद्य पदार्थहरुको म्याद गुज्रिएको भेटिएको हो । ‘बजारमा धेरै सामान म्याद गुज्रिएका भेटिए, हामीले नियन्त्रणमा लिएका छौं’ मगरले भने ‘एउटा गुनासो सुनेर बजार पुगेको अर्कै रहेछ अवस्था ।’ गुनासो आएकोजस्तो मुल्यबृद्धि नभएको भएपनि बजारमा म्याद गुज्रिएका खाद्य बस्तुको बिक्री बितरण भैरहेको पाएको उनले बताए । ‘यहाँका साना व्यपारीले फागुनमा ल्याएको भन्ने चाउचाउको म्याद माघमा नै सकिएको छ’ थापा भन्छन् ‘ठुला व्यापारीले म्याद गुज्रिएका समान बेच्न ल्याउने गरेको आशंका छ, हामीले सम्झाएर छोडेका छौं ।’
बरामद भएका सबै सामग्री सरोकारवालाको रोहबरमा नष्ट गरिने थापाले बताए । शुक्रबारदेखि सुरु भएको अनुगमनका क्रममा अधिकांश ठाउँमा म्याद गुज्रिएका समाग्री भेटिएपछि गाउँपालिकाका स–साना पसलहरुमा समेत अनुगमन गर्ने योजना गाउँपालिकाले बनाएको छ । अनुगमन टोलीले किराना, फेन्सी, तरकारी तथा फलफुल लगायतका सबै खाले पसलहरुको अनुगमन गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->