बागलुङ, ७ बैशाख – कोराना भाईरस संक्रमण त्रासका कारण बिहान बेलुकी छाक टार्न गार्हो परेका ताराखोला-१ अमरभूमीका ९ परिवारलाई नेपाल कम्युनिष्ट पार्टी ताराखोलाले शनिवार राहत वितरण गरेको छ । समस्यामा परेका अती बिपन्न, गरिब, एकल महिला अपांग ब्यक्तिलाई लक्षित गरि राहत बितरण गरिएको र यसलाई अभियानकै रुपमा अगाडि बढाइने नेकपा ताराखोला गाउँ पार्टी कमिटीका अध्यक्ष दिवस खत्रीले वताए ।
त्यहाँ समस्यामा परेकालाई वितरण गर्ने गरी वडानं १ का अध्यक्ष यम श्रीसलाई ९ बोरा चामल, १८ केजी चिनी, ९ वटा लुगा धुने र ९ वटा नुहाउने साबुन, ९ वटा पोका खाने तेल, १८ केजी नुन हस्तान्तरण गरिएको छ । । सो अवसरमा बोल्दै नेकपा ताराखोला अध्यक्ष दिवस खत्रीले आफ्नो पाटी सधैं जनताका सुखदुःखमा साथमा रहेको र हाल बिश्वब्यापी समस्याको रूपमा रहेको कोरानाले निम्ताएको समस्याबाट पिडित जनतालाई केही हद भएपनि राहत अनुभुति होस भनेर राहत वितरणको अभियान थालिएको वताए । उनले पालिकाका अन्य ४ बडामा पनि राहत वितरणलाई निरन्तरता दिने बताए ।





