आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

चामल, दाल, नुन, तेलको अभाव हुदैन : प्रमुख रिजाल

चामल, दाल, नुन, तेलको अभाव हुदैन : प्रमुख रिजाल

घरेलु तथा साना उद्योग कार्यालय बागलुङको नेतृत्वमा सदरमुकामका १० वटा होलसेल पसलमा अनुगमन गरिएको हो ।


  • ढोरपाटन संवाददाता
  • बैशाख ८ २०७७, सोमबार

                   खाद्यवस्तुको अवस्थावारे बुझ्न बजारमा निस्केको अनुगमन टोली । तस्विर : ढोरपाटन
बागलुङ, ८ बैशाख – कोरोना भाइरसको संक्रमण बढेपछि दैनिक उपभोग्य बस्तुको ढुवानी र जिल्लाभित्रको खाद्य अबस्थाबारे बुझ्न आइतबार बजार अनुगमन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय बागलुङको नेतृत्वमा सदरमुकामका १० वटा होलसेल पसलमा अनुगमन गरिएको हो ।
अनुगमनको क्रममा सबै पसलमा पर्याप्त खाद्यान्न भेटिएको कार्यालय प्रमुख गोमादेवी रिजालले बताइन् । अनुगमनमा भेटिएको चामल, दाल, नुन, तेलको कृतिम अभाव सिर्जना गर्ने अबस्था आउन नदिने उनले जानकारी दिइन् । कार्यालयको अगुवाईमा जिल्ला प्रशासन, प्रहरी, खाद्य तथा गुण नियन्त्रण कार्यालय, उपभोक्ता मञ्च समेतले अनुगमन गरेको थियो ।
मञ्चका अध्यक्ष शैलेन्द्र श्रेष्ठले उपभोक्ता ठग्ने गरी खाद्य बस्तुमा मूल्य बढेको पाएपछि अनुगमनमा निस्केको समेत बताए । कतिपय कम्पनीले मूल्य बढाएको, यातायातका साधन नपाएको निहुँमा भाडा बढाएर मूल्यमा जोडेको भेटिएपछि अनुगमनमा निस्केको उनले बताए । अनुगमनको क्रममा होलसेल पसलले भने सामान्य मूल्यमात्रै बढाएको भेटिएपछि सोधपुछ भएको थियो । कम्पनीबाटै बढेको र ढुवानीमा परेको असरले बढेको भेटेपछि सक्दो कम मूल्यमा दिन आग्रह गरिएको उनले जानकारी दिए ।
यसैबीच, बजारक्षेत्रमै कुहिएको चामल बेचेको भन्दै प्रहरीमा उजुरी परेको छ । प्रहरीले उजुरी परेको पसलबाट चामल उठाएर ल्याएको प्रहरी निरिक्षक हेम केसीले बताए । कुहिएकै चामल भने नभेटिएपछि छलफल बोलाएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->