आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

ताराखोलामा अखाद्य बस्तु जलाएर नष्ट गरियो

ताराखोलामा अखाद्य बस्तु जलाएर नष्ट गरियो


  • संगम घर्ति मगर
  • बैशाख ८ २०७७, सोमबार

बागलुङ, ८ बैशाख – ताराखोला गाउँपालिकाले अनुगमनपछि बराबद गरिएका खाद्य सामग्री सोमबार जलाएर नष्ट गरेको छ । अनुगमन गरिएकामध्ये ८० पसलमा बराबद गरिएका म्याद नाघेका चाउचाउ, विस्कुट, पेयपदार्थ, चिउरा, भुजा, चकलेट, मिठाई, चामल, औषधी, सौन्दर्य सामाग्रीहरु जलाएर नष्ट गरेको हो । पसलबाट जफत गरिएका अखाद्य वस्तुहरुको विवरण सहित सम्पुर्ण पसल सञ्चालकहरुलाई आउँदा दिनहरुमा यस्ता बस्तुहरुको बिक्री वितरण नगर्न र गरेको भेटिएमा कारवाही हुने लिखित निर्देशन दिईएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्माले बताए । गाउँपालिकाले खाद्य सामग्री खरिद गर्दा म्याद गुज्रिएको छ, छैन हेरेर मात्रै उपभोग गर्न उपभोक्ताहरुमा गाउँपालिकाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->