बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

असिनाको मारमा परे पर्वत महाशिलाका कृषकहरु

असिनाको मारमा परे पर्वत महाशिलाका कृषकहरु


  • ढोरपाटन संवाददाता
  • बैशाख ९ २०७७, मंगलबार

कुश्मा, ९ बैशाख – पर्वतको महाशिला गाउँपालिकामा सोमबार साँझ परेको भिषण बर्षा र असिनाले तरकारी बाली सहित खेतबारीमा लगाएइको मकैबाली पनि सखाप पारेको छ । सुन्तला उत्पादन तथा बेमौसमी तरकारी उत्पादनको लागि पकेट क्षेत्र समेत बनाइएको क्षेत्रमा असिनाले बेच्नका लागि तयार भएका तरकारीबाली सहित नयाँ बिरुवा र फलफुलका फुल र दाना पनि सबै झारिदिएको कृषकहरुले बताएका छन् ।
महाशिला गाउँपालिका ४, पाखापानीका सुन्तला उत्पादक अमृत मल्लले आइतबार साँझ परेको असिनाले रातभर निद्रा नलागेको बताए । आम्दानीको प्रमुख स्रोत सुन्तला खेतीलाई बनाउँदै आएका मल्लले लगाएका सुन्तलाका बोटमा लागेका पूmल असिनाले सखाप पारेको छ । ‘असिना यस्तोबिधि परेको त मैले जानेको थिईँन, हिउँ परे जस्तै जमिन नै सेताम्मे बनाएर पुरेको थियो ।’ उनले भने, ‘सुन्तला बेचेर जीवन धान्ने हामीजस्ता व्यावसायिक कृषकलाई हेरेको हे¥यै बनायो ।’
पाखापानीकै कृष्णबहादुर खत्रीले लगाएका सयौँ सुन्तलाका बोटमा लागेको मसिना दाना र पूmल पनि असिनाले झारेर भुईँभर बनाएको छ । अघिल्ला वर्षहरूमा सुन्तलाबाट राम्रो आम्दानी गर्दै आएका उनले यस वर्ष सुन्तलाको व्यापार खासै गर्न पाउने छैनन् । ‘यो समय पनि कस्तो आएको हो, चैत वैशाखमा पनि चट्याङ र असिना सहितको वर्षा हुन्छ ।’ उनले भने, ‘कृषिमा नै निर्भर रहेका किसानलाई यो भन्दा चोट के नै हुनुपर्छ र ?’
वडा नं. ५ लुँखुदेउरालीमा लगाइएका बेमौसमी तरकारी खेती सहित मकै बाली पनि असिनाले केही बेरमै ध्वस्त बनाएको कृषकहरूले बताएका छन् । कृषक शेषकान्त पौडेलका अनुसार निकै बाक्लो गरी झरेको असिनाले काउली, बन्दा, टमाटर लगायतका तरकारीहरू नष्ट पारेको छ भने सिमी, बोडी, घिरौँला, काँक्रा लगायतका तरकारी र फलपूmलका झालहरु पूर्ण रूपमा थिल्चिएर नष्ट भएका छन् । ‘खेतमा हेर्दा मकै जति सखाप भएका छन्।  मान्छे र बस्तुभाउले खाने के हो अब ?’ पौडेल भन्छन्, ‘बेच्न तयार भएका काउली बन्दाको केही गति छैन, गाउँभरि सबैले लगाएका तरकारी र फलपूmल सोत्तर पारेको छ ।’
लुँखुदेउरालीकै कृषक मोहन पौडेलले पनि करेसाबारीमा रहेका तरकारीदेखि खेत र बारीमा भएका मकै सबै थिचिएर सबै नाङ्गो बनेको बताए । घरमा खानको लागि सामान्य रूपले तरकारी खेती गर्दै आएका भन्दा पनि व्यावसायिक रूपमा खेती गर्दै आएका कृषकहरू यस वर्ष असिनाबाट नराम्रोसँग पीडित भएको उनको भनाई छ । ‘यही बेलामा कोरोनाको डर भयो बाहिर जान नपाउँदा खेतबारीमा ध्यान दिएर खेतीपाती राम्रो भएको थियो ।’ उनले भने, ‘कोरोनाको डरले सताएको बेलामा खान लगाएको बाली नै सखाप भए पनि कृषकहरूलाई बौलाउने अवस्था आएको छ ।’
गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उचैले भारी वर्षा सहित परेको असिनाले धेरै कृषकहरूको बालीनालीमा क्षति बनाएको जानकारी दिँदै सोमबार बिहानैबाट कृषकहरूको क्षतिको विवरण सङ्कलन गर्न लागिएको जानकारी दिए । गाउँपालिका ४ पाखापानी र ५ लुँखुदेउरालीमा सबैभन्दा बढी क्षति बनाएको खबर आपूmलाई आएको उचैको भनाई छ ।
‘यहाँका कृषकहरूलाई निकै ठुलो मार परेको छ, कृषकहरूलाई असिनाले पार्नुसम्मको क्षति पारेको छ ।’ वडाध्यक्ष उचैले भने, ‘उहाँहरूलाई पालिकाबाट राहत उपलब्ध गराउने विषयमा त हिजोको आज म आपैm बोलेर भएन, बैठकबाट टुङ्गो लाग्ला । तर पनि क्षतिको विवरण सङ्कलनको लागि म आफै पनि बिहानैबाट कृषकहरूको डुलिरहेको छु, अरू जनप्रतिनिधिहरू पनि विवरण सङ्कलनमा लाग्नुभएको छ ।’ लुँखुमा बेमौसमी तरकारीको नमुना पकेट क्षेत्र रहेको छ । ती क्षेत्रमा लगाइएका सबै बेमौसमी तरकारीहरू सखाप भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->