बागलुङ, ९ बैशाख – जैमिनी नगरपालिकाकाले आफ्ना नागरिकलाई वितरण गर्ने सामाजिक सुरक्षा भत्ता प्रदान गर्न बैंकलाई भनेपछि मंगलवारबाट सुरु भएको छ । लकडाउनलाई बाहना बनाएर वसेका बैंकहरुलाई नगरपालिकाले वितरण गर्न भनेपछि उनीहरुले वितरण त सुरु गरे तर विश्व स्वास्थ्य संगठनको सामान्य नियमलाई समेत उलंघन गरिरहेका छन् ।
कोरोना भाइरस संक्रमणलाई रोक्न राज्यले मुलुकभर नै लकडाउन घोषणा गरेको छ । संक्रमणको रोकथाम, नियन्त्रण र उपचारको महत्वपूर्ण विधि भनेको ‘सामाजिक दुरी’ कायम गुर्न हो । तर बागलुङको कुश्मीसेरा बजारमा रहेको एनएमबी बैंकले यही सामाजिक दुरीको मान्यतालाई ठाडै उलघंन गर्दै भीड जम्मा गरेर सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ ।
मंगलवार दिउसो तस्विरमा देखिएको दृष्यमा जसरी नै भीडभाडका विचमा बुढावुढीलाई भत्ता वितरण गरीरहेको छ । सामाजिक दुरी कायम नभएको भन्दै स्थानीय युवाहरुले विरोध गरीरहेका छन । तर बैंकले मानिरहेको छैन् । बैंकका शाखा प्रमुख योगेश पाँण्डेलाई सम्पर्क गर्दा कार्यालय र ब्यक्तिको दुवै फोनमा सम्पर्क हुन सकेन । बैंकका कर्मचारी सम्झना पुनले नगरपालिकाले सहयोग नगरेकाले समस्या भएको वताईन । उनले आज करिव ५० जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागिएको जानकारी दिईन । नगरपालिकाको नजिकै यसरी भत्ता वितरण भइरहेको भएपनि जनप्रतिनिधी भने मौन वसीरहेको स्थानीयले आरोप लगाएका छन् ।
जैमिनी नगरपालिकाका उपप्रमुख लिला रानाले बैंकलाई आज वडा नं. १ का ३० जनालाई मात्रै वितरण गर्ने गरी कार्यतालिका बनाइएको भएपनि बुढापाकाहरु भीडभाडका विचमा रहेको वताए । उपप्रमुख रानाले ढोरपाटनसंग भने, ‘आज अलि समस्या देखियो, भोलीबाट टीम नै बनाएर सामजिक दुरी कायम गरेरै वितरण गरिनेछ ।’ बैंकलाई सहयोग गर्न वडाध्यक्ष नै खटिएको उनले जानकारी दिए ।
तस्विर : सामाजिक सुरक्षा भत्ता बुझ्न मंगलवार दिउसो कुश्मीसेरास्थित एनएमबी बैंकको कार्यालयमा लागेको भीड ।





