सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

मल, बीउ र पेट्रोल थोक मूल्यमा किसानलाई दिँदै सहकारी

मल, बीउ र पेट्रोल थोक मूल्यमा किसानलाई दिँदै सहकारी

किसानको टोलटोलमै कृषिजन्य सामाग्री लगिदिने योजना सहकारीले बनाएको हो


  • ढोरपाटन संवाददाता
  • बैशाख १० २०७७, बुधबार

बागलुङ, १० बैशाख– लकडाउनको कारण गाउँबाट बजारमा आउन नपाएका किसानलाई मिर्मिरे कृषि सहकारी संस्थाले राहत दिने कार्यक्रम सार्वजनिक गरेको छ । सहकारीले बीउ, मल र पेट्रोल किसानको गाउँटोलसम्म लगिदिने निर्णय गरेको सहकारीका कोषाध्यक्ष थानेश्वर सुवेदीले बताए ।
‘कृषिको पकेट क्षेत्रसम्म ढुवानी गरिदिने, किसानलाई होलसेल मूल्यमा दिने, सकेसम्म त्यसबाट पनि छुुट दिने निर्णय गरेका छौं’ सुवेदीले भने, ‘किसानले समयमा मल, बीउ नपाएर कृषि बाली लगाउन नपाउने समस्या समाधान गर्न खोजेका हौं ।’ आफ्नो सहकारीमा आबद्ध भएकाबाहेक आसपासका सबै वडाका किसानलाई पनि यो सुबिधा उपलब्ध गराउन लागिएको उनले बताए ।
गाउँ–गाउँमा हाते ट्रयाक्टरबाट खनजोत गर्दै आएका छन् । तर डिजेल र पेट्रोल नपाएर समयमा खनजोत गर्न नपाएको गुनासो आउन थालेपछि सहकारीले उनीहरुलाई पेट्रोलियम पदार्थ पनि उपलब्ध गराउने भएको अध्यक्ष गंगाबहादुर थापाले बताए । ‘कृषि कर्म गर्ने सबै किसान हुन्, सबैको समस्या महसुस गरेर गाउँमै सामाग्री पठाउने निर्णय गरेका हौं’ थापाले भने, ‘आफ्नो सहकारीमा आबद्धलाई पनि बढी उत्पादन गर्न भनिएको छ ।’
कोरोना संक्रमणको जोखिम बढेपछि बागलुङमा बाहिरी जिल्लाबाट तरकारी आउन छाडेको छ । ‘धेरै दिन भयो बाहिरको तरकारी आएकै छैन’ बानपा २ स्थित तरकारी पसलकी एक व्यवसायीले भनिन्, ‘गाउँगाउँको उत्पादनको भरमा गुजारा चलिरहेको छ ।’ स्थानीय काउली, बन्दागोभी, लौका, कबेली र सिमी बजारमा आएका छन् । तराईबाट ढुवानी रोकिएकोले गोलभेडा, प्याजजस्ता तरकारी बजारमा देख्न छाडिएको छ । फलफूलतर्फ स्थानीय केराबाहेक अन्य बजारमा छैनन् ।
भकुण्डे, तित्याङ, मुलपानी र कुँडुलेका किसानको टोलटोलमै कृषिजन्य सामाग्री लगिदिने योजना सहकारीले बनाएको हो । केरा पनि केही स्थानमा मात्र पाइन्छ । स्याउ, अनार, अंगुर जस्ता फलफूल देख्न नपाएको धेरै दिन भैसकेको ती व्यवासयीले बताइन् । ‘अत्याबस्यक सामाग्री ढुवानीअन्तर्गत खाद्यान्न आएपनि तरकारी, फलफूल आएको छैन’ बागलुङ उद्योग बाणिज्य संघका महासचिव नरेश कंडेलले भने, ‘अधिकांस उत्पादन बिदेशबाट आउने भएकोले भित्रिएको छैन ।’ स्याउ प्रायः चिन र भारतबाट आउने गरेको थियो । संक्रमणको जोखिम, ढिलागरी आइपुग्ने भएकोले तरकारी र फलफूल नआएको उनले बताए । स्थानीय स्तरमै फलफूल र तरकारी उत्पादन बढाउन दबाव परेकोसमेत उनले बताए ।
साल्ट ट्रेडिङ कर्पोरेसनको आधिकारिक डिलको रुपमा सहकारीले अनुमति पाएको छ । त्यसैले किसानको बस्तीसम्म लैजानका लागि थोक मूल्यमै सकिने थापाले बताए । थोक मूल्यमा किसानको घर–घरमा लगिदिन सक्दा किसानले पनि मूल्य, समय र ढुवानीको समस्याबाट छुटकारा पाउने छन् । बागलुङमा तराईको आलु नआए पनि स्थानीयले धानेको छ । ताराखोला, धम्जा र ग्रामीण भेगबाट आलु बजारमा आउने गरेको छ । बजारमा मानिसको घनत्व पनि घटेकोले स्थानीय उत्पादनले पनि धानिएको तरकारी तथा फलफूल व्यवसायी धु्रब शर्माले बताए ।
सहकारीले बुधबार मात्रै बागलुङ नगरपालिका–८ सिगानाको शेरा फाँटका किसानलाई २० बोरा मल उपलव्ध गराएको छ । डिएपी, युरिया र एसएसपी मल किसानको दैलोमै पु¥याएको कोषध्यक्ष सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->