मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

महानगरको कोषमा लेखनाथ साना सहकारीको ५ लाख

महानगरको कोषमा लेखनाथ साना सहकारीको ५ लाख


  • ढोरपाटन संवाददाता
  • बैशाख ११ २०७७, बिहिबार

पोखरा, ११ वैशाख – पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी छ । बिहीबार लेखनाथ साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संंस्थाले ५ लाख ५ रुपैंयाँ सहयोग गरेको छ । संस्थाका अध्यक्ष विष्णु बरालसहितको टोलीले पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई चेक हस्तान्तरण गरे ।
नगर प्रमुख जिसीले महानगरको अभियानमा सघाउन खानेपानी तथा सरसफाइ संस्थाले गरेको सहयोग सह्रानीय रहेको बताए । उनले सहयोग सदुपयोग भए नभएको नगरानी गर्न पनि संस्थालाई आग्रह गरे । संस्थाका अध्यक्ष बरालले महानगरको प्रयासमा सहभागिता जनाउन सहयोग गरेको बताए ।
पोखरा महानगरपालिकाको राहत कोषमा बधुबारसम्म ४ करोड २ लाख ८७ हजार ८ सय ९९ रुपैंया जम्मा भएको छ । पोखरा महानगरपालिकाको विपद् व्यवस्थापन कोष राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोकस्थित खाता नम्बर ३०२०३०५०४९४०६ मा रकम जम्मा गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->