सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

जैमिनी नगरभित्र योजनाका काम चल्ने

जैमिनी नगरभित्र योजनाका काम चल्ने

इन्धनको व्यवस्थापनमा पालिकाले पहल गर्ने


  • ढोरपाटन संबाददाता
  • बैशाख ११ २०७७, बिहिबार

बागलुङ, १० बैशाख– जिल्लाको जैमिनी नगरपालिकाले लकडाउनका कारण बन्द रहेका आयोजनाको काम सञ्चालन गर्ने भएको छ । नगरपालिका, प्रदेश र केन्द्र सरकारबाट बिनियोजित बजेटमा नगरभित्र सञ्चालनमा रहेका योजनाको कामलाई निरन्तरता दिन निर्माण कम्पनी तथा उपभोक्ता समितिलाई आग्रह गरेको छ ।
नगर कार्यपालिकाको बैठकले सुरक्षित हिसाबले विकास निर्माणका कामलाई निरन्तरता दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्माले बताए । ‘काम बन्द भएको भएपनि यहाँका मजदुर एकै ठाउँमा बसेकै छन्’ शर्माले भने ‘बस्ने ठाउँमा सामाजिक दुरी कायम गराउनु र अरु कसैसँग सम्पर्कमा नआउने गरी कार्यक्षेत्रमा काम गराउनु उस्तै त हो भनेर काम गराउने निर्णय भएको छ ।’
निर्माण कम्पनी र उपभोक्ता समितिले नगरभित्रै रहेका मजदुरको परिचालन मात्रै गर्न पाउने नगरपालिकाले जनाएको छ । बाहिरबाट कोही कसैलाई ल्याएर काम गराउन नपाईने उनले बताए । काम बन्द हुँदा मजदुरको रोजीरोटी खोसिएको र विकास प्रभावित हुने भएकाले सावधानीका साथ कामहरु अघि बढाउन थालिएको हो । लकडाउनका कारण काम रोकिँदा दैनिक गुजारा नचलेको भन्दै नगरपालिकाले ३ सय ८० जना मजदुरलाई खाद्य समाग्री उपलव्ध गराउँदै आएको छ ।
‘डोजर चलाउने कामले कसैसँस सम्पर्क गर्दैन, जिल्लासँग समन्वय गरेर इन्धन उपलव्ध गराउँछौं’ उनले भने ‘नगरभित्रका फरक–फरक ठाउँमा रहेका योजनामा दश जनाभन्दा धेरै नहुनेगरी मजदुरले आफ्नो क्षेत्रमा काम गर्न सक्छन् । चालु् आर्थिक बर्षमा जैमिनी नगरपालिकामा तिनै तहबाट बिनियोजित ५ सयभन्दा धेरै योजना छन् । ती मध्ये केही योजनाको काम सकिएको र केही बाँकी भएको उनले बताए ।
योजनाको सम्झौता र फरफारकमा समेत कडाई थालेको नगरपालिकाले लकडाउनका कारण काम नभएका योजनामा केही लचकता अपनाउने भएको छ । आगामी बैशाख १५ पछि आयोजनाहरुको फरफारक गर्ने निर्णय कार्यपालिकाले गरेको छ । ‘सम्पन्न भईसकेका आयोजनाहरुको फरफारकको काम भीडभाड हुन नदिने व्यवस्था मिलाई बैशाख १५ पछि सूचारु गर्ने’ निर्णयमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->