सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

लकडाउनले प्रभावित कालीगण्डकी कोरिडोरको काम सुरु

लकडाउनले प्रभावित कालीगण्डकी कोरिडोरको काम सुरु

मजदुर घटेपछी बागलुङ-गुल्मी खण्डमा ८० जनाले काम सुरु गरेका छन् ।


  • सुवास आचार्य
  • बैशाख १३ २०७७, शनिबार

बागलुङ, १३ बैशाख- बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले प्रभावित वनेको दुई छिमेकी मुलुक भारत र चीन जोड्ने राष्ट्रिय गौरवको योजना कालीगण्डकी कोरिडोर लोकमार्गको काम सुरु भएको छ । कोरोना भाइरसको महामारी फैलिने आशंकामा सरकारले देशलाई लकडाउन गरेपछि करिव तीन सातादेखि गौरवशाली योजनाको काम ठप्प भएको थियो । पहिला दैनिक रूपमा करिब ३ सय जना मजदुरले काम गर्दै आएकोमा कोरोना भाइरसका कारण काम गर्ने मजदुर घटेपछी बागलुङ-गुल्मी खण्डमा ८० जनाले काम सुरु गरेका छन् ।
नेपाली सेनालाइ बागलुङ देखि गुल्मी सम्मको सडक निर्माण गर्ने कामको जिम्मेवारी सरकारले दिएको उक्त सडक आउने असार मसान्तसम्म सक्ने लक्ष्य राखेपनि अहिले कोरोनाको प्रभावको कारणले काम गर्ने मजदुर सबै घर फर्किए पछि काम निर्धारित समयमा सक्न गाह्रो पर्ने कालीगण्डकी कोरिडोर निर्माण कार्यदलले जनाएको छ । बागलुङको मालढुंगादेखि गुल्मीसम्म जोड्ने सडक निर्माणमा अहिलेसम्म १ अरब ४२ करोड खर्च भइसकेको छ । बागलुङको मालढुंगादेखि बलेवा एअरपोर्टसम्मको १० किलोमिटर सडक १० मिटर चौडाइ निर्माण सम्पन्न गरी सडक कालोपत्रे गर्न सडक बिभागलाई हस्तान्त्रण गरीसकेको छ ।
छिमेकी मुलुक भारत र चीन जोड्ने उत्तर दक्षिण जोड्ने यो सडक निर्माण भएमा भारतिय नागरिक मुक्तिनाथ मन्दीर दर्शन गर्न जान र चिनिया वौद्धधर्मालव्वीलाई लुम्बिनी पुग्न सहज हुनेछ । सडकले छोएका जिल्लाका कृर्षकले उत्पादन गरेको कृर्षीउपज निर्यातमा समेत सहज हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->