शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मुस्ताङीलाई घर फर्काउन सुरु, पहिलो दिन भित्रिए ८४ जना

मुस्ताङीलाई घर फर्काउन सुरु, पहिलो दिन भित्रिए ८४ जना

सीमाक्षेत्रबाट मुस्ताङी सवार साधनलाई डिसइन्फेक्सन गराएर प्रबेश दिइएको चौकीका ईञ्चार्ज नीमप्रसाद तिमिल्सिनाले जानकारी दिए ।


  • ढोरपाटन संवाददाता
  • बैशाख १३ २०७७, शनिबार

जोमसोम, १३ बैशाख – लकडाउनका कारण पोखरा र काठमाडौं लगायतका स्थानमा अड्किएका मुस्ताङीलाई शनिबारदेखि गन्तव्यमा फर्काउन पहल सुरु गरिएको छ । पहिलो दिन ८४ जना जिल्ला भित्रिएका छन् । शनिबार म्याग्दी र मुस्ताङको सीमावर्ती क्षेत्र थासाङ गाउपालिकाको घासा प्रहरी चेक पोष्टबाट २ वटा बस र २ वटा जिप भित्रिएका छन् ।
प्रहरी चौकी घासाका अनुसार लोमान्थाङ जाने २ बसमा ७७ जना, लोघेकर दामोदरकुण्ड जाने १ जीपमा ६ जना र थासाङ जाने १ जीपमा २ यात्रु मुस्ताङ भित्रिएका हुन् । उनीहरुलाई जिल्लाका संघ तथा प्रदेश सांसदहरु, स्थानीय तह, स्थानीय प्रशासन र सुरक्षा निकाय समन्वयमा फर्काउन सुरु गरिएको हो ।
सरकारले लक डाउन केही खुकुलो बनाएका कारण अलपत्र परेका मुस्ताङीलाई घर फर्किन थप सजिलो भएको प्रशासनले जनाएको छ । म्याग्दी र मुस्ताङको सीमाक्षेत्रबाट मुस्ताङी सवार साधनलाई डिसइन्फेक्सन गराएर मात्रै प्रबेश दिइएको चौकीका ईञ्चार्ज नीमप्रसाद तिमिल्सिनाले जानकारी दिए । ‘सम्वन्धित निकायको पहलमा अलपत्र मुस्ताङीलाई घर फर्काइन थालिएको छ । पहिलो दिन ८४ जना भित्रिएका छन्, उनले भने ।’
पोखरा र काठमान्डौं लगायतका स्थानबाट करिव एक हजार जना भन्दा बढी मुस्ताङी जिल्ला फर्किने क्रममा रहेको गण्डकी प्रदेशका सांसद ईन्द्रधारा बिष्टले जानकारी दिए । झन्डै लक डाउनको एक महिने अवधिसम्म तलै होम क्वारेन्टाईनमा बसेका मुस्ताङीको पोखरा महानगर पालिकाको पनि अनुमति लियौ र जिल्ला बाहिरिने ईन्ट्रि गराउदैछौं ।
उनीहरुलाई सुरक्षित घर पठाउने प्रवन्धमा लागेको सांसद बिष्टले बताए। एक साता भित्र सबै अलपत्र मुस्ताङी गन्तब्यमा पु¥याउने गरी जिल्लाका स्थानीय तहले पहल गरेको लोघेकर दामोदरकुण्ड गाउपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए । विश्व व्यापी माहामारीको रुपमा फैलिएको कोभिड–१९ र लक डाउनले जिल्लाबासीले दुख व्यवहोर्न परेको अध्यक्ष बिष्टले बताए ।
लोमान्थाङका प्रशासकीय अधिकृत शेषकान्त पौडेलले आईतबार ४ वटा बसमा पोखराबाट मुस्ताङ पठाउने तैयारी भईरहेको छ। गाउ फर्किनेमा ४ वटा गुम्बा स्कुलका करिव २ सय बढी बिद्यार्थी छन् । यसअघि जिल्ला स्तरीय राहत तथा व्यवस्थापन समितिको बैठकमा अलपत्र मुस्ताङीलाई जिल्ला फर्काउने सहज वातावरण निर्माण गर्न पहल सुरु गर्ने सहमति गरेका थिए । उक्त सहमति अनुसार स्थानीय तहले शुक्रबार साझ देखि उद्दारकार्यमा सक्रियता जनाईएका हुन्।
सहमतिमा ५ वटै स्थानीय तह, प्रशासन, सुरक्षा निकाय र अन्य सरोकारवालाहरुले लक डाउनमा फसेकालाई उद्दार गर्न एकमत भएका थिए । जिल्ला भित्रिएकालाई समाजघर र होमक्वारेन्टाईन जिल्ला कोरोना कहर राहत तथा व्यवस्थापन समितिमा जिल्ला भित्रिएकाहरुलाई होम क्वारेन्टाईन तथा स्थानीय समाज घरमा व्यवस्थापन गर्ने सहमति गरेका छन् । समितिको बैठकमा जिल्ला कमाण्ड पोष्टले क्वारेन्टाईनको क्षमता र व्यवस्थापन गर्न असहज पर्ने भएकाले होम क्वारेन्टाईन र समाजघरमा राख्न अनुमती दिएको हो ।
स्थानीय तहको पालिका र वडा तह र स्थानीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई होम क्वारेन्टाईन तथा समाजघरमा बस्ने व्यक्तिलाई गाउ गाउ र टोलटोल बन्दाबन्दी (एकान्तबास) गराएर व्यवस्थित गर्ने जिम्मेवारी दिईएको छ । गाउको बाहिरी घेरामा सुरक्षा निकायले २४ सै घण्टा निगरानी गर्ने छ । होम क्वारेन्टाईन र समाजघरमा बस्ने व्यक्तिे कोभिड–१९ को मापदण्ड तोडेर नियम उलंघन गरेमा तुरुन्तै सरकारी क्वारेन्टाईनमा राख्ने व्यवस्था मिलाईएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->