म्याग्दी १३ बैशाख– बेनी नगरपालिका–१० पात्लेखेत नेपानेका युवाहरु कोरोना संक्रमणको सर्तकता अपनाउँदै सुरक्षित तरिकाले विकास निर्माणका काममा जुटेका छन् । युवाहरुले लकडाउनको सदुपयोग गर्दै सुरक्षित तरिकाले करिब ५ किलोमिटर मोटरबाटो निर्माण गरेर गाउँलाई विकाससंग जोडेका छन् ।
गाउँको पुछारगाउँँमा मोटरबाटो नपुगेपछि गाउँँमा उत्पादित कृषिजन्य वस्तु बेनी बजारसम्म ल्याउनुपर्ने बाध्यताका कारण उनीहरूले मोटरबाटो निर्माण गरेका हुन् । मोटरबाटो निर्माणका लागि बेनी नगरपालिकाले ४ लाख, पात्लेखेत नेपाने धैरेनी उपभोक्ता समितिले १ लाख रकम संकलन गरी मोटरबाटो निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष समित रोकाले जानकारी दिए । मोटरबाटो निर्माणपछि पात्लेखेतमा उत्पादन भएका तरकारी तथा फलफूल बजारसम्म पु¥याउन सहज हुने अध्यक्ष रोकाले बताए ।





