लण्डन, १३ बैशाख– बेलायतमा सरकारले अब परिक्षणका रुपमा ड्रोनबाट यहाँका अस्पतालमा औषधी र खाद्यान्य पठाउने सोच गरेको छ । कोरोनाको संक्रमणले गर्दा सामाजिक दुरी कायम राख्नका लागि यो उपयुक्त हुने र अत्यावश्यक औषधी र खानेकुरा छिटो पुर्याउन पनि यसबाट मद्धत मिल्ने सरकारको तर्क छ । सरकारका यातायात मन्त्री ग्रान्ट स्यापस्का अनुसार यो प्रविधिबाट द्रुत सेवा दिन सकिने र अत्यावश्यक बस्तु पुर्याउन मद्धत पुग्ने आशा व्यक्त गरेका छन् । प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङग स्ट्रिटमा कोरोना भाईरस बारेको दैनिक रुपमा जानकारी दिईने कार्यक्रममा शनिबार यस्तो बताएका हुन् । उनले यो योजनामार्फत अस्पतालहरूमा औषधी पुर्याउन आँफुले सम्बन्धितलाई संकेत गरिसकेको साथै उनले यो परिक्षणका रुपमा आउँदो हप्ता लण्डनको सेण्ट म्यारी अस्पतालमा केही चिकित्सकीय उपकरणहरू पठाउने समेत जानकारी दिए ।





