बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कृषि बजारमा महानगरले बनायो स्वचालित सेनिटाइज टनेल

कृषि बजारमा महानगरले बनायो स्वचालित सेनिटाइज टनेल

महानगर प्रमुख जिसीले कृषि बजार उपजमा भीडभाड हुने भएकाले संक्रमणलाई न्यूनीकरण गर्न टनेल जडान गरेको बताए ।


  • ढोरपाटन संवाददाता
  • बैशाख १४ २०७७, आइतबार

पोखरा, १४ वैशाख – पोखरा महानगरपालिकाले शान्तिवनस्थित कृषि बजार उपजमा स्वचालित सेनिटाइज टनेल जडान गरेको छ । कोरोनाको महामारीले विश्व नै आक्रान्त बनेको बेलामा होलबडीलाई सेनिटाइज गरी मानिसको कपडामा भएको भाइरसलाई मार्ने स्वाचालित सेनिटाइज टनेल बनाएर महानगरले कृषि बजार उपजलाई हस्तान्तरण गरेको हो । महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले कृषि बजार उपजको बजार व्यवस्थापन समितिलाई टनेल आइतबार हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख जिसीले कृषि बजार उपजमा पनि मानिसका भीडभाड हुने भएकाले कोरोनाको संक्रमणलाई न्यूनीकरण गर्न महानगरले टनेल जडान गरेको बताए । कोरोनाको महामारी लम्बिन सक्ने भएकाले प्रविधिबाट यसलाई नियन्त्रण गर्नपर्ने बताए । उनले भीडभाड हुने सरकारी कार्यालयहरु, अस्पतालहरु, डिपार्टमेन्ट स्टोर्स लगायतमा पनि टनेल जडान गर्नुपर्ने बताए । कोरोनाको थोकथामलाई दीर्घकालीन योजना बनाएर जानुपर्ने सोच महानगरले बनाएको जिसीले बताए ।
कृषि बजार उपज बजार व्यवस्थापन समितिका अध्यक्ष छेबाङ लामाले महानगरले कृषि बजारलाई महत्व दिएर टनेल जडान गरिदिएकोमा महानगरप्रति आभार व्यक्त गरे । पोखरा विश्वविद्यालयको नेपाल इनोभेसन टेक्नोलोजी एन्ड इन्टरप्रेनियरसिपका रवि भण्डारी, विनोद भट्टराई, विनोद गिरी, सरोज कोइरालाले टिमले टनेल निर्माण गरेका हुन् । पोखरा महानगरले यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीमा पनि टनेल जडान गरिसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->