सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बडिगाडको सिसाखानीमा राहत वितरण : जनातालाई भोकै मर्न नदिने वडाध्यक्ष पूनको दाबी

बडिगाडको सिसाखानीमा राहत वितरण : जनातालाई भोकै मर्न नदिने वडाध्यक्ष पूनको दाबी


  • हेम विश्वकर्मा
  • बैशाख १६ २०७७, मंगलबार

बडिगाड, १६ बैशाख – बडिगाड गाउँपालिका वडा नं. ३ सिसाखानीले श्रमिक, गरीव र विपन्न परिवारलाई सोमबारदेखी खाद्यान्न वितरण सुरु गरेको छ । लकडाउनको अवधिमा मजदुरी गर्न नपाएका तथा खाद्यान्न खरिद गर्न नसकेका वडाका २० घर परिवारलाई राहत वितरण गरिएको हो ।
पहिलो चरण अन्तरगत साबिक सिसाखानी गाविस वडा नं. १ देखि ६ नं. वडामा रहेका मजदुर, गरिब, अपाङ्गता भएका तथा एकल रूपमा बस्दै आएका परिवारलाई वितरण गरिएको वडाध्यक्ष खडक पुनले जानकारी दिए ।
प्रति परिवार चामल ३० केजी, दाल ३ केजी, तेल २ केजी, चिनि १ केजी, चाउचाउ ५ पिस, जिरा मसला १ पाउ, नुन २ केजी, चिया एक पिस, मसला एक पिस, चना १ केजी, ५ केजी चिउरा, एक पिस बेसार उपलब्ध गराइएको छ ।
राहत वितरण गर्दै वडाध्यक्ष पूनले बिपत्तिका बेला स्थानीय सरकारले जनातालाई भोकै मर्न नदिने बताए । राहत पाएपछि बिपदमा सरकार रहेछ भन्ने महसुस भएको हर्क श्रीसले बताए ।
वडाका २० जना मध्यमा १२ जनालाई सोमवार वितरण गरिएको र मौसमका कारण उपस्थित हुन नसकेका ८ परिवारलाई मंगलवार उपलब्ध गराउने अध्यक्ष पुनले वताए । बाँकी रहेका साबिक ७, ८ र ९ वडाका १५ घरपरिवारलाई पनि लगतै राहत वितरण गरिने वडा सदस्य चुडा बहादुर पुनले बताए ।
केही दिनदेखि लगातार परिरहेको बर्षात कारणले राहत वितरणमा केही ढिलाई भए पनि वास्तबिक बिपन्न परिवार यसबाट लाभान्वित भएका छन् । राहत वितरण वडा अध्यक्ष सहित जनप्रतिनिधि, स्थानिय पत्रकारको रोहवरमा बितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->