पोखरा, १६ बैशाख – कोरोना (कोभिड–१९) संक्रमणसँग जुध्न लकडाउनको समय लम्ब्याउन र त्यसका लागि मध्यनजर गर्दै सरकारलेनै छिमेकी मुलुकबाट खाद्यान्न सामाग्री सरकारले समयमानै आयात गर्न गण्डकी प्रदेश सांसद दिपक मनाङेले आग्रह गरेका छन् । ‘रोगसँग लड्ने एक मात्र उपाय भनेको नै लकडाउनमा सुरक्षित रुपमा घरमार्नै बस्नु रहेको धारणा राख्दै उनले भने,‘जबसम्म हामी लकडाउनमा हुन्छौँ, तबसम्म रोग फैलिन्न ।’उनले यसका लागि नेपाल सरकारले ६ महिनासम्म पुग्ने खाद्यान्न आपूर्ति गर्न सरकारसँग माग गरेका हुन् ।
‘अहिले धेरै सामाग्री आयात गर्नुभन्दा पनि अत्यावश्यक मात्रै गेडागुडी र चामल आयात गर्न म सरकारलाई आग्रह गर्छु’, उनले भने । आयातका लागि भारतसँग मात्रै भर नपरी अरु २÷४ मित्रराष्ट्रहरु बाट समेत यसका लागि पहल गर्न उनले आग्रह गरेका छन ।सरकारले आफै खाद्यान्न सामाग्री आयात गरेर बिक्री वितरण गर्दै त्यसबाट प्राप्त नाफाले गरीब जनतालाई खाद्यान्न निः शुल्क रुपमा वितरण गर्न सके सहज हुने प्रदेश सांसद मनाङे सुझाएका हुन । उनले भने, ‘सरकारले किनेको सामाग्री ठुला व्यापारीलाई होइन, सोझै सर्वसाधारणको घर घरमा पुग्न व्यवस्था गर्नुपर्छ, ती सामान कुनै पनि कालो ब्यापारीको हातमा नपरोस् ।’





