सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

चीनमा खुल्न थाले विद्यालय

चीनमा खुल्न थाले विद्यालय


  • ढोरपाटन संवाददाता
  • बैशाख १६ २०७७, मंगलबार

काठमाडौं, १६ वैशाख – कोरोना भाइरसको महामारीपछि चीनको ठूला शहरमा विद्यार्थीहरु विद्यालय जान थालेका छन् ।सांघाइमा मिडिल र हाइस्कुलका विद्यार्थी स्कुल जान थालेका छन् भने राजधानी बेइजिङमा पनि विद्यार्थीलाई विश्वविद्यालय प्रवेश परीक्षाको तयारीका लागि स्वीकृति दिइएको छ । अरु धेरै सहयमा यसअघि न विद्यालयहरु खुलेका छन् ।
गत वर्ष कोरोना भाइरसको सुरुवात भएको चीनको वुहानमा मे महिनाको ६ तारेखदेखि विद्यालय खुलाउने तयारी छ । चीनले कोरोना भाइरसको संक्रमण धेरै हदसम्म नियन्त्रणमा आएको बताएको छ । चीनमा गत शुक्रबारदेखि जम्मा २६ जना संक्रमितमात्र थपिएका छन् । चीनमा अहिलेसम्म ८२ हजार ८ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
वुहान शहरका सबै कोरोना संक्रमित बिरामी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । यद्यपि त्यहाँ संक्रमण फेरि फैलिन सक्ने सम्भावना रहेको भन्दै सामाजिक दूरी कायम राख्ने उपायहरु कडाइपूर्वक पालना गराइएको छ । विद्यालयमा विद्यार्थीलाई मास्क अनिवार्य गरिएको छ भने कक्षाकोठामा बस्न निश्चित दूरी कायम गरिएको छ ।
चीनको हाङझोउमा एक प्राथमिक विद्यालयका हेडमास्टले विद्यार्थीहरुबीच दूरी कायम गराउन सबैलाई ‘एक मिटर ह्याट’ लगाउन अनिवार्य गरेका छन् । चीनको शिक्षा मन्त्रालयले बेइजिङमा विद्यार्थीको तापक्रम नापेपछि मात्र विद्यालयको गेटबाट प्रवेश गर्न पाइने व्यवस्था गरेको छ । त्यस्तै विद्यालय जान मोवाइल एपमा उनीहरुको स्वास्थ्य अवस्थाबारे ग्रिन कोड देखाउनुपर्नेछ । बेइजिङमा अहिले पनि विदेशबाट आउनेहरुलाई दुई हप्ता क्वारेन्टाइनमा राख्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->