सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

होटल व्यवसायीद्धारा सदस्यहरुलाई राहत वितरण

होटल व्यवसायीद्धारा सदस्यहरुलाई राहत वितरण


  • कमल पौडेल
  • बैशाख १८ २०७७, बिहिबार

बागलुङ, १८ बैशाख – होटल व्यवसायी संघ खर्वाङले आफ्नो मातहतका ३० जना सदस्यहरुलाई राहत वितरण गरेको छ। राहतमा प्रति परिवार १ बोरा चामल, ४ लिटर तेल वितरण गरिएको कोषाध्यक्ष लाल बहादुर केसिले जानकारी दिए। संस्थाले ७० हजार रकमबाट सो राहत वितरण गरेको संस्थाका अध्यक्ष धन बहादुर बुढाले बताए ।
खर्वाङमा विभिन्न समयमा सामाजिक काम समेत गर्दै आएको होटल व्यवसायीहरुको संस्थाले सडकमा हिँड्ने मजदुरहरुलाई समेत खानको व्यवस्था गर्ने तयारी समेत गरेकोे समितिका सल्लाहकारसुनिल शेरचनले जानकारी दिए । लकडाउनका कारण साना होटल व्यवसायी समस्यामा परेको भन्दै संघले घरघरमै पुगेर राहत वितरण गरेको हो। सो राहत वितरणमा सल्लाहकार शुनिल शेरचन, अध्यक्ष धन बहादुर वुढा, सचिव दिलिप पुन, कोषाध्यक्ष लाल बहादुर केसि लगाएतको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->