आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

कोरोना कहरमा बागलुङ अस्पतालले दिएको सन्देश

कोरोना कहरमा बागलुङ अस्पतालले दिएको सन्देश


  • कृष्ण प्रसाद शर्मा
  • बैशाख १८ २०७७, बिहिबार

आफ्नो देशका पुरै जिल्लाका नाम थाहा नभएका बिदेश खाएका भनिएका थुप्रै छन् स्वेदश र विदेशमा । बागलुङ हो घरभन्दा पोखराबाट कता वा बागलुङ खोई सुनेको त हो भन्ने एक भोजपुरका दाईले बेलायतमा केही प्रसंगमा भनेको याद छ । कोरोनाको महामारीमा दोस्रो संक्रमित देखिएको जिल्ला र निको भएर जाने दोस्रो बागलुङकै बिरामीले देशैभरिकालाई आफ्नो हित अनुकुल भनौं कि आफ्नो हैसियत अनुसार सन्देश दिएको छ । बागलुङमा संक्रमण देखिएपछि बागलुङमा भएकाहरूलाई जति चिन्ता थियो त्यहिँ चिन्ता ज्यान प्रदेशमा मन घरदेशमा भएका हामीहरूलाई पनि थियो । बेलायतमा आजसम्म बीस हजार मरेका छन् यो महामारीले र हरेक दिन हजारको वरिपरि मृत्यु भईरहेका छन् । यहाँ अस्पताल पुग्नु परे फर्कने सम्भावना सातमा एक छ आजको दिनमा । आफ्नो पालो जहिले पनि आउन सक्छ भन्ने भएपनि आफ्नो जिल्लामा कोरोनाले छुँदा अब के होला भन्ने मनमा धेरै कुरा खेल्छन् । तर गत हप्ता जब दुई जना कोरोना संक्रमित ठीक भएर फर्के त्यसपछि अलि ढुक्क भएको छ ।
पहिलो कुरा हामीले के सोच्दछौं भने बेलायतमा यो हाल छ अब बागलुङमा के होला ? संक्रमितलाई कठमाण्डौ नलगेर किन बागलुङ नै राखेका होलान् भन्ने पनि धेरै थिए । कोरोनाका कारण जो बिरामी परे उनीहरूले आफ्नो मनोबल त पक्कै उच्च राखे त्यसका साथै अंचल अस्पताललाई विश्वास गरे त्यहाँका स्वास्थकर्मीलाई बिश्वास गरे । स्वास्थकर्मीले पनि आफ्नो कर्तव्य यति राम्रोसँग निभाए । ज्यान जोखिममै राखेर उपचारमा संलग्न भए कि बिरामी डिस्चार्ज हुँदा डाक्टर जति खुशी भए हामी पनि खुशी भयौं । यसले यति ठूला सन्देश दियो कि बागलुङमा पनि कोरोना बिरामीलाई निको पार्न सक्ने स्वास्थकर्मीहरू छन् भन्ने । हामी आजसम्म धौलागिरी अंचल अस्पताललाई रेफर गर्ने अड्डाकै हैसियतमा राखेका थियौं । यो पटक अस्पताल व्यवस्थापन र स्वास्थकर्मीले देखाएको साहस सबैलाई उदाहरणीय छ ।
हामी बिदेश बस्ने बागलुङबासीले आफ्नो अस्पताललाई पिपिई दिउँ भनेर मैले अस्पताल व्यवस्थापनलाई सम्पर्क गरेर बिदेशमा रहेका बागलुङे साथीहरूलाई यसो गरौंभन्दा एक डाक्टर दुई नर्स त होलान् के को दश लाखको पिपिई चाहियो समेत भने । यसको अर्थ हाम्रो अस्पताल उपस्वास्थकै हैसियतमा छ भन्ने आजको दिनमा पनि अझै धेरैको बुझाई छ तर अब यो पटकको यो सन्देशले धौलागिरी अंचल अस्पताल उपप्रादेशिकको दर्जा दिँदा सम्मान नै ठानिन्छ । हामीले बेलायतमा हरेक हप्ताको बिहिबार साँझ आठ बजे यहाँ स्वास्थ क्षेत्रमा काम गर्नेहरूको हौसला बढाउन एक मिनेट ताली बजाउँछौं । यहाँ हरेक दिन मान्छेको मर्ने संख्या यति हुँदा पनि तर हामी हाम्रोमा सोही सरह उच्च दिन सकेका छैनौं । अब दिनुपर्छ त्यो बागलुङबाट शुरु गर्नुपर्छ ।
बागलुङमा कोरोना देखिएपछि काठमाण्डौ किन लगिएन भन्नेहरूले यदि ति भर्ना गरिएकाहरू बिरामी निको नभएको भए काल्पनिक कथा नै सही कतिसम्मको अपराधी बनाउँथे होला अस्पताल र स्वास्थकर्मीलाई तर आज राम्रो भयो त्यसैले पोखरा र काठमाण्डौ पठाउन रेफर गर्ने अड्डा होईन यहाँ उपचार सम्भव छ भन्ने सन्देश दियो । कोरोना लागेपछि मरिन्छ जस्तो समाचारहरू विश्वभरी फैलिएको छ । हुन पनि सुविधा सम्पन्न देशमा समेत मान्छेको हालत बेहाल छ तर हाम्रो जिल्लाबाट देशमा एउटा राम्रो सन्देश गएको छ । त्यो सन्देश हो कोरोना युवादेखी वृद्धि दुबैलाई लाग्छ र दुबैले कोरोना जित्न सक्छन् भन्ने । त्यति मात्र होईन । बिदेशमा के भनिन्छ भने पहिलादेखी अन्य रोग भएका बिरामी कोरोना लागे पछि बाँच्ने आश हुँदैन तर पहिले उक्च रक्तचाप एवं अन्य बिरामी भए पनि कोरोना लागेर निको हुनु भएकी हाम्रै जिल्लामा देखियो । अतः हामीले सतहीमा सोचेकौ भन्दा धेरै माथी रहेर हाम्रो अस्पतालले सेवा दियो । अब नजिकको तीर्थ हेला नगरौं ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->