बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

लकडाउनमा हिमाली क्षेत्रको किसानको पिडा भुलाउँदै सांसद विष्ट

लकडाउनमा हिमाली क्षेत्रको किसानको पिडा भुलाउँदै सांसद विष्ट


  • ढोरपाटन संवाददाता
  • बैशाख १९ २०७७, शुक्रबार

पोखरा, १९ बैशाख – हिमाली जिल्ला मुस्ताङबासीको आफ्नै दुख पिडा छ । हिमाली क्षेत्र भएका कारण पनि यातायात लगायतको साधनहरु भनेको वेला पाइन मुस्किल पर्छ । यतिवेला सरकारले लकडाउन जारी संगै मुस्ताङमा यातायातको आवतजावत ठप्प छ । मुस्ताङबासीहरुको मुख्य पेशा भनेकोनै कृषि र पर्यटन नै हो तर लकडाउनका कारण त्यहांका ब्यवशायी र कृषकहरुभने समस्या झेल्न बाध्य छन । मुस्ताङमा लकडाउन जारी रहदा पर्यटन उद्योग त ठप्पनै छ भने त्यहाँ उत्पादन हुने कृषि उपज पनि खेर जाने अवस्थामा छ । पर्यटक र सवारी साधन चल्न नसक्दा उक्त क्षेत्रमा उत्पादन भएका सागपात जस्ता कृषिजन्य उपजले बजार पाउने कुरै भएन । यतिबेला मुस्ताङको मार्फामा साग उत्पादन भइरहेको छ, बजार नखुल्दा सागले मूल्य पाउने भन्दापनि त्यसै बारीमा खेर जाने अवस्था आइपरेको छ । मुख्य पेशा नै कृषि अंगालेर बसेका मार्फाबासीको समस्यालाई भने यतिवेला केही हदसम्म त्हांका सांसद इन्द्रधारा विष्टले समाधान गर्ने कोशिस गरेका छन ।लकडाउनका कारण त्यहाका अति विपन्न त्यसमा पनि कृषीमा निर्भर भएकाहरुलाई मध्येनजर गरी सांसद विष्टले त्यहांका कृषकबाट आफ्नै पैसाले मार्फाको साग खरिद गरी पोखरामा कोरोनाको संक्रमणमा अग्रपङ्तिमा कार्यरत सुरक्षा निकाय, स्वास्थ्यकर्मी र संचारकर्मीलाई निः शुल्क वितरण गरिरहेका छन । मुस्ताङ आफैमा भौगोलिक बनोटमा फरक भएको जिल्ला त्यसमा पनि लकडाउनका कारण थप मर्कामा परेका कृषकलाई राहत प्रदान गर्ने उद्देश्यले मुस्ताङमा खाद्यान्न लगायतको सामाग्री पु¥्याएर फर्केका ट्रकमा साग ल्याएर पोखरामा वितरण गर्ने गरेका हुन । यसका लागी त्यहाँका ब्यवसायीहरुले निःशुल्क ढुवानीको ब्यवस्था समेत मिलाएको सांसद विष्ट वताउछन । लकडाउनको समयमा मार्फामा उत्पादन भएको साग त्यसै खेर जान थालेपछि उनीहरुलाई केही राहत होस् कृषकले उत्पादन गरेको साग कुहिएर नजाओस भनेर आफुले तीन महिनाको सेवा सुविधाको रकमबाट साग किनेर पोखरामा वितरण गर्दै आइरहेको सांसद विष्टले वताउनुभयो । हाल सम्म ३ हजार किलोग्राम साग पोखरा ल्याएर सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र संचारकर्मीलाई वितरण गरिसकेको र फेरी पनि दुइ हजार केजी साग खरिद गरी पोखरामा वितरण गर्ने उनको योजना रहेको छ ।
विहीबार विशेष गरी पोखराका पत्रकारहरुलाई लक्षित गरी मार्फाको साग वितरण गरियो । सञ्चारकर्मीहरु पनि स्वास्थ्यकर्मी र सुरक्षाकर्मी जस्तै कोरोना संक्रमणको अग्रपङ्तीमा रहेर काम गर्ने भएकाले आफुले मार्फाको साग वितरण गरेको विष्टले वताए । सञ्चारकर्मीहरुलाई मार्फाको किसानद्धारा उत्पादन गरिएको साग वितरणलाई भन्दापनि त्यहांको किसानलाई राहत प्रदान गरेको पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ वताउँछन । सांसद विष्टले साग मात्र वितरण नगरेको र उनले यसअघिपनि उपल्लो मुस्ताङ र तल्लो मुस्ताङका जनताहरु पोखरा र काठमाण्डौमा रहेकालाई मुस्ताङ फर्काउने काममा निकै ठूलो भुमिका खेलेको वताउँदै साग वितरण गरेर मार्फाको किसानलाई समेत लकडाउनमा ठूलो राहत मिलेको उनको भनाइ रहेको थियो ।
सांसद विष्टले कोरोना संक्रमणलाई मध्येनजर गरी यसअघि दुई महिनाको सेवा सुविधाबाट प्राप्त हुने रकमलाई खर्चेर मुस्ताङका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, पत्रकार र जनप्रतिनिधीहरुलाई लक्षित गरी सेनेटाइजर, मास्क र पन्जाहरु समेत वितरण गरिसकेका छन । त्यसैगरी उपल्लो मुस्ताङबाट हिउँदको जाडो छल्न पोखरा झरेका र लकडाउनकै कारण पोखरामा अड्केका विद्यार्थी र स्थानियहरुलाई आफ्नो संयोजकत्वमा विभिन्न ब्याक्तिको सहयोगमा दुइ लाख बरावरको खाद्यान्न समेत वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->