शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

म्याग्देको राहत कोषमा कर्मचारीले जम्मा गरे १ लाख ७३ हजार

म्याग्देको राहत कोषमा कर्मचारीले जम्मा गरे १ लाख ७३ हजार


  • ढोरपाटन संवाददाता
  • बैशाख २१ २०७७, आइतबार

तनहुँ, २१ वैशाख – जिल्लाको म्याग्दे गाउपालिकाको राहत कोष खातामा म्याग्दे गाउँपालिकामा कार्यरत कर्मचारीहरूले १ लाख ७३ हजार २ सय ७० रूपैया जम्मा गरेका छन् । गाउँपालिका अध्यक्ष मायादेवी रानालाई प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले आईतवार सो रकमको चेक हस्तान्तरण गरे ।
कर्मचारीले राहत कोषमा जम्मा गरेको रकम धेरै सकरात्मक रहेको अध्यक्ष रानाले बताईन । हस्तान्तरण कार्यक्रममा प्रदेश सांसद आशा खनाल, गाउँ पालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले सहयोगका लागि सवैलाई धन्यवाद दिए ।
कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि अधिकृत स्तरका कर्मचारीको ५ दिनको र सहायक स्तरका कर्मचारीको ३ दिन बराबरको तलव रकम राहत कोषमा जम्मा गरेको लेखा अधिकृत नवराज पोखरेलले जानकारी दिए । स्वास्थ सेवाका कर्मचारीको भने तलव कट्टा गरिएको छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->