बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

८० बर्षिय वडा अध्यक्षले व्यक्तिगत खर्चमा बाँडे खाद्यान्न राहत

८० बर्षिय वडा अध्यक्षले व्यक्तिगत खर्चमा बाँडे खाद्यान्न राहत


  • ढोरपाटन संवाददाता
  • बैशाख २३ २०७७, मंगलबार

म्याग्दी, २३ बैशाख– जिल्लाको मालिका गाउँपालिका–४ ओखरबोटका वडा अध्यक्ष दिलिपकुमार शेरचनले ब्यक्तिगत खर्चमा वडाबासीलाई खाद्यान्न वितरण गरेका छन् । वडाध्यक्ष शेरचनले वडाभित्रका अति बिपन्न, दलित तथा एकल महिला गरि ५ सय ३० परिवारलाई व्यक्तिगत रुपमा चार लाख ५० हजार खर्च गरेर दैनिक उपभोग्य खाद्य सामग्री बितरण गरेका हुन् ।
खबाङका ६६, ओखरबोटका १२८, छापका ६१, च्युरिबोटका ८५, महभिरका १२० परिवारलाई खाद्यान्न वितरण गरिसकेको र फुलबारीका ७० घरपरिवारलाई मंगलबार वितरण गर्न लागेको शेरचनले बताए । सरदरमा प्रतिपरिवार १० केजी चामल, दुई केजी नुन र एक पोका तेल उपलब्ध गएका छन् । उनले अति विपन्नलाई २० केजीसम्म चामल प्रदान गरेका छन् । २५ किलोग्राम तौल भएका २५० बोरा चामल वितरण गरिएको छ ।
कोरोना भाइरसका कारण न्युन मात्रामा खेतियोग्य जमिन भएको, वैदेशिक रोजगार र ज्याला मजदुरीमा निर्भर वडाबासीलाई राहतका लागि खाद्यान्न उपलब्ध गराएको शेरचनले बताए । ८० वर्षीय शेरचन खाद्यान्न वितरण गर्न वडाका सबै बस्तीमा पुगेका थिए । जनप्रतिनिधि, राजनीतिक पार्टीका प्रतिनिधि र अगुवाहरुको उपस्थितिममा खाद्यान्न वितरण गरिएको वडा सचिव धर्मकान्त पौडेलले बताए ।
‘यसअघि गाउँपालिकामार्फत सरकारले बनाएको मापदण्डअनुसार राहत वितरण गरिएको थियो,’ पौडेलले भने, ‘पालिकाबाट वितरण भएको खाद्यान्न सकिएपछि जनतालाई सहयोग गरौं भन्ने भावनाले वडाध्यक्षले व्यक्तिगत खर्चमा खाद्यान्न वितरण गर्नुभयो ।’ अध्यक्षले वडाबासी बिरामी हुँदा निजी गाडीमा राखेर अस्पताल पु¥याउने र खाद्यान्नसमेत निशूल्क ढुवानी गरिदिने गर्दै आएका थिए । शेरचन म्याग्दीकै सबैभन्दा जेष्ठ जनप्रतिनिधि हुन् । गत स्थानीय तहको निर्वाचनमा उनी तत्कालीन नेकपा (माओवादी) केन्द्रबाट उमेद्वार बनेर निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->