बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

नयाँ नीति तथा कार्यक्रम बनाउँदै पोखरा महानगर

नयाँ नीति तथा कार्यक्रम बनाउँदै पोखरा महानगर

सहरी योजना आयोगको आयोजनमा सुझाव लिन आयोजित कार्यक्रममा कार्यान्वयन पक्ष फितलो भएको आवाज उठ्यो ।


  • ढोरपाटन संवाददाता
  • बैशाख २८ २०७७, आइतबार

पोखरा, २८ बैशाख – पोखरा महानगरपालिकाले चालु आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममा पूर्वाधार निर्माणलाई विशेष जोड दियो । पाचौंँ नगरसभाको क्रममा मेयर मानबहादुर जिसीले ‘स्मार्ट सिटी’को परिकल्पनालाई व्यवहारमा उतार्ने उद्घोष गरे । उनले नीति तथा कार्यक्रममा ‘समृृद्ध सहर हाम्रो चाहना, पर्यटन मैत्रि निर्माण संरचना, लेक टु लेक केभ टु केभ सडक संजाल, एक सहकारी एक उत्पादन, हाम्रो अभिभारा, स्वत्च सुन्दर पोखरा, अर्गा्निक उत्पादन हरियाली प्रवद्र्धन, समतामुलक शिक्षा, स्वच्छ खानेपानी’ कार्यक्रमलाई प्राथमिकता दिउ । गाउँ र सहर जोड्न तथा वडा र महानगर केन्द्र जोड्न कनेक्टिङ सडक निर्माण, अटो भिलेज स्थापना, ल्याण्ड फिल्ड साईड निर्माण, मुख्य सहरी क्षेत्रमा सिसिटिभी क्यामेरा जडान, पार्किङ व्यवस्थापन, भू –उपयोग नीति निर्माण गर्ने कार्यक्रमा पनि नीति तथा कार्यक्रममा परे । महानगर भित्रका सबै तालको अतिक्रण रोक्ने, ताल संरक्षण, विकास र प्रवद्र्धनलाई निरन्तरता दिने, अर्गानिक कृषि उत्पादनमा जोड दिनेदेखि एक वडा एक खेल मैदान, एक वडा एक स्वास्थ्य केन्द्र महानगरको कार्यक्रमा राखिएका थिए ।सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत बृद्धबृद्धालाई नगरपिता र माताको रुपमा सम्मान गर्ने उनको घोषणाले वाहवाही बटुल्यो ।
महागनरले यही नीति तथा कार्यक्रममा टेकेर चालु आर्थिक वर्षको लागि ७ अर्ब ५४ लाखको बजेट पेश गरेको ग¥यो । बजेटमा २ अर्ब १५ करोड ५४ लाख ४० हजार प्रशानिक तर्फ र पुँजीगततर्फ ४ अर्ब ७० करोड ९९ लाख ६० हजार विनियोजित थियो ।
आर्थिक वर्ष सकिनै लाग्दा महानगरले आफ्ना नीति तथा कार्यक्रमको समीक्षा थालेको छ । शनिबार महानगरको सहरी योजना आयोगको आयोजनमा समीक्षा सुझाव लिन आयोजित कार्यक्रममा महानगर आफ्नो नीति तथा कार्यक्रम अनुसार अघि बढेको बताए पनि कार्यान्वयन पक्ष फितलो भएको आवाज उठ्यो । कोरोना संक्रमणको कारण विकास बजेट खर्च गर्न कठिनाई भएको, बजेट स्वास्थ्य क्षेत्रमा खर्चनु परेको तर्क गरिए पनि कार्यान्वय पक्ष फितलो भएको चर्चा पनि चल्यो । तर, समग्रमा आउँदो नीति तथा कार्यक्रम कस्तो बनाउने भन्नेबारे सो छलफल केन्द्रित भयो ।
महानगरको सहरी योजना आयोगका उपाध्यक्ष रामचन्द्र लामिछानेका अनुसार छलफलमा मेयर मानबहादुर जिसीदेखि कार्यपालिकाका सबै सदस्यहरुले भइरहेका कामहरुलाई सम्पन्न गर्नुपर्नेमा जोड दिए । ‘आगामी वर्ष कता ध्यान दिने भन्नेबारेमा चर्चा भयो, आउँदो नीति जनतालाई केन्द्रमा राखेर, उत्पादकत्व बढाउने, विद्यालय र स्वास्थ्यसेवामा आमूल परिवर्तन गराउनेबारे चर्चा भयो’, उपाध्यक्ष लामिछानेले भने,‘ हामी खाका बनाउँदैछौँ, ढुक्क हुनुपर्ने कुरा के हो भने हाम्रा पब्लिक इन्ष्टिच्यूसनहरु बलिया बनाइन्छ, सार्वजनिक संस्थाको क्षमता बढाइन्छ, साउन भदौबाट जनताले नै अनुभूति गर्नेगरि कार्यक्रम ल्याइन्छ ।’ उनले विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारमा विशेष ध्यान दिइने,स्वास्थ्य संस्थाहरुबाट विश्वासिलो सेवा प्रवाह गर्ने वातावरण तयार गरिने पनि बताए ।
उनले आउँदो बजेटको आकारबारे चर्चा नभए पनि बजेटमा जनसहभागितालाई विशेष जोड दिइने बताए । ‘नीतिगत रुपमा नागरिक साझेदारीको कुरा गरिएको छ, समाजवादको आधारशिला तयार पार्ने, सामाजिक न्यायलाई सुनिश्चित गर्छ अबको बजेटले’, उनले भने,‘बजेटको आकारबारे कुरा भएको छैन ।’ तर, स्रोतका अनुसार संघीय सरकार र महानगरले दिने विभिन्न शीर्षकका अनुदान घट्दा महानगरको बजेटको आकार स्वतः सानो हुनेछ । कोरोनाले पर्यटन उद्योगलाई सबैभन्दा बढी असर गरेकाले नीति तथा कार्यक्रमले त्यसलाई पनि संवोधन गरिने बताए । ‘पर्यटनको लागि धेरै कुरा आउँछन् ,हामीले त नीति बनाउने हो,त्यो नीतिले नै पर्यटनका समस्या संवोधन गर्छ’, उनले भने ।
कार्यपालिका सदस्य तथा विपक्षी दलका नेता रामराज लामिछानेका अनुसार समीक्षा कार्यक्रममा सदस्यहरुले चालु आर्थिक वर्षको रातो किताबमा परेका योजनामध्ये धेरैजसो कार्यान्वयनमा आउन नसकेको बताएका थिए । ‘रातो किताबमा राखेका योजनाहरु न्यून मात्रामा कार्यान्वयन हुने भए,योजना महत्वकांक्षी भएकाले र कोरोनाले गर्दा यस्तो भएको हो’, उनले भने,‘अर्कोतर्फ महानगरले करको दर बढाएर दायरा बढाउँदा राजश्व पनि सोचेजस्तो उठेन ।’ महानगरले आर्थिक वर्ष २०७५/०७६ मा नै सोचेजस्तो राजश्व उठाउन नसकेको र २ अर्ब बजेट घाटा देखिएको स्मरण गर्दै यो वर्ष पनि त्यही नियति दोहोरिने अवस्थामा रहेको जिकिर गरे । ‘नीति तथा कार्यक्रम र रातो किताबकै कुरा गर्ने हो भने फेल भएको जस्तै छ’, उनले भने,‘ बैठकमा कोरोनाबारे पनि कुरा गरियो ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->