हो, यो महामारी अन्त्य हुन्छ । तर अहिले हामीले चाल्ने कदमहरुले आगमी वर्षहरुमा हाम्रो जीवन परिवर्तन गर्न सक्छ ।
मानवजातिले अहिले विश्वव्यापी संकट बेहोरिरहेको छ । सायद, लाग्छ हाम्रो पुस्ताकै सबैभन्दा ठूलो संकट । अबको केही सातामा मानिस र सरकारहरुले लिने निर्णयले नै अबको विश्वको भविष्य निर्धारण गर्दछ । यसले केबल हाम्रो स्वास्थ्य सेवा प्रणाली मात्र निर्धारण गर्दैछ, संगै तय गर्दछ हाम्रो अर्थतन्त्र, राजनीति र संस्कृति । हामीले जतिसक्दो चाँडो र निर्णायक रुपमा कदम चाल्नुपर्छ । हामीले चाल्ने कदमहरुले पार्ने दिगो परिणामहरुको बारे पनि ध्यानमा राख्नुपर्छ । वैकल्पिक उपायहरुलाई छनोट गर्दा हामीले आफैलाई प्रश्न गर्नुपर्छ कि हामीले केबल तत्कालको खतरालाई कसरी परास्त गर्ने भन्ने मात्र हैन, तर यस संकट पश्चात विश्व कस्तो अवस्थासँग सामना गर्नुपर्छ ? हो, यो आँधी अन्त्य हुन्छ, मानवजाति बाँच्छन्, प्राय धेरै नै तर हामीले भिन्न संसार पाउँछौं ।
धेरै छोटा अवधिका आपतकालीन उपायहरु जीवनमा लागू हुनेछन् । यो नै आपतकालीन अवस्थाको स्वभाव हो । सामान्य समयमा वर्षौ लाग्ने निर्णयहरु केही घण्टामै पारित हुन्छन् । अपरिपक्व र खतरनाक प्रविधिहरु समेत प्रयोगमा आएका छन् किनभने केही कदम नचाल्नु जतिको खतरनाक केही पनि हुँदैन । यदि सबैले घरबाटै आफ्ना कामहरु पुरा गरेर केही दुरी निर्धारण गरेर कुराकानी गर्दा के होला ? सबै विद्यालयहरु र विश्वविद्यालयहरु अनलाइन प्रक्रियामा जाँदा के होला ? सामान्य समयमा सरकारहरु, व्यवसायहरु र शैक्षिक परिषदहरु यस्तो परीक्षणमा कदापि सहमत हुँदैनथे तर अहिलेको समय सामान्य हैन ।
अहिलेको संकटको समयमा हामीसँग दुई महत्वपूर्ण विकल्पहरु छन् । पहिलो विकल्प ः सर्वाधिकारवादी निगरानी वा नागरिक सशक्तिकरण । अनि दोस्रो विकल्प ः राष्ट्रवादी अलगता वा विश्वव्यापी एकता ।
गहिरो तहको निगरानी
यो महामारी अन्त्य गर्न सिंगो मानव समुदायले केही निर्देशिकाहरु पालना गर्न आवश्यक देखिन्छ । यो हासिल गर्न मुख्य दुई उपायहरु छन् । पहिलो उपाय भनेकै सरकारले सम्पूर्ण आम जनताहरुमा निगरानी राख्ने र उल्लंघन गर्नेलाई कारवाही गर्नु हो । आज, मानव इतिहासमै पहिलो पटक, आम मानिसहरुलाई सधैं निगरानी गर्न सक्ने प्रविधिहरुको विकास भइसकेका छन् । पचास वर्ष पहिले के.जि.बी.ले २ सय चालिस मिलियन सोभियत जनताहरुलाई न चौविसै घण्टा निगरानी राख्न सकेको थियो न उनीहरुले संकलन गरेका सुचनाहरुलाई प्रभावकारी रुपमा सम्प्रेशन गर्न नै सकेको थियो । त्यतिबेला उनीहरु सम्पूर्ण रुपमा मानव शक्ति र विश्लेशकहरुमा निर्भर थिए, जसले हरेक जनतालाई पछ्याउन सम्भव थिएन । तर अहिले सरकारहरु सर्वव्यापी सेनसरहरु र शक्तिशाली अल्गोरिथममा निर्भर भएर काम गर्न सक्छन् ।
महामारी कोरोना भाइरस विरुद्धको लडाइँमा धेरै सरकारहरुले पहिले नै नयाँ निगरानी पद्धतिहरु प्रयोगमा ल्याइसकेका थिए । सबैभन्दा उल्लेखनीय पाइला चालेको देश हो चीन । सुक्ष्म रुपमा आम मानिसहरुको स्माटफोनको अनुगमन, लाखौं संख्यामा अनुहार पहिचान गर्ने क्यामराको प्रयोग र मानिसहरुलाई आफैं आफ्नो शरीरको तापक्रम र चिकित्सा अवस्था जाँच गराएर उनीहरुलाई सम्बन्धित निकायमा अनिवार्य रिपोर्ट गराउन लगाएको छ । यसको मद्धतले चिनियाँ अधिकारीहरुले कोरोना भाइरस शंकास्पद भएका मानिसहरुको छिटो पहिचान मात्र नगराइ उनीहरुको हिँडडुल र उनीहरुसँग सम्पर्कमा आएकाहरुको सजिलै पहिचान गरेको छ । धेरै मोबाइल एप्सहरुले नागरिकहरुलाई संक्रमित बिरामीहरुसँग घुलमिल नहुन चेतावनी दिइरहन्छन् ।
आकस्मिक अवस्था
निगरानीको विषयमा देखिएको एउटा मुख्य समस्या भनेकै हामी कसैलाई पनि कसरी सर्वेक्षण भइरहेको छ भन्ने कुराको ज्ञान छैन । न त आउने दिनहरुमा यसलाई कसरी अघि बढाइन्छ भन्ने विषयमा नै मानिसहरु जानकार छन् । निगरानी गर्ने प्रविधि यस्तो दु्रत गतिमा अघि बढिरहेको छ कि दश वर्ष पहिला काल्पनिक लाग्ने विज्ञानका कुराहरु आजको दिनमा पुरानो समाचार बनिसकेका छन् । कल्पना गरौं, एउटा सरकारले आफ्ना हरेक जनताहरुलाई जीवमिटिक ब्रासलेट लगाउन लगाउँछ र जसले चौबिसै घण्टा उनीहरुको शरीरको तापक्रम र मुटुको धडकन बारेमा मुल्यांकन गर्छ । त्यसबाट प्राप्त परिणाम संकलन गरेर सरकारले विश्लेषण गर्छ । त्यस अल्गोरिदमले मानिस बिरामी हुनु अगावै पत्ता लगाउँछ र ऊ कहाँ कहाँ पुगेर क–कससँग भेट्छ भन्ने बारेमा पनि थाहा दिन्छ । संक्रमणको संख्या यसको प्रयोग सँगै एकदमै कम गराउन सकिन्छ वा भनौं संक्रमण नै रोक्न पनि सकिन्छ । यस्तो प्रक्रियाले तर्कसंगत ढंगले महामारीलाई केही दिनमै रोक्न सक्छ । अचम्म लाग्छ नि हैन ?
यसको नकरात्मक पक्ष भनेकै यसले उत्पन्न गर्न सक्ने डरलाग्दो नयाँ निगरानी प्रणाली हो । उदाहरणका लागि मानौं, यदि मैले सि.एन.एन.को लिंक खोल्नुको सट्टा फक्स न्युजको लिंक खोले भने यसले मेरो राजनीतिक तर्क र सायद मेरो व्यक्तिगत गोपनियताका बारेमा तपाईलाई थाहा दिन सक्छ । मैले कुनै भिडियो हेरे पश्चात यदि तपाईले मेरो शरीरको तापक्रम, रक्त चाँप र मुटुको धड्कनबारे अनुगमन गर्नु भयो भने यसले तपाईलाई के थाहा दिन सक्छ भने, मलाई के कुराले हसाउँछ, के कुराले रुवाउँछ र के कुराले साच्ची कै ममा रिस उत्पन्न गराउँछ ।
यो कुरा सम्झन महत्वपूर्ण छ कि, ज्वरो र खोकी जस्तै रिस, खुशी, उच्छ्रयाट र माया पनि जैविक प्रक्रियाहरु हुन् । त्यही प्रविधिले खोकी पत्ता लगाएजस्तै हाँसो पनि पत्ता लगाउन सक्छ । यदि सरकारहरु र निगमहरुले हाम्रो बायोमेट्रिक तथ्यांकहरु पत्ता लगाउन सक्छन् भने हामीलाई हाम्रो बारेमा जति थाहा हुन्छ त्यो भन्दा बढी उनीहरुलाई थाहा हुन सक्छ । र तिनीहरु हाम्रो भावनाहरुको भविष्यमानी मात्र नगरी भावनाहरुलाई हेरफेर गरेर उनीहरुले चाहेका कुराहरु हामीहरुलाई नै बेच्न सक्छन् । कल्पना गरौं, सन् २०३० मा उत्तर कोरियामा हरेक नागरिकले यस बायोमेट्रिक बाला लगाउनु पर्ने हुन्छ । यति उनीहरुले महान् नेताहरुको भाषण सुनिरहेको हुन्छ र त्यस बालाले उनीहरुको रिसको संकेत सजिलै प्रकट गरिदिदाँ कस्तो परिणाम आउँला ? त्यस सरकारले मानिस माथि कस्तो कदम चाल्ला ?
यो बायोमेट्रिक अनुगमन पद्धति आपतकालिन अवस्थामा मात्र अस्थायी उपायको रुपमा मात्र प्रयोग गर्न पनि सकिन्छ । आपतकालिन अवस्था हटेसँगै यसको पनि अन्त्य हुन्छ । तर अस्थायी उपायहरुको प्रयोग लामो समयसम्म रहिरहन सक्छ, किनकि अर्को आपतकालिक अवस्था हरसमय उब्जन सक्छ । उदाहरणको लागि, मेरो जन्म घर इज्रेल हो । सन् १९४८ को स्वतन्त्रताका युद्धको समयमा आपतकालिन घोषणा गरियो, जसले प्रेस स्वतन्त्रता माथि सेन्सर लगायो र जग्गा जफत जस्ता अस्थायी निर्णयहरु लागू गरियो । समयसँगै युद्ध अन्त्य भयो तर इज्रेली सरकारले आपतकालिन अवस्थालाई लामो समयसम्म अन्त्य गरेन र ती अस्थायी उपायहरु लामो समयसम्म लागू भइरह्यो जुन सन् २०११ म आएर रद्द गरियो ।
केन्द्रीकृत अनुगमन र कठोर सजायहरु लागू गरेर मात्र आम मानिसहरुलाई नियमवालीहरु पालना गराउन सकिँदैन । जब आम मानिसहरुलाई यसको वैज्ञानिक तथ्यहरु बताइन्छ, तब उनीहरुले सम्बन्धित अधिकारीहरुलाई आफ्ना तथ्यहरु बिना हिचकिचाहट बताउन सक्छन् । वास्तवमै आत्म प्रेरित र राम्रो जानकारी भएका आम जनताहरु निरंकुश शाषण व्यवस्थामा रहेका अनविज्ञ र अशिक्षित जनताहरु भन्दा धेरै शक्तिशाली र प्रभावशाली सावित हुन्छन् ।
कोरोना भाइरसको संक्रमणको संख्या शुन्यमा पुगेता पनि कुनै सरकारहरुले भने यस बायोमेट्रिक अनुगमन पद्धतिलाई निरन्तर लागू गर्न सक्छ किनभने उनीहरुमा अझै कोरोना भाइरसको भय कायमै रहन्छ वा मध्य अफ्रिकामा नयाँ इभोलाको आशंकालाई लिएर वा यस्तै यस्तै । अहिले चलिरहेको ठूलो लडाँइ भनेकै गोपनीयता सम्बन्धी हो । जुन गोपनीयता कोरोना संकटले भंग गरिदिन सक्छ । यदि मानिसहरुलाई स्वास्थ्य र गोपनीयतामा रोज्न दिइयो भने पक्कै स्वास्थ्य नै पहिलो रोजाइँमा रहन्छ ।
स्वास्थ्य र गोपनीयता बीच एक रोज्न आम मानिसहरुलाई बाध्य बनाउनु नै समस्याको मुल कारण हो । हामीले दुवै स्वास्थ्य र गोपनीयता अधिकार उपयोग गर्न पाउनुपर्छ । स्वास्थ्य रोजेर पनि हामीले कोरोना भाइरसको महामारीलाई रोक्न सक्छौं । यसका लागि निरंकुश निगरानी प्रणाली लाद्ने हैन, आम जनतालाई सशक्तीकरण गराउने हो । केही समय यता कोरोना भाइरसको रोकथामका लागि दक्षिण कोरिया, ताइवान र सिंगापुरले चालेका कदमहरु प्रशंसनीय छन् । यी देशहरुले संक्रमितहरुलाई ट्रयाक गर्ने एप्सको प्रयोगका साथै विस्तृत रुपमा यसको परीक्षण, इमानदारीपूर्वक गरिएको रिपोर्टिङ र जनताहरुको आपसी सहयोग र सहकार्यले यो सब सम्भव भएको हो ।
केन्द्रीकृत अनुगमन र कठोर सजायहरु लागू गरेर मात्र आम मानिसहरुलाई नियमवालीहरु पालना गराउन सकिँदैन । जब आम मानिसहरुलाई यसको वैज्ञानिक तथ्यहरु बताइन्छ, तब उनीहरुले सम्बन्धित अधिकारीहरुलाई आफ्ना तथ्यहरु बिना हिचकिचाहट बताउन सक्छन् । वास्तवमै आत्म प्रेरित र राम्रो जानकारी भएका आम जनताहरु निरंकुश शाषण व्यवस्थामा रहेका अनविज्ञ र अशिक्षित जनताहरु भन्दा धेरै शक्तिशाली र प्रभावशाली सावित हुन्छन् ।
उदाहरणका लागि साबुन पानीले हात धुने विषयलाई लिन सकिन्छ । मानव सरसफाईमा हेर्दा यसलाई एउटा ठूलो उपलब्धीका रुपमा लिइन्छ । हरेक वर्ष यस सामान्य कार्यले लाखौंको ज्यान जोगाउँछ । विगतलाई फर्केर हेर्ने हो भने वैज्ञानिकहरुले साबुन पानीले हात धुदाँको महत्व १९ औं शताव्दीमा मात्र पत्ता लगाएका थिए । यो पत्ता लाग्नु भन्दा पहिला डाक्टर र नर्सहरुले समेत हात नधोईकन एक पछि अर्को शल्यक्रिया गर्दथे । आजको दिनमा खबौं मानिसहरुले आफ्ना हात धुन्छन् । यो चेतना उनीहरुलाई हात धुन बाध्य बनाएर हैन, उनीहरुमा पलाएको सचेतनाले सम्भव भएको हो । म पनि साबुन पानीले हात धुन्छु किनकि म मा स–साना कीटानु र भाइरसहरुको बारेमा ज्ञान छ र म बुझ्छु यी सब हटाउनलाई साबुन पानीले नै हात धोएर सम्भव हुन्छ ।
तर यो तहको उपलब्धी हासिल गर्नका लागि एक उच्च तहको अनुशासन र सहकार्य चाहिन्छ । आम मानिहरुले विज्ञान माथि विश्वास गर्नुपर्छ । साथै विश्वास गर्नु पर्छ सम्बन्धित अधिकारीहरु र सञ्चार माध्यमलाई । केही वर्ष पहिला गैरजिम्मेवार राजनीतिज्ञहरु जानीजानी विज्ञान, ती अधिकारीहरु र सञ्चार माध्यममाथि कम विश्वास राख्थे । अहिले आएर तिनै गैरजिम्मेवार राजनीतिज्ञहरु आम जनताले गरेका राम्रा कार्यहरु माथि पनि शंकाले दृष्टिले हेर्छन् ।
सामान्य अवस्थामा वर्षौ लागेर गुमेको विश्वास एकै रातमा परिवर्तन हुने हैन । तर यो सामान्य अवस्था हैन । यस्तो संकटको घडीमा सोचाई छिट्टै परिवर्तन हुन पनि सक्छ र परिवर्तन गर्नु जरुरत पनि छ । तपाई आफ्ना सन्तानहरुसँग वषौं तिता वहसहरु गर्न सक्नुहुन्छ तर आपतकालीन समयमा तपाईमा एक्कासि विश्वास र समानताको भावना जाग्रीत भएर आउँछ । त्यसैले कठोर निगरानी शासन लागू गर्नु भन्दा आम मानिसमा विज्ञान, सम्बन्धित अधिकारीहरु र सञ्चार माध्यम माथि विश्वास बढाउनु पर्छ । हामीले नितान्त रुपमा आधुनिक प्रविधिहरुको प्रयोग गर्नुपर्छ तर यी प्रविधिहरुले आम मानिसहरुलाई सशक्तीकरण बनाउनुपर्छ । आम मानिसको शरीरको तापक्रम र रक्त चाप अनुगमन गर्ने पक्षमा म पनि सहमत छु तर यी तथ्यहरुको दुरुपयोग हुनु हुँदैन । बरु ती तथ्यहरुको माध्यमबाट आम मानिसहरुको निजी चाहनाहरु पत्ता लगाएर त्यही अनुरुप सकारात्मक निर्णयहरु लिएर सरकार उत्तरदायी बन्नुपर्र्छ ।
यदि मैले स्वयं हरेक दिन चौबिसै घण्टा आफ्नो स्वास्थ्य अवस्थाको ट्रयाक गर्न सक्छु भने मेरो कारणले अरु मानिसको स्वास्थ्य अवस्थामा पर्ने असर बारेमा मात्र ज्ञान नभई कस्ता आनीबानीले मेरो स्वास्थ्य सुधार गर्न सकिन्छ भन्ने बारे मैले थाहा पाउँन सक्छु । अनि मलाई ती तथ्यहरुको पहुँच भएमा त्यसको विश्वासनीय विश्लेषण स्वयं आफैंले गर्न सक्छु । साथै सरकारले यस महामारीसँग जुध्न अपनाएको नीतिहरु सही वा गलत छन् भन्ने विषयमा पनि मलाई ज्ञान हुन्छ । आम मानिसहरुले यस निगरानीको कुरा गर्दा यो पनि थाहा हुनुपर्छ, यदि सरकारले यही अनुगमन प्रविधि प्रयोग गरेर हरेक मानिसहरुको निगरानी गरिरहेको छ भने हामी हरेक नागरिकले पनि यही प्रविधि मार्फत सरकारको निगरानी गर्न सक्छौं ।
त्यसैले यो कोरोना भाइरस नागरिक परीक्षण गर्ने एक मुख्य विधि मान्न सकिन्छ । आगामी दिनहरुमा हामी हरेक मानिसहरु निराधार षडयन्त्र रचित सिद्धान्तहरुको पछि नलागि वैज्ञानिक तथ्य र स्वास्थ्य विज्ञहरुमाथि विश्वास गर्नुपर्छ । यदि हामी सही छनौट गर्न चुक्यौं भने हामीले हाम्रो स्वतन्त्रता गुमाउन पुग्नेछौं ।
हामीलाई चाहिने गुरु योजना
हामीसँग भएको अर्को महत्वपूर्ण दोस्रो रोजाइ भनेकै राष्ट्रिय अलगता वा विश्वव्यापी एकता । महामारी र यसले निम्त्याउने आर्थिक संकट दुवै विश्वका मुख्य समस्याहरु हुन् । विश्वव्यापी एकताले मात्र यी समस्याहरुलाई परास्त गर्न सम्भव छ ।
सबैभन्दा पहिला, यो भाइरस माथि विजय हासिल गर्न हामीले सुचनाहरु विश्वव्यापी रुपमा एक अर्कासँग आदानप्रदान गर्नु पर्ने हुन्छ । चीनको कोरोना भाइरस र संयुक्त अमेरिकाको कोरोना भाइरसले मानिसलाई कसरी संक्रमण गर्ने विषयमा छलफल गर्ने कुरा भएन । तर चीनले संयुक्त अमेरिकालाई कोरोना भाइरस र यससँग कसरी जुध्ने विषयमा महत्वपूर्ण अनुभवहरु सिकाउन सक्छ । इटालियन डाक्टरले मिलन सहरमा बिहान पत्ता लगाएको विधिले तेहरानमा बेलुका कैयौंको ज्यान बचाउन सकिन्छ । यु.के. सरकारलाई कुनै नीतिहरु लागू गर्ने विषयमा दुविधा हुँदा कोरियन सरकारसँग सल्लाह र परार्मश लिन सक्छ किनकि उनीहरुले एक महिना पहिला त्यही अवस्था सामना गरिसकेका थिए । तर यो हुनका लागि हामी सबै माझ विश्वव्यापी विश्वास र एकता जरुरत हुन्छ ।
सबै देशहरुले एक अर्कालाई सुचनाहरु आदानप्रदान गर्ने र सरसल्लाह लिने परिपाटीको विकास हुनुपर्छ । साथै एक अर्काले पाउने तथ्यांकमा सबैले विश्वास गर्नु पर्ने हुन्छ । विश्वव्यापी रुपमै हामी सबैले चिकित्सा उपकरणहरुको उत्पादन र वितरणमा पलह गर्नुपर्छ, विशेषत परीक्षण कीटहरु र स्वासप्रस्वासका उपकरणहरु । हरेक देशले स्थानीय रुपमा प्रयास गर्नुभन्दा विश्वव्यापी रुपमा एकजुट भएर अगाडि बढेमा उपकरणको उत्पादनमा तीव्र्रता हुनुका साथै यसको निष्पक्ष वितरणमा टेवा पुग्छ । विश्व युद्ध ताका राष्ट्रहरुले मुख्य उद्योगहरुलाई राष्ट्रियकरण गरेका थिए । अहिले अवस्था ठिक विपरीत छ । कोरोना भाइरस विरुद्धको मानव युद्धमा मानवीयता प्रकट गर्नुपर्छ । एउटा सम्पन्न राष्ट्र जहाँ कोरोनाको केसहरु थोरै भेटिएका छन् भने त्यस देशले धेरै केसहरु भेटिएका गरिब देशहरुलाई आवश्यक उपकरणहरु पठाउन इच्छुक हुनु पर्छ ।
हामीले चिकित्सा कर्मचारीहरुलाई व्यवस्थित पार्न पनि यस्तै विश्वव्यापी कदम चाल्नु जरुरत छ । कम क्षति पुगेका देशहरुका चिकित्सकहरुलाई कोरोनाले आक्रान्त पारेका ठाउँहरु पठाउनु पर्छ । एक त यसले आपतमा सहयोग हुन्छ र अर्को तर्फ उनीहरुले मुल्यवान अनुभवहरु बटुल्न सक्छन् । यदि समयसँगै सहयोग गर्ने देशमा महामारी फैलियो भने सहयोग ठिक विपरीत दिशामा बदल्न सकिन्छ ।
जीर्ण बनेको आर्थिक अवस्था उकास्न पनि विश्वव्यापी एकता र परस्परको भावना चाहिन्छ । एक अर्का देशसँग आपसी सहमति र एकता नभई यदि हरेक सरकार अगाडि बढे यसले पक्कै अराजकता र निर्भर संकट उत्पन्न गराउँछ । त्यसैले हामीलाई विश्वव्यापी योजनाको जरुरत छ, जति सक्दो चाँडो ।
अहिलेको अर्को आवश्यकता भनेकै आवातजावातको विश्वव्यापी सम्झौता हो । महिनौं सम्म अन्तराष्ट्रिय यात्रा निलम्बित हुँदा यसले अथाह कठिनाई सृजना हुनुका साथै कोरोना विरुद्धको लडाईलाई असर पारेको छ । आवश्यक मानिसहरु जस्तै वैज्ञानिक, डाक्टर, पत्रकार, राजनीतिज्ञ, व्यवसायीहरुलाई एक देश देखि अर्को देश प्रवेश गर्न केही हदसम्म सहज वातावरण बनाउने सहमति अघि सार्नु पर्छ । हरेक देशले त्यस्ता मानिसहरुको पूर्व मूल्यांकन गरेर तथ्यांक तयार पारेमा यसले धेरै सहजता कायम गराउँछ ।
दुर्भाग्यवश, अहिलेको समयमा मुस्किलले कुनै पनि देशले यी कदमहरु अघि सारेका छन् । सारा संसार एकमुष्ट रुपमा निष्कृय भएको अवस्था छ । जो कोही मानिसले विश्वका शक्तिशाली नेताहरुले आकस्मिक बैठक बोलाएर साझा योजनाका बारेमा छलफल गरुन् भन्ने अपेक्षा राख्नु स्वभाविक हो । यो हप्ता मात्र ‘जी सेबेन’ नेताहरुले भिडियो कन्फेरेन्स आयोजना त गरे तर कुनै ठोस निर्णय लिन भने सकेन ।
अमेरिकाले बनाएको शून्यतालाई अरु देशहरुले आपूर्ति गर्न नसके अहिलेको महामारीसँगको लडाई झन् कष्टकर बन्नेछ । यसको असर प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा अन्तराष्ट्रिय सम्बन्धमा खटपट देखिन सक्छ । अझै हरेक संकट साच्चै नै एउटा अवसर पनि हो ।
यो भन्दा पहिलेका विश्वव्यापी संकटहरु जस्तै – सन् २००८ को आर्थिक मन्दी र सन् २०१४ को इबोला महामारी – यी सबै अवस्थामा संयुक्त अमेरिकाले आफूलाई विश्वको शक्तिशाली देशको रुपमा प्रस्तुत गर्न खोजेको थियो । तर अहिलेको अवस्थामा यस्तो छैन । अहिलेको यर्थाथले के पुष्टि गर्छ भने अमेरिकाले मानवताको बारेमा ओकालत नगरी केबल आफ्नो महानताको घमण्ड र दम्भ मात्र देखाउन खोज्यो ।
अहिलेको अमेरिकी प्रशासनले आफ्ना नजिकका मित्रहरुलाई समेत त्यागिदियो । उसले युरोपियन युनियनका राष्ट्रहरुलाई बिना अग्रिम सुचना अमेरिकामा यात्रा गर्न निषेध नै गर्यो । अझ अमेरिकाले जर्मनीको फार्मक्युटिकल कम्पनीसँग कोभिड – १९ विरुद्धको भ्याकसिन एक बिलियन डलरमा एकाधिकार किनेको तथ्य पनि बाहिर आएको थियो । अहिलेको प्रशासनले आफ्नो अडानलाई त्यागेर कुनै विश्वव्यापी कार्य योजना सहित आएपनि अब कमैले मात्र उसको योजनामा साथ दिन्छन् ।
यदि अमेरिकाले बनाएको शून्यतालाई अरु देशहरुले आपूर्ति गर्न नसके अहिलेको महामारीसँगको लडाई झन् कष्टकर बन्नेछ । यसको असर प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा अन्तराष्ट्रिय सम्बन्धमा खटपट देखिन सक्छ । अझै हरेक संकट साच्चै नै एउटा अवसर पनि हो । हामी सबैमा आशा छ कि यस महामारीले आम मानिसलाई विश्वव्यापी मतभेदले पार्न सक्ने खतरा बारे महसुस गराउँछ ।
अब हामीले आत्मसाथ गर्नु पर्ने बाटो भनेकै मानवताको हो । हामीसँग दुई विकल्पहरु छन्, मतभेदको बाटो लाग्ने वा विश्वव्यापी एकता अनुसरण गर्ने । यदि हामी विश्वव्यापी मतभेदको बाटो लाग्ने हो भने यसले संकट लम्भ्याउने मात्र हैन, अझ भविष्यमा यो महामारी नराम्रो विपत्तिको रुपमा देखा पर्न सक्छ । र यदि हामीले विश्वव्यापी एकताको बाटो पैल्याउने हो भने हामीले कोरोना भाइरस माथि विजय मात्र हासिल गर्दैनौं, सँगै एक्काइसौं शताब्दीमा आगामी दिनहरुमा आइपर्ने महामारीहरु र संकटहरुलाई सजिलै परास्त गर्न सक्छौं ।
युभल नोआ हरारीद्धारा फिाइनेन्सियल टाइम्समा लेखिएको लेखको अनुवादित ।
(युभल नोआ हरारी सेपियन, होमा ड्युज र एक्काइसौं शताब्दीका लागि एक्काइस पाठहरु शीर्षकका किताबहरुका लेखक हुन् । )





