सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

गौदीखोला दोस्रोले एक महिनाको विद्युत महशुल छुट दिने

गौदीखोला दोस्रोले एक महिनाको विद्युत महशुल छुट दिने


  • ढोरपाटन संवाददाता
  • बैशाख ३० २०७७, मंगलबार

बागलुङ, ३० वैशाख– कोरोना भाइरसको संभावित जोखिम कम गर्न सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका आफ्नो उपभोक्तालाई राहतको महशुश गराउन गौदीखोला दोस्रो लघुजलविद्युत प्रदर्शन परियोजना गलकोट नगरपालिका–१ काफलठुटा, चौराहा, झाँक्रीस्थानले एक महिनाको विद्युत महशुलमा छुट दिने भएको छ । परियोजनाको मंगलबार बसेको बैठकले आफ्ना उपभोक्ताहरु राहतस्वरुप एक महिनाको विद्युत महशुल मिनाहा गर्ने निर्णय गरेको उपभोक्ता समितिका पूर्वअध्यक्ष हिराबहादुर काउचाले जानकारी दिए । बैठकले परियोजनाबाट लाभान्वित १ सय ७२ जना उपभोक्ताको चैत महिनाको करिब २१ हजार रुपैयाँ विद्युत महशुल छुट गर्ने निर्णय गरेको हो । परियोजनालाई दिगो राख्न १ दिनको जनश्रमदान गरि कूलोको मुहानदेखि पावरहाउस र चौराहासम्म काम गर्नेसमेत बैठकले निर्णय गरेको परियोजनाका अध्यक्ष टीकाबहादुर भण्डारीले बताए । परियोजनाले समय समयमा सामाजिक कार्य गर्दै आएको संस्थापक सचिब जीवन भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->