बागलुङ, ३१ वैशाख– एभरेष्ट बैंक बागलुङ शाखाका कर्मचारीले बागलुङ नगरपालिकालाई खाद्यान्न सहयोग गरेका छन् । बैंकका कर्मचारीहरुले स्वतस्फुर्त रुपमा संकलन गरेको रकमबाट नगरपालिकाले स्थापना गरेको खाद्य बैंकलाई सहयोग गरेका हुन् । बैंकले २ सय किलो चामल, ५० किलो आटा, २५ किलोका दरले नुन, दाल, सोयाविन तथा २५ लिटर खानेतेल र ५० थान साबुन सहयोग गरेको हो ।
कर्मचारीहरुले जम्मा गरेको २५ हजार रुपैयाँ बराबरको खाद्य सामग्री सहयोग गरिएको शाखा प्रबन्धक सुजित ज्ञवालीले जानकारी दिए । बैंकका कर्मचारीहरुले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डण्डपाणी शर्मा र वडा नं. २ का अध्यक्ष जीवन आचार्यलाई सामग्री हस्तान्तरण गरेका थिए ।
लकडाउनको समयमा समस्यामा रहेका मजदुर तथा विपन्न परिवारलाई राहत उपलव्ध गराउन सहयोग पु¥याउने उद्देश्यले सामग्री सहयोग गरिएको प्रबन्धक ज्ञवालीले बताए । बैंकले देशका बिभिन्न शाखा र केन्द्रिय कार्यालयमार्फत तीनै तहका सरकारले स्थापना गरेका राहत कोष तथा खाद्य बैंकहरुमा सहयोग उपलव्ध गराउँदै आएको छ ।





