सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

प्रगति सहकारीले ऋणीलाई दिने भयो १० प्रतिशत छुट

प्रगति सहकारीले ऋणीलाई दिने भयो १० प्रतिशत छुट


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ४ २०७७, आइतबार

फाइल फोटो
बागलुङ, ४ जेठ – प्रगति वहुउदेश्यीय सहकारी संस्थाले आफ्ना ऋणीहरुलाई ब्याज रकममा सहुलियत दिने भएको छ । कोरोना भाइरस महामारीले समस्यामा परेका ऋणीहरुको ब्याजमा १० प्रतिशत छुट दिने निर्णय भएको संस्थाका अध्यक्ष कृष्ण प्रसाद पौडेल (कुमार) ले वताए ।
लक डाउन घोषणा भएदेखि चैत, बैशाख र जेठ तीन महिनाको ब्याजमा १० प्रतिशत रकम छुट दिइने छ । यसरी छुट दिदा ब्यापार ब्यसायमा संलग्न शेयर सदस्यहरुलाई प्रत्यक्ष रुपमा आर्थिक लाभ हुने संस्थाका प्रबन्धक मुना शर्माले वताईन । उनले समयमै आएर आफ्नो कारोवारमा सो सुविधा लिन सवै शेयर सदस्यहरुलाई आग्रह गरिन् ।
यस्तै, सहकारीले जेठ ८ गते आफ्नो १५ औं स्थापना दिवस मनाउने र त्यसमा आफ्ना जेष्ठ सदस्यलाई सम्मान गर्ने कार्यक्रम तय गरेको छ । ७५ बर्ष पुगेका शेयर सदस्य, सदस्यका एकाघरका सदस्यहरु वुवा, आमा, श्रीमान, श्रीमती र महिला शेयर सदस्यका हकमा सासु, ससुरालाई नगदसहित दोसल्ला ओढाएर सम्मान गर्ने कार्यक्रम रहेको प्रबन्धक शर्माले वताईन ।
यसैविच, बागलुङका सहकारीहरुले आगामी हप्तादेखि आलोपालो प्रणालीमा आफ्ना कार्यालय सञ्चालन गर्ने भएका छन् । कोरोना संक्रमणको जोखिम हुन नदिन सदरमुकाममा संचालित सहकारी संस्थाहरुले आलोपालो गरी सेवा प्रवाह गर्ने जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमले वताए ।
जिल्ला सहकारी संघले बागलुङ बजार भित्र रहेका ६९ भन्दा बढी सहकारीहरुलाई हप्तामा २ दिन सेवा प्रवाह गर्नेगरी समय तालिका निर्धारण गरेको छ । आईतबार र बुधबार २२ बटा, सोमबार र बिहिबार २१ वटा, मंगलबार र शुक्रबार २६ वटा सहकारीले कार्यालय सञ्चालन गरेर आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गर्न पाउने छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->