बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

गण्डकी प्रदेशका सवै अस्पताललाई गाडी, शुक्लागण्डकी र त्रिवेणीमा विधुतिय शवदाहगृह बनाइदै

गण्डकी प्रदेशका सवै अस्पताललाई गाडी, शुक्लागण्डकी र त्रिवेणीमा विधुतिय शवदाहगृह बनाइदै


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ५ २०७७, सोमबार

पोखरा, ५ जेठ – गण्डकी प्रदेश सरकारले रकमान्तर गरेर यसै आर्थिक बर्षमा प्रदेशका सवै जिल्लाका अस्पतालहरुलाई गाडी दिने भएको छ । आइतवार वसेको मन्त्री परिषदको बैठकले ११ वटै जिल्लामा गाडी उपलब्ध गराउने निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले ११ वटा स्कर्पियो किन्ने निर्णय भएको बताए । सरकार आफैँले गाडी नकिन्ने र सम्बन्धित जिल्ला अस्पतालले किन्ने गाडीको भुक्तानी दिइने उनले बताए ।
‘सम्बन्धित जिल्ला अस्पतालले नै गाडी किन्छन्, भुक्तानी मात्रै हामीले दिने हो । प्रदेशका ११ वटै जिल्लाका अस्पताललाई स्कर्पियो गाडी दिने, त्यसको एक्ज्याक्ट मूल्य थाहा भएन, सबै जिल्लालाई दिने भन्ने निर्णय भएको छ,” उनले भने ।
गाडी खरिद गरेपछि त्यसको भुक्तानी आर्थिक मामिला तथा योजना मन्त्रालयले गर्ने उनले जानकारी दिए । मन्त्रालय स्रोतका अनुसार बजेट रकमान्तर गरेर अर्थ विविधको पूँजीगत खर्च शिर्षकबाट भुक्तानी दिइनेछ छ ।
बजारमूल्य अनुसार स्कार्पिओ गाडीहरु अहिले ४८ लाख देखि ७१ लाख रुपैयाँसम्ममा पाइन्छन् । तर, सरकारले भने नयाँ मोडेलका गाडी किन्ने जनाएको छ । नयाँ मोडेलको एउटा स्कर्पियोको मूल्य ७१ लाख भन्दा बढि छ । तर प्रदेश सरकारले अस्पताललाई नै ६० लाख रपैयाँ दिने निर्णय गरेको छ ।
त्यसैगरी, गण्डकी सरकारले तनहुँको शुक्लागण्डकी र नवलपुरको त्रिवेणीमा विद्युतीय शवदाहगृह बनाउने भएको छ । शवदाह गृहका लागि आवश्यक सामग्री आयात गर्दा लाग्ने भन्सार छुटका लागि संघ सरकारलाई सिफारिस गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।
गत आर्थिक वर्षको अन्त्यतिर पनि प्रदेश सरकारले रकमान्तर गरेर ७१ लाख रुपैयाँको मोटरसाइकल खरिद गरेको थियो । गतवर्ष आन्तरिक मामिला तथा कानून मन्त्रालयले सुरक्षित मुद्रणालय स्थापनाको लागि भनेर विनियोजन गरिएको एक करोड रुपैयाँबाट गण्डकी सरकारले उक्त परिमाणका मोटरसाइकल खरिद गरेको थियो । ती मोटरसाइकल विभिन्न प्रहरी कार्यालयलाई वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->