बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

घारखोला जलविद्युत आयोजना प्रभावितले रोके निर्माण कार्य

घारखोला जलविद्युत आयोजना प्रभावितले रोके निर्माण कार्य


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ७ २०७७, बुधबार

फाइल तस्विर ।
म्याग्दी, ७ जेठ – प्रभावित क्षेत्रका बासिन्दाले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सञ्चालित घारखोला जलविद्युत आयोजना निर्माणमा अवरोध गरेका छन् । म्याग्दी हाईड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको १४ मेगावाट क्षमताको आयोजना प्रभावित अन्नपूर्ण गाउपालिका–६ घारका बासिन्दाले ९ बुँदे माग राख्दै मंगलबारदेखि आयोजनाको निर्माण कार्य रोकेका हुन् ।
आयोजना निर्माण स्थलमा जाने मुल सडकमा पर्खाल लगाएर अवरोध गरिएको प्रभावित राधेश्याम खड्काले जानकारी दिए । स्थानीयको अवरोधका कारण बाँध, सुरुङ र विद्युतगृह निर्माण कार्य प्रभावित भएको आयोजनाले जनाएको छ ।
आयोजनाको पहुँच मार्गलाई सुरक्षित र व्यवस्थित बनाउने तथा सडक छेउछाउका बस्ती संरक्षणका लागि यसअघि गरेको प्रतिवद्धता कार्यान्वयन गर्नुपर्ने, बिस्फोट गराउदा घरहरु चर्किएकाले मूल्याङ्कन गरि क्षतिपुर्ति दिनुपर्ने, रोजगारीमा प्रभावितलाई प्राथमिकता दिनुपर्ने, सामाजिक सहयोग कार्यक्रमको बजेट पारदर्शी रुपमा परिचालन गर्नुपर्ने लगायतका माग राखेका छन् ।
वि.स २०७४ चैत महिनादेखि पूर्वाधार निर्माण सुरु गरेको आयोजनाले अन्नपूर्ण गाउँपालिकाको ५ र ६ नम्बर वडाको सिमा क्षेत्रमा पर्ने कुरीलाबगरमा बाँध, पोखरेबगरमा विद्युतगृह र तीन किलोमिटर सुरुङ निर्माण गरिरहेको छ । कोरोना (भाइरस)को त्रास र बन्दाबन्दीका समयमा घर नगएका मजदुरहरु परिचालन गरेर सामाजिक दुरि कायम गरि सुरक्षा सतर्कता अपनाएर आयोजना निर्माणको काम भैरहेको थियो ।
आयोजनाका सामाजिक क्षेत्र हेर्न सम्पर्क व्यक्ति प्रकाशचन्द्र पौडेलले प्रभावितसंग भएको सहमति अनुसारको काम भैरहेको अवस्थामा बन्दाबन्दी भएपछि रोकीएको बताउनुभयो । आयोजनाले काम गर्न खोज्दा खोज्दै पनि बन्दाबन्दीका कारणले नसकेको उहाँको भनाई रहेको थियो । घारका वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले प्रभावित क्षेत्रका बासिन्दा र आयोजनाका पदाधीकारीहरुबीच छलफल गराउन खोजेपनि बन्दाबन्दीका कारण नसकेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->