सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पर्वत अस्पतालमा बिपद कोष स्थापना

पर्वत अस्पतालमा बिपद कोष स्थापना


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १० २०७७, शनिबार

पर्वत, १० जेठ– मानसिक असन्तुलनको कारण बेवारिसे बनेका, आफन्तको सम्पर्कमा नरहेका, गरिबीका कारण सामान्य उपचार पनि नगरी रोगसँग जुधिरहेका लगायतका समस्यामा परेकाहरूको उपचार गराउन पर्वत अस्पतालमा बिपद कोषको स्थापना गरिएको छ ।
समाजका सबै व्यक्ति तथा बेवारिसे र सम्पर्कबिहीन व्यक्तिसँग पैसा नहुँदा उपचार पाउन नै समस्या हुन सक्ने भन्दै अस्पतालमा २ लाख २० हजार ५ सय ५५ रुपैयाँको कोष स्थापना गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले बताए । ‘सबै नागरिकहरूले स्वास्थ्य उपचारका लागि पैसा खर्च गर्न सक्ने अवस्थामा हुँदैन । कहिलेकाहीँ अस्पतालमा उपचारका लागि सामान्य खर्च गरेर सामान्य उपचार सेवा पनि लिन नसक्ने व्यक्तिहरू समेत रहेका कारण उनीहरूलाई सेवा प्रवाह गर्नका लागि कोषको स्थापना गरिएको हो ।’ उनले भने, ‘पर्वत अस्पताल सरकारी अस्पताल भएका कारण केही तोकिएका सेवाहरू निःशुल्क नै हुने गरेको भए पनि तोकिएका बाहेकका सेवाहरू लिन कतिपय व्यक्तिहरू असमर्थ हुने भएका कारण कोषको स्थापना गरिएको हो ।’
समस्या र बाध्यतामा परेकाहरूलाई राहत हुन सकोस, आर्थिक विपन्नताका कारण उपचार बाट वञ्चित हुन नपरोस् भन्ने मनसायले वास्तविक असहाय र विपदमा परेकाहरूलाई अस्पताल व्यवस्थापन समितिको निर्णय अनुसार सहयोग गर्न सकिने गरी पर्वत अस्पतालमा विपद् कोष स्थापना गरिएको उनको भनाई छ ।
कहिलेकाहीँ बजार तथा गाउँमा नाम तथा ठेगाना नखुलेका, आफन्तको सम्पर्कमा नआएका लगायतका समस्यामा परेका बिरामीहरू भेटिने गरेको र उनीहरूलाई स्थानीय नागरिक तथा जनप्रतिनिधिहरू मार्पmत उपचारका लागि अस्पतालमा ल्याउने गरिएको छ । तर उनीहरूको उपचारमा लागेको खर्च तिर्न तथा औषधि किन्नको लागि कोही पनि आफन्त वा चिने जानेको मान्छे नभएका कारण समस्या हुने भएकोले त्यही समस्या टार्नको लागि कोष निर्माण गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले बताए ।
उक्त कोषमा सक्दो सहयोग गर्नका लागि सबैसँग अपिल गरिएको अस्पताल स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->