`

लकडाउनको ब्यापार, धनवहादुर र अर्गानिक डेलीभरी


  • टिका बहादुर कार्की
  • शनिबार, जेष्ठ १०, २०७७

बागलुङ, १० जेठ – नेपालमा कोरोना भाईरस रोग (कोभिड१९) को पहिलो संक्रमण देखिनासाथ नेपाल सरकारबाट देशभर लकडाउन गर्ने निर्देशन जारी भयो । पहिलोपटक घोषणा भएको लकडाउनबाट अत्तालिएर भिडभाड छल्न धेरै व्यवसायी पसलमा ताला ठोकेर आआफ्नो घरतर्फ लागे । सरकारले तोकेको अत्यावश्यक सेवा संचालन गर्न पनि समय व्यवस्थापन, सवारी पास लगायतको झन्झटिलो प्रकृयाले करिब १ हप्ता त लभभग बजार ठप्पै भयो । त्यसमाथी सिरुवाती चरणमै बाग्लुङका २ जनामा देखिएको कोरोना संक्रमणको त्रासले भएभित व्यवसायीले प्रशासनद्वारा अत्यावश्यक सेवा संचालनका लागी समय व्यवस्थापन गर्ने प्रयास गर्दा पनि बाहिर निस्किने कमै मात्र थिए । कोरोना भाईरस र सुरक्षाकर्मीका डरले दुलोभित्र पसेको मुसोले बाहिर निस्कने दाउ हेरेजस्तै अवस्था भयाये । सामाजिक दुरी कायम गर्नुका साथै सेनिटाईजर तथा मास्कको व्यवस्था गरेर करिब १ हप्ता पछि मात्र केही व्यबसायीले आफ्नो कारोवार संचालन गर्न लागे । ब्यापार धानेका बिद्यार्थी तथा स्थानीय रोजगारमा संलग्न ग्राहकहरु गाउंघरतिर लागेपछी अधिकांशको व्यापार पनि खासै चलेको देखिंदैन । यतिवेला सदरमुकामको मुख्य बजार र ग्रामीण भेगतर्फ केही व्यापारीलाई भ्याईनभ्याई छ । उनीहरुको ब्यस्तता र ब्यापार गर्नेको भीड देख्दा लाग्छ, मानौ सदरमुकाम बाहिर कोरोना लाग्दैन ।
लामो समयपछि बागलुङ बजारको अवलोकनको क्रममा बानपा २ श्रीनगरचोकमा नियमित देखिने १९ बर्ष देखिका पुराना पसले धनबहादुर कार्कीसंग लकडाउनका बेला यिनको व्यापार र व्यस्तता बारे बुझ्ने अबसर मिल्यो । करिब ३२ हजारको लगानीमा खुद्रा किराना पसल चलाउन सुरु गरेको दाबी गर्ने यि साउजी अहिले फलफुल, तरकारी तथा लघु उद्योग समेत संचालन गर्ने भइसकेका रहेछन । स्थानीय उत्पादनका बिभिन्न खाद्य वस्तु प्रशोधन तथा प्याकेजिङ गरी तयार भएका खाद्य सामाग्री पनि बेच्छन् । फापर र कोदोको पिठो, झिनिया, अचार, सिस्नोको पाउडर, टिम्मुरको अचार लगायतका अर्गानिक खाद्यवस्तु अहिले ग्राहकको रोजाईमा पर्छन् । उनी यसमा डटेर लागेका छन् । किटनासक बिषादी प्रयोग गरी तयार भएका खाद्य वस्तुले छिटो सुगर, प्रेसर लगायतका रोग निम्त्याउने हुदा हिजोआज ग्राहकहरुबाट स्थानीय खाद्य वस्तुको माग हुन थालेपछि २०७५ सालदेखि सुरु गरेको करुना खाद्य प्रशोधन तथा प्याकेजिङ उधोग उनले आफ्नै परिवारका सदस्यहरुको सहयोगमा संचालन गरेका छन् । तरकारी तथा फलफुल पनि सिजन अनुसारका स्थानीय उत्पादन नै बढी मात्रामा बेच्छन् उनले । व्यापारको दौरानमा जुनसुकै बेला पनि कोरोना भाईरस संक्रमणको त्रासका बिच पनि व्यवसाय संचालनमा ल्याएर ग्राहकको माग अनुसार सामान डेलीभरी गरेर व्यापार गरेता पनि बजारमा ग्राहक घट्दा यिनि चिन्तित छन् । छिट्टै अन्य पेशा, व्यवसाय, शिक्षण संस्था तथा सवारी संचालनमा नआउने हो भने व्यापार स्वत धरापमा पर्नुका साथै ग्राहकलाई रुची अनुसारका खाद्य वस्तु उपलव्ध गराउन मुस्किल पर्ने उनको बुझाई छ ।यस्तो छ व्यस्तता
बिहान ४ बजे नियमित उठेर नित्यकर्म पछी योगा गर्छन । अनि पसल खोल्ने, सामान मिलाउने गर्दा गर्दै स्थानीय कृषकहरुले तरकारी पसलमा ल्याईपुर्याउछन् । थप तरकारी, पलफुल होलसेल पसलबाट आफै मगाएर व्यापार सुरु गरी १० बजे बन्द गर्छन् । खाना पश्चात १ बजेसम्म फुर्सदको समय कम्प्युटर सिकेर घरमा आई खाद्यान्न प्रशोधन तथा प्याकेजिङ कार्यमा परिवारका सदस्यलाई सहयोग गर्दछन । स्थानीय प्रशासनको रुटीन अनुसार उनी पुन ३ बजेतिर पसलमै फर्कन्छन् । पहिले जस्तो ९ बजेसम्म व्यापार हुदैन, ७ बजेनै घर पुग्छन् र परिवारलाई समय दिन्छन् । स्थानीय लगयतका संघसस्थामा आबद्ध रहनुका साथै हरेक सामाजिक, धार्मीक कार्यमा सकृय रुपमा सहभागी हुने र बागलुङ स्थित पतन्जली योग संस्थाको प्रशिक्षक समेत रहेका छन धनबहादुर । सुरुमा उनी भारतीय सेनामा भर्ना हुन घरबाट हेडेका थिए । मेघालय पुगी ६ बर्ष किराना पसलको सेल्समेनको रुपमा काम गरेर गाउँ फर्केपछि बिदेश नजाने, नेपालमै केही गर्नुपर्छ भनेर भन्ने मान्यताका साथ व्यापारमा लागेको बताए । समयलाई ब्यवस्थापन गर्दै कर्मशिल काममा बढि नै ब्यस्त छन् उनी । उनको ब्यस्तता, कामप्रतिको लगनशीलता र मेहनतबाट अरुले पनि केही सिक्नै पर्दछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology